मन्त्री गिरीद्वारा ‘जङ्गलकुटीको’ अवलोकन

Abhiyanpost Abhiyanpost
|
आइतबार, आश्विन १४, २०७५
|
|
५४ पटक हेरिएको
Shares
मन्त्री गिरीद्वारा ‘जङ्गलकुटीको’ अवलोकन

सारांश

  • लमही, १४ असोज ।
  • प्रदेश नं ५ का उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री लीला गिरीले दाङ देउखुरीका पर्यटकीयस्थलको अवलोकन गर्नुभएको छ ।
  • उहाँले गढवा गाउँपालिका–८ को पर्यटकीय क्षेत्र ‘सिद्ध बाघनाथ बाबा जङ्गलकुटी’ र त्यस क्षेत्रका वनजङ्गलको आज अवलोकन गर्नुभएको हो ।

लमही, १४ असोज । प्रदेश नं ५ का उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री लीला गिरीले दाङ देउखुरीका पर्यटकीयस्थलको अवलोकन गर्नुभएको छ । उहाँले गढवा गाउँपालिका–८ को पर्यटकीय क्षेत्र ‘सिद्ध बाघनाथ बाबा जङ्गलकुटी’ र त्यस क्षेत्रका वनजङ्गलको आज अवलोकन गर्नुभएको हो ।त्यस अवसरमा मन्त्री गिरीले थारू समुदायको धार्मिक आस्थाको धरोहरको जङ्गलकुटीलाई धार्मिक तथा पर्यटकीय क्षेत्रका रूपमा विकास गर्ने बताउनुभयो । त्यसका लागि गुरुयोजना बनाएर काम गर्ने उहाँको भनाइ थियो । “जङ्गलकुटी पर्यटनका लागि निकै सम्भावना बोकेको क्षेत्र रहेछ”, उहाँले भन्नुभयो, “त्यसलाई प्रदेश नं ५ को महत्वपूर्ण पर्यटकीयस्थलको रूपमा विकास गर्न सकिन्छ ।” मन्त्री गिरीसँगै प्रदेशसभा सदस्य इन्द्रजीत चौधरी, दामा शर्मा, गढवा गाउँपालिकाका अध्यक्ष सहजराम यादवलगायतले सो क्षेत्रको अवलोकन गर्नुभयो ।

विसं १८७९ मा दाङ देउखुरी क्षेत्रको घना जङ्गलमा भुवनेश्वरनाथले सिद्धी प्राप्त गरेको सिद्धनाथबाबा जङ्गलकुटीलाई धार्मिक तथा पर्यटकीय क्षेत्रका रूपमा विस्तार गर्न सरकारी तथा निजी क्षेत्रले ध्यान दिएका छन् । यसअघि पनि कुटी संरक्षण समितिले कुटी क्षेत्रमा अतिथि गृह, शौचालय र कार्यालय निर्माण गरेको छ । मन्दिर क्षेत्रलाई सुरक्षित राख्न तारबार, मुख्य प्रवेशद्वार तथा पुरानो संरचना नबिग्रने गरी भवनको चारैतर्फ खम्बासहितको छत निर्माण गरी रङ्गरोगन गरिएको छ । ऐतिहासिक महत्व तथा पुरातात्विक सम्पदाको कुटीमा सिद्धी प्राप्त गरेका भुवनेश्वरनाथ बाघमा चढेर जङ्गल घुम्ने गरेकाले उनलाई ‘बाघनाथ’ भन्न थालिएको कुटीका पुजारी देवीसिंह चौधरीको भनाइ छ ।

कुटीमा बाघनाथ बाबाको पूजाअर्चनाका लागि माघे सङ्क्रान्तिमा सबैभन्दा ठूलो मेला लाग्दछ । दशैँ, तिहार,शिवरात्री र चैते दशैँमा समेत भक्तजन आउने गर्छन् । बाबाको खराउ, खाट, पूजाको सामग्री, ओछ््यानलगायत थुप्रै पुराना सामग्री कुटीमा छ भने १९३ वर्षअघि अगेनामा बालिएको आगोलाई अभैm निभ्न दिइएको छैन । थारू समुदायमा उत्पादन गरेका अन्नपात सर्वप्रथम बाबाको कुटीमा चढाएर मात्र आफ्ना लागि प्रयोग गरेमा निरोगी हुनुका साथै बाबाको आर्शीवाद सधैँ प्राप्त हुने विश्वास रहिआएको छ ।

ऐतिहासिक रूपमा अगाध धार्मिक आस्थाको सो जङ्गल कुटीलाई राष्ट्रिय तथा विश्व सम्पदा सूचीमा अभिलेखीकरण गर्न सकियो भने ऐतिहासिक सम्पदाको संरक्षणमा कोसेढुङ्गा सावित हुने र पर्यटकीय सम्भावनासमेत बढाउने विश्वास गरिएको छ ।दाङ–बुटवल सडक खण्डको कालाकाटेबाट १६ किलोमिटर पश्चिम गढवा–कालाकाटे सडकमा पर्ने गोवरडिया गाउँदेखि ७ किमी दक्षिण चुरे पहाडको काखमा जङ्गलकुटी छ । जङ्गलकुटीको पहाडको टुप्पोबाट हेर्दा देउखुरी उपत्यकाको अधिकांश भू–भागको दृश्य देख्न सकिन्छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

रोजगारीका लागि जापान पठाउने भनी रकम लिई ठगी गर्ने कन्सल्टेन्सीका संचालक पक्राउ
रोजगारीका लागि जापान पठाउने भनी रकम लिई ठगी गर्ने कन्सल्टेन्सीका संचालक पक्राउ
अनिच्छित गर्भ, न फाल्न सक्छन् न पाल्न
अनिच्छित गर्भ, न फाल्न सक्छन् न पाल्न
पर्यटनमन्त्री र बेलायती राजदूतबीच भेटवार्ता,के भयाे कुराकानी ?
पर्यटनमन्त्री र बेलायती राजदूतबीच भेटवार्ता,के भयाे कुराकानी ?
महरा प्रकरणमा प्रहरीले थाल्यो अनुसन्धान, घटनास्थलबाट रक्सीको बोतल, कपडा लगायतका सामग्री बरामद
मुख्य मन्त्रीदेखि वडा सदस्यसम्मको सेवा–सुविधा ताेकियाे, कस्ले कति पाउँछन ?
मुख्य मन्त्रीदेखि वडा सदस्यसम्मको सेवा–सुविधा ताेकियाे, कस्ले कति पाउँछन ?
तेस्रो सुपा देउराली खाचिखोट पर्यटन महोत्सब  ब्रिहत रुपमा आयोजना हुदै
तेस्रो सुपा देउराली खाचिखोट पर्यटन महोत्सब ब्रिहत रुपमा आयोजना हुदै
झुटको खेतीको निरन्तरता कहिलेसम्म ?
वर्षामा ठूलो जनधनको क्षति हुनुको कारण यस्तो
वर्षामा ठूलो जनधनको क्षति हुनुको कारण यस्तो
खै त निर्मलाका हत्यारा? न्याय माग्दै देशभर यसरी भयो प्रदर्शन
खै त निर्मलाका हत्यारा? न्याय माग्दै देशभर यसरी भयो प्रदर्शन
प्रचण्डलाई साईजमा ल्याउन ओलीले ईश्वरलाई अघि सारे, माधव–झलनाथ _वामदेव मौन !
प्रचण्डलाई साईजमा ल्याउन ओलीले ईश्वरलाई अघि सारे, माधव–झलनाथ _वामदेव मौन !

तपाईंले छुटाउनुभयो कि?