प्रधानमन्त्री, राष्ट्रपति र सभामुख माओवादीलाई दिन कांग्रेस तयार !

Abhiyanpost Abhiyanpost
|
मंगलबार, पौष ४, २०७४
|
|
४० पटक हेरिएको
Shares
प्रधानमन्त्री, राष्ट्रपति र सभामुख माओवादीलाई दिन कांग्रेस तयार !

सारांश

  • काठमाण्डौ ४ पुस, ।
  • नेपाली कांग्रेसले माओवादीका अध्यक्ष पुष्पकमल दाहाललाई प्रधानमन्त्री बनाउने गरी सहकार्य गर्न प्रस्ताव गरेको पाइएको छ ।
  • एमालेसँग पार्टी एकता गर्ने प्रक्रियास्वरुप चुनावमा तालमेल गरेको माओवादीलाई कांग्रेसले फकाउने प्रयास गरेको हो ।

काठमाण्डौ ४ पुस, । नेपाली कांग्रेसले माओवादीका अध्यक्ष पुष्पकमल दाहाललाई प्रधानमन्त्री बनाउने गरी सहकार्य गर्न प्रस्ताव गरेको पाइएको छ ।

एमालेसँग पार्टी एकता गर्ने प्रक्रियास्वरुप चुनावमा तालमेल गरेको माओवादीलाई कांग्रेसले फकाउने प्रयास गरेको हो ।

चुनावपछिको भेटवार्तामा कांग्रेस सभापति शेरबहादुर देउवाले दाहाललाई आगामी पाँच वर्षका लागि नै प्रधानमन्त्री छोड्न तयार रहेको बताएका थिए । तर दाहालले भने एमालेसँग पार्टी एकताको नै प्रक्रिया अगाडि बढेको भन्दै देउवाको प्रस्ताव अस्विकार गरेका थिए ।

देउवाले प्रचण्डलाई भने, “तपाई निर्णायक शक्ति हुनुभयो, तपाई चाहने हो भने प्रधानमन्त्रीमा तपाईलाई कांग्रेसले सहयोग गर्छ ।” स्रोतको दाबी छ ।
देउवाले पाँच वर्षका लागि प्रधानमन्त्रीसहित सभामुख र राष्ट्रपतिसमेत माओवादीलाई नै दिने प्रस्ताव गरेको बताइएको छ । तर दाहालले अहिले गठबन्धनबाट

पछाडि हट्न मिल्दैन, पार्टी एकताका आधारमा चुनाव लडेका हौँ भनि प्रस्ताव अस्विकार गरेका थिए ।
सोमबारको माओवादी बैठकमा पनि दाहालले यसबारे जानकारी गराएका थिए ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?