साथीले अश्लील भिडियो पठाएको उजुरी गरेपछि पत्रकार महिला पक्राउ
सारांश
- Listen to this article 0:00 / 0:00 Generating audio for you.
- .
- .
काठमाडौं । अश्लील विषय आदानप्रदान गर्न नपाइने नयाँ कानुन आएको १५ दिन नबित्दै म्यासेज पठाएको आरोपमा पक्राउ पर्न थालेका छन् ।
आफ्नै साथीको म्यासेन्जरमा अश्लील भिडियो पठाएको आरोपमा बाँकेकी एक पत्रकार महिला पक्राउ परेकी छिन्। एक महिलाले अर्की पत्रकारको म्यासेन्जरमा पोर्न भिडियो पठाएका कारण उनी पक्राउ परेकी हुन् ।
महानगरीय प्रहरी अपराध महाशाखामा उजुरी परेपछि पोर्न भिडियो म्यासेन्जरमा पठाएको आरोपमा बाँकेकी पत्रकार कमला हमाल पक्राउ परेकी हुन्।
कमला हमालले म्यासेन्जरमा पोर्न भिडियो पठाएको आरोप लगाउँदै विद्या चौधरीले उजुरी दिएकी थिइन । हमाल र चौधरी दुवै नेपाल पत्रकार महासंघका सदस्य छन् । त्यसपछि हमाललाई उजुरीको आधारमा महानगरीय प्रहरी अपराध महाशाखाको टोलीले पक्राउ गरेको हो।
उनलाई साइबर क्राइम अन्र्तगत काठमाडौंको लाजिम्पाटबाट हमाललाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया