मन्त्री बास्कोटाले डा. केसीको अनसन तोडाउने जिम्मा ‘बोक्ने’हरुलाई दिए

Abhiyanpost Abhiyanpost
|
शुक्रबार, माघ १८, २०७५
|
|
५४ पटक हेरिएको
Shares

सारांश

  • काठमाडौं ।
  • सूचना तथा सञ्चार प्रविधिमन्त्री गोकुल बाँस्कोटाले चिकित्सा क्षेत्र सुधारको लागि अनसन बसेका डा.
  • गोविन्द केसीको अनसन तोडाउने जिम्मा उनलाई बोक्नेहरूलाई नै दिएका छन् ।

काठमाडौं । सूचना तथा सञ्चार प्रविधिमन्त्री गोकुल बाँस्कोटाले चिकित्सा क्षेत्र सुधारको लागि अनसन बसेका डा. गोविन्द केसीको अनसन तोडाउने जिम्मा उनलाई बोक्नेहरूलाई नै दिएका छन् ।

मन्त्रीपरिषदका निर्णय सार्वजनिक गर्ने क्रममा डा. केसीलाई उचालेर अनसनमा राख्नेहरुले नै तोडाउने जिम्मा लिनुपर्ने जिकिर गरे । नियमित पत्रकार सम्मेलनमा अनशन तोडाउने जिम्मा डा. केसीलाई बोक्नेहरूको हो। उनले भने, जहाज उडाउनेहरूले नै अवतरण गराउनुपर्छ।

डा. केसी अनसन बस्नुको कारण थाहा नभएको बताए । राष्ट्रियसभाबाट चिकित्सा शिक्षा विधेयक पास भैसकेपछि पनि अझै अनसन बस्नुको कारण आफूलाई थाहा नभएको बताए ।

मन्त्री बाँस्कोटाले अनसन बसेका डा. गोविन्द केसीको अनसनसँग जोडेर अहिलेको चर्चित गीत ‘सालको पातको मात्र टपरी हुने नहुनी सल्लैको’ भन्दै व्यंग्य गरेका छन् । मन्त्री बास्कोटाले संसदबाट बहुमतले विधेयक पास भैसकेको तर अनसन किन बसेको भन्नेतर्फ संकेत गरे ।

मन्त्री बाँस्कोटाले डा. केसीको माग सरकारले सम्बोधन गरिसकेको दाबी गरे । सरकारले उनलाई अनसन तोड्न पटकपटक भन्दै आएको बताए । डा. केसीका माग सरकारले सम्बोधन गरिसकेको दोहोराए । अस्पतालसम्बन्धी माग पूरा भइसकेपनि कांग्रेसले संसद् अवरोध गरेको बताए ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

राष्ट्रपति भण्डारीद्वारा कृष्ण मन्दिर दर्शन
राष्ट्रपति भण्डारीद्वारा कृष्ण मन्दिर दर्शन
सरकारविरुद्ध शान्ति समाज ओर्लियो मैदानमा, यस्तो छ भोलिदेखि आन्दोलनको कार्यक्रम
सरकारविरुद्ध शान्ति समाज ओर्लियो मैदानमा, यस्तो छ भोलिदेखि आन्दोलनको कार्यक्रम
पब्जीमा प्रतिबन्ध, यस्तो छ कारण
पब्जीमा प्रतिबन्ध, यस्तो छ कारण
सरकारमा जान उपराष्ट्रपति सहित दुई मन्त्री राजपाले माग्यो
सरकारमा जान उपराष्ट्रपति सहित दुई मन्त्री राजपाले माग्यो
कांग्रेसको नेतृत्वमा ६ पार्टी संगठित , राप्रपा र राजपा पनि काङ्रेस सँग मिल्ने !
कांग्रेसको नेतृत्वमा ६ पार्टी संगठित , राप्रपा र राजपा पनि काङ्रेस सँग मिल्ने !
कुन–कुन वस्तु र सेवामा भए करका दर हेरफेर ?
कुन–कुन वस्तु र सेवामा भए करका दर हेरफेर ?
अधिकारी दम्पतिले बिताएका कष्टदायी ती रातहरु
अधिकारी दम्पतिले बिताएका कष्टदायी ती रातहरु
अख्तियारद्वारा कोषका तत्कालिन सदस्य सचिव डा ढकालविरुद्ध मुद्दा दायर
अख्तियारद्वारा कोषका तत्कालिन सदस्य सचिव डा ढकालविरुद्ध मुद्दा दायर
सरकारी कार्यालयले सामाजिक सञ्जाल प्रयोग गर्नुपर्ने
सरकारी कार्यालयले सामाजिक सञ्जाल प्रयोग गर्नुपर्ने
पदाधिकारी मनोनयन विधानसम्मत छैन, कति काम गर्छन् हेरौँला : डा. शेखर कोइराला
पदाधिकारी मनोनयन विधानसम्मत छैन, कति काम गर्छन् हेरौँला : डा. शेखर कोइराला

तपाईंले छुटाउनुभयो कि?