सिंहदरबारको अधिकार स्थानीय तहमा हस्तान्तरण हुने क्रममा: गच्छदार

Shikharkhabar Shikharkhabar
|
बिहिबार, भाद्र १५, २०७४
|
|
३९ पटक हेरिएको
Shares
सिंहदरबारको अधिकार स्थानीय तहमा हस्तान्तरण हुने क्रममा: गच्छदार

सारांश

  • इटहरी, १५ भदौ ।
  • नेपाल इन्जिनियर्स एशोसियशन डिनको दुई दिने राष्ट्रिय सम्मेलनले आजदेखि यहाँ प्रारम्भ भएको छ ।
  • सार्क राष्ट्रका डिन नेता प्रतिनिधि समेतको सहभागितामा पहिलो पटक देशको राजधानी बाहिर इटहरीमा आयोजित सम्मेलनको उद्घाटन गर्नुहुँदै उपप्रधानमन्त्री एवं संघीय मामिला तथा स्थानीय विकासमन्त्री विजयकुमार गच्छदारले सिंहदरबारको अधिकार स्थानीय तहमा हस्तान्तरण हुने क्रममा रहेकाले त्यसका लागि डिनले ठोस् योजनासहित नयाँ प्रविधियुक्त नीति समेत ल्याउन आग्रह गर्नुभयो ।

इटहरी, १५ भदौ । नेपाल इन्जिनियर्स एशोसियशन डिनको दुई दिने राष्ट्रिय सम्मेलनले आजदेखि यहाँ प्रारम्भ भएको छ ।

सार्क राष्ट्रका डिन नेता प्रतिनिधि समेतको सहभागितामा पहिलो पटक देशको राजधानी बाहिर इटहरीमा आयोजित सम्मेलनको उद्घाटन गर्नुहुँदै उपप्रधानमन्त्री एवं संघीय मामिला तथा स्थानीय विकासमन्त्री विजयकुमार गच्छदारले सिंहदरबारको अधिकार स्थानीय तहमा हस्तान्तरण हुने क्रममा रहेकाले त्यसका लागि डिनले ठोस् योजनासहित नयाँ प्रविधियुक्त नीति समेत ल्याउन आग्रह गर्नुभयो ।

उहाँले नेपालको नयाँ संविधानले देशमा बसोवास गर्दै आएका सबै जातजाती सम्प्रदाय एवं धर्म र भूगोलमा बस्ने जनतालाई समान रुपमा अधिकार सम्पन्न बनाउने भएकाले यसको कार्यान्वयन गरी स्थानीय तहलाई अधिकार सम्पन्न बनाउन प्राविधिकको पनि गहन जिम्मेवारी हुने विचार व्यक्त गर्नुभयो ।

उपप्रधानमन्त्री गच्छदारले भन्नुभयो “ नयाँ नेपाल निर्माण गर्ने क्रममा संविधानले नै स्थानीय तहमा प्रविधि र प्राविधिकसमेत परिकल्पना गरी सबै प्रकारका अधिकार उपलब्ध गराइ गाउँ तहबाट नै देश निर्माणको काम थालनी गरिने भएकाले यो कार्यमा सबै राजनीतिक दलहरुले समेत राजनीतिक स्वार्थ त्यागी राष्ट्र निर्माणमा एक ढिक्का भएर जुट्न म यस कार्यक्रममार्फत सबैमा आग्रह गर्दछु ।”

सो अवसरमा बंगलादेश डिनका सहअध्यक्ष एकेएमए हमिदले आफ्नो देशका प्रधानमन्त्री र सरकारले प्रविधिलाई उच्च प्राथामिकता दिएकै कारणले देशको समग्र विकासले उच्च प्राथमिकता प्राप्त गर्दैै आएकाले अब नेपालमा पनि त्यस प्रकारको नीति आउन जरुरी रहेको बताउनुभयो ।

कार्यक्रममा भारत डिनका महासचिव मनमोहन राजवंशीले देश प्रविधियुक्त र प्राविधिक उत्पादनका लागि नयाँ नीतिसहित अघि बढ्ने कार्यमा राज्यले नै विशेष ध्यान नदिएसम्म देशको समग्र विकास अधूरो रहने तर्फ सबै सचेत बन्न आग्रह गर्नुभयो ।

नेपाल इन्जिनियर्स एशोसियसन डिनका अध्यक्ष कामेश्वरप्रसाद सिंहको अध्यक्षतामा भएको सम्मेलन उद्घाटन समारोहमा राष्ट्रिय योजना आयोगका पूर्व उपाध्यक्ष डा दिनेशचन्द्र देवकोटा सिटीइभिटीका उपाध्यक्ष डा कुलबहादुर बस्नेत, पूर्वाञ्चल विश्वविद्यालयका उपकूलपति प्रोफेसर डा धनश्यामलालदासलगायत उच्च पदस्थ कर्मचारीसमेतको सहभागिता रहेको छ ।

त्यस अवसरमा नेपाल डिनका पूर्व अध्यक्ष डा राजेन्द्रप्रसाद अधिकारीले संघीय संरचनामा भौतिक पूर्वाधारको विकास, सम्भावना र चुनौती विषयमा कार्यपत्र प्रस्तुत गर्नुभयो भने महासचिव विन्दिया कार्कीले डिनले गरेको क्रियाकलापबारेमा प्रकाश पार्नुभयो ।

प्रतिक्रिया

1 कमेन्ट

    Comment Author

    Suraj Bhandari

    Des nikala garnu pa xa sale laie

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 1
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?