तीन फरार अभियुक्त कारागार चलान

Abhiyanpost Abhiyanpost
|
सोमबार, फाल्गुन १४, २०७४
|
|
५९ पटक हेरिएको
Shares

सारांश

  • बनियानी, झापा, १४ फागुन , जबर्जस्ती करणी र वैदेशिक रोजगारीमा ठगी गरी फरार भएका तीन जना अभियुक्तलाई प्रहरीले पक्राउ गरेको छ ।
  • पक्राउ पर्नेमा दमक–२ का ३२ वर्षीय क्षितिज राई, सोही स्थानका तुलसी श्रेष्ठ र हल्दिबारी–३ का ३३ वर्षीय जगदीस न्यौपाने रहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।
  • राई र श्रेष्ठलाई जबर्जस्ती करणी मुद्दाअन्तर्गत जिल्ला अदालत झापाले २०६५ असारमा १२ वर्ष कैद सजाय तोकेको थियो भने न्यौपानेलाई वैदेशिक रोजगार कसुरमा रु एक लाख ७५ हजार जरिवाना र १४ महिना कैद सजाय तोकेको थियो ।

बनियानी, झापा, १४ फागुन , जबर्जस्ती करणी र वैदेशिक रोजगारीमा ठगी गरी फरार भएका तीन जना अभियुक्तलाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा दमक–२ का ३२ वर्षीय क्षितिज राई, सोही स्थानका तुलसी श्रेष्ठ र हल्दिबारी–३ का ३३ वर्षीय जगदीस न्यौपाने रहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । राई र श्रेष्ठलाई जबर्जस्ती करणी मुद्दाअन्तर्गत जिल्ला अदालत झापाले २०६५ असारमा १२ वर्ष कैद सजाय तोकेको थियो भने न्यौपानेलाई वैदेशिक रोजगार कसुरमा रु एक लाख ७५ हजार जरिवाना र १४ महिना कैद सजाय तोकेको थियो ।

प्रहरीको फैसला कार्यान्वयन टोलीले आइतबार उनीहरूलाई जिल्लाको विभिन्न स्थानबाट पक्राउ गरेको हो । उनीहरूलाई झापा जिल्ला अदालत पेश गरी कैद भुक्तानका लागि कारागार चलान गरिसकिएको जिप्रका झापाका प्रहरी प्रवक्ता जीतेन्द्र बस्नेतले जानकारी दिनुभयो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

अकस्मात स्वास्थ्यमा समस्या आएपछि गृहमन्त्री श्रेष्ठ चीनको अस्पतालमा भर्ना
अकस्मात स्वास्थ्यमा समस्या आएपछि गृहमन्त्री श्रेष्ठ चीनको अस्पतालमा भर्ना
नेकपा बनेपछि पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल किन आउन थाले दाङ ?
नेकपा बनेपछि पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल किन आउन थाले दाङ ?
भूकम्पको घाउमा नाकाबन्दीको नुनचुक छर्किने मोदीका विशेष दूत नेपाल आउँदै
भूकम्पको घाउमा नाकाबन्दीको नुनचुक छर्किने मोदीका विशेष दूत नेपाल आउँदै
ओली गएको बेला भारतीय पत्रिकाले यस्तो लेखे …
ओली गएको बेला भारतीय पत्रिकाले यस्तो लेखे …
सभामुख–उपसभामुखकाे निर्वाचन ३ चैतभित्रै हुने
सभामुख–उपसभामुखकाे निर्वाचन ३ चैतभित्रै हुने
१३ औं सागः अहिलेसम्म नेपालले कुन खेलमा कति पदक जित्यो ?
१३ औं सागः अहिलेसम्म नेपालले कुन खेलमा कति पदक जित्यो ?
सिंहदरबारको अधिकार स्थानीय तहमा हस्तान्तरण हुने क्रममा: गच्छदार
सिंहदरबारको अधिकार स्थानीय तहमा हस्तान्तरण हुने क्रममा: गच्छदार
वाइडबडीको काठमाडौँ-ओसाका उडान शुरु, पहिलो उडानमा १४९ जना यात्रु
वाइडबडीको काठमाडौँ-ओसाका उडान शुरु, पहिलो उडानमा १४९ जना यात्रु
जबर्जस्ती गर्न खोज्नेलाई किशोरीले रडले हानेपछि मृत्यु
जबर्जस्ती गर्न खोज्नेलाई किशोरीले रडले हानेपछि मृत्यु
नवराज सिलवाललाई पक्रन प्रहरीलाई पत्र : काठमाडौं छाडिसके सिलवाल
नवराज सिलवाललाई पक्रन प्रहरीलाई पत्र : काठमाडौं छाडिसके सिलवाल

तपाईंले छुटाउनुभयो कि?