मर्स्याङ्दी नदीमा मालबहावक ट्रक खस्यो

Abhiyanpost Abhiyanpost
|
बुधबार, श्रावण ४, २०७४
|
|
५२ पटक हेरिएको
Shares
मर्स्याङ्दी नदीमा मालबहावक ट्रक खस्यो

सारांश

  • श्रावण ४, २०७४- मर्स्याङ्दी गाउँपालिका ४, ताघ्रिङको स्याँगेस्थित मर्स्याङ्दी नदीमा मालबहावक ट्रक खस्दा एकजना बेपत्ता भएका छन् ।
  • दुईजनाको सकुशल उद्धार गरिएको छ ।
  • काठमाडौंबाट हिमाली जिल्ला मनाङ जाँदै गरेको बा २ ख ९६०६ नं.

श्रावण ४, २०७४- मर्स्याङ्दी गाउँपालिका ४, ताघ्रिङको स्याँगेस्थित मर्स्याङ्दी नदीमा मालबहावक ट्रक खस्दा एकजना बेपत्ता भएका छन् । दुईजनाको सकुशल उद्धार गरिएको छ ।
काठमाडौंबाट हिमाली जिल्ला मनाङ जाँदै गरेको बा २ ख ९६०६ नं. को टाटा मिनी ट्रक बुधबार बिहान साँढे ९ बजेतिर मर्स्याङ्दीमा खसेको हो ।

प्रहरी चौकी बाहुनडाँडाका असई जीतबहादुर थापाले घटनाबारे बिहान साँढे ९ बजेतिर जानकारी आएको र प्रहरी टोली घटनास्थल जाँदै गरेको बताए । घटनास्थल प्रहरी चौकीबाट ३ घण्टा टाढा पर्छ भने लमजुङ बेंसीसहरबाट करिब २४ किलोमिटर उत्तरतर्फ पर्छ । स्थानीयका अनुसार स्याँगे बजार कटेपछि पुरानो स्याँगे नपुग्दै घुम्तीबाट ट्रक मर्स्याङ्दीमा खसेको हो । ट्रक करिब ७० मिटर तल खसेको स्थानीयको भनाइ छ ।

मर्स्याङ्दी गाउँपालिका ४ का वडाध्यक्ष सुमन गुरुङले २ जनालाई घाइते अवस्थामा उद्धार गरिएको र उपचारका लागि एम्बुलेन्समार्फत बेंसीसहरतर्फ पठाएको बताए । स्थानीयका अनुसार चालक धादिङका अनिल श्रेष्ठ र जिल्ला स्वास्थ्य कार्यालय मनाङका लेखा अधिकृत सुवास अधिकारीलाई उपचारको लागि बेंसीसहर पठाइएको हो । ट्रकका सहयोगी राजन भन्ने युवक हराइरहेका छन् । स्थानीय पदम गुरुङले हराइरहेकाको खोजी जारी रहेको र नदीको बहाव ठूलो रहेकाले समस्या परेको बताए । ‘ट्रक नदीमै पुगेर डुबिसकेकाले बेपत्ता भएको हुनसक्छ । अन्यत्र भए सम्पर्कमा आउने थियो, सम्पर्कमा आएको छैन । हामी खोजी गरिरहेका छौं’ उनले भने । घाइतेले पहिलोपटक मनाङमा उक्त ट्रक आएको र ब्रेक फेल भएर दुर्घटना भएको बताएका स्थानीयले बताएका छन् । स्थानीयका अनुसार उनीहरु मंगलबार बेंसीसहर बस्न आएको र बुधबार बिहान बेंसीसहरबाट मनाङतर्फ जाँदै थिए ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

नर्स मृत्यु प्रकरण: डा ढकाल र उनका बुबाविरुद्ध दुरुत्साहनमा जाहेरी दर्ता
नर्स मृत्यु प्रकरण: डा ढकाल र उनका बुबाविरुद्ध दुरुत्साहनमा जाहेरी दर्ता
यस्तो देखियो मध्यरातमा भरतपुर (हेर्नुहोस ७ तस्बिरमा)
यस्तो देखियो मध्यरातमा भरतपुर (हेर्नुहोस ७ तस्बिरमा)
६ महिनापछि सर्वोच्चले पायो नयाँ प्रधान न्यायाधीश
६ महिनापछि सर्वोच्चले पायो नयाँ प्रधान न्यायाधीश
फुटेको चश्मा बन्न सक्छ ‘जबरजस्ती’को बलियो प्रमाण
फुटेको चश्मा बन्न सक्छ ‘जबरजस्ती’को बलियो प्रमाण
साथीले अश्लील भिडियो पठाएको उजुरी गरेपछि पत्रकार महिला पक्राउ
साथीले अश्लील भिडियो पठाएको उजुरी गरेपछि पत्रकार महिला पक्राउ
प्रदेशसभा बैठकमा विधेयक प्रस्तुत
प्रदेशसभा बैठकमा विधेयक प्रस्तुत
हिमालयन विमानमा चरा ठोक्कियो, धन्न जोग्गियो विमान
हिमालयन विमानमा चरा ठोक्कियो, धन्न जोग्गियो विमान
कांग्रेससहितका दललाई समेटेर भोलिसम्म मन्त्रिपरिषद् पुनर्गठन गर्ने प्रधानमन्त्रीको तयारी
कांग्रेससहितका दललाई समेटेर भोलिसम्म मन्त्रिपरिषद् पुनर्गठन गर्ने प्रधानमन्त्रीको तयारी
‘विचौलियाको पक्षमा लागेको भन्दै कृषि मन्त्रालय नै खारेजको माग’
‘विचौलियाको पक्षमा लागेको भन्दै कृषि मन्त्रालय नै खारेजको माग’
कुटपिटबाट रिह्याब सेन्टरमा एक जनाको मृत्यु, सञ्चालक र मेनेजर पक्राउ, दुई फरार
कुटपिटबाट रिह्याब सेन्टरमा एक जनाको मृत्यु, सञ्चालक र मेनेजर पक्राउ, दुई फरार

तपाईंले छुटाउनुभयो कि?