मोरङ्ग ५ मा माओवादीका मण्डल विजयी : कांग्रेस एकस्थानमै चित्त बुझाउन बाध्य

Abhiyanpost Abhiyanpost
|
शनिबार, मंसिर २३, २०७४
|
|
४८ पटक हेरिएको
Shares
मोरङ्ग ५ मा माओवादीका मण्डल विजयी : कांग्रेस एकस्थानमै चित्त बुझाउन बाध्य

सारांश

  • मोरङ, मंसिर २३ – मोरङ्ग क्षेत्र नम्बर ५ मा माओवादी केन्द्रका शिवकुमार मण्डल विजयी हुनुभएको छ ।
  • उहाँले कांग्रेसका अमृत अर्याललाई २ हजार ७ सय ८२ मतले हराउँदै विजयी हुनुभएको हो ।
  • मण्डलले २२ हजार ९ सय ४५ मत पाउनुभयो ।

मोरङ, मंसिर २३ – मोरङ्ग क्षेत्र नम्बर ५ मा माओवादी केन्द्रका शिवकुमार मण्डल विजयी हुनुभएको छ । उहाँले कांग्रेसका अमृत अर्याललाई २ हजार ७ सय ८२ मतले हराउँदै विजयी हुनुभएको हो ।

मण्डलले २२ हजार ९ सय ४५ मत पाउनुभयो । उहाँका निकटतम प्रतिद्वन्दी अर्यालले १९ हजार १ सय ५३ मत पाउनुभएको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ । संघिय समाजवादी फोरमका राजकुमार यादवले १८ हजार ६ सय ४९ मत प्राप्त गर्नुभयो । मोरङका ६ मध्ये ५ सिटमा वाम गठबन्धनका उम्मेदवार विजयी भएका छन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?