मलेसियाका पूर्व प्रधानमन्त्री रजाक पक्राउ !

Abhiyanpost Abhiyanpost
|
बुधबार, आश्विन ३, २०७५
|
|
५७ पटक हेरिएको
Shares
मलेसियाका पूर्व प्रधानमन्त्री रजाक पक्राउ !

सारांश

  • क्वालालम्पुर, ३ असोज ।
  • मलेसियाका शीर्ष नेता तथा पूर्वप्रधानमन्त्री नाजिब रजाकलाई बुधबार पक्राउ गरिएको छ ।
  • राज्यको लगानी कोषको दशौँ लाख रकम अनियमितता गरेको आरोपमा उहाँलाई पक्राउ गरिएको सरकारी अधिकारीहरुले जनाएका छन् ।

क्वालालम्पुर, ३ असोज । मलेसियाका शीर्ष नेता तथा पूर्वप्रधानमन्त्री नाजिब रजाकलाई बुधबार पक्राउ गरिएको छ । राज्यको लगानी कोषको दशौँ लाख रकम अनियमितता गरेको आरोपमा उहाँलाई पक्राउ गरिएको सरकारी अधिकारीहरुले जनाएका छन् । नाजिब र उहाँका सहकर्मीहरुले राज्य कोषको दुरुपयोग गरेको भन्दै केही महिनादेखि अनुसन्धान भइरहेको थियो । गत मे महिनामा भएको निर्वाचनमा पनि नाजिबले राज्यको शक्ति र श्रोतको दुरुपयोग गरेको आरोप लगाउदै महाथिर मोहम्मद नेतृत्वको गठबन्धनले जित हासिल गरेको थियो । उहाँको गठबन्धनले नै अहिले सरकार बनाएको छ ।

विगतमा रजाककै संरक्षक रहनु भएका ९३ वर्षीय महाथिरले नाजिबले मुलुकलाई सही दिशातिर लैजान नसकेको भन्दै आफू फेरि राजनीतिमा फर्किनु परेको चुनावी नारा बनाउनुभएको थियो । नयाँ सरकार बनेको केही समयमै पूर्व प्रधानमन्त्री नाजिबलाई अनियमिततासम्बन्धी सात वटा आरोप लगाइएको थियो । तर पक्राउ भने बुधबार गरिएको छ । पक्राउ परेका नाजिबलाई बिहीबार दिउँसो अदालतमा लगिने भएको छ । त्यहाँ उहाँका विरुद्धमा लगाइएका आरोपहरुका बारेमा मुद्दा चलाउन लैजान लागिएको भ्रष्टाचारविरुद्धको आयोगले जनाएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

बिदा थप नभएपछि समस्यामा एआईजी पोखरेल
बिदा थप नभएपछि समस्यामा एआईजी पोखरेल
धादिङमा कांग्रेस-एमाले झडप, एमालेका तीन कार्यकर्ता गम्भीर घाइते !
संयुक्त राष्ट्र संघीय आचारसंहिता पालना गर्न माग
संयुक्त राष्ट्र संघीय आचारसंहिता पालना गर्न माग
विखखण्डनकारी तत्वलाई परास्त पार्न नेपाली सेना तयारी अवस्थामा
विखखण्डनकारी तत्वलाई परास्त पार्न नेपाली सेना तयारी अवस्थामा
भ्रष्टाचारमा दोषी ठहरिएका फ्रान्सका पूर्व राष्ट्रपतिलाई तीन वर्षको जेल सजाय
भ्रष्टाचारमा दोषी ठहरिएका फ्रान्सका पूर्व राष्ट्रपतिलाई तीन वर्षको जेल सजाय
राजनीतिक शुद्धिकरणका लागि युवा सक्रिय हुनुपर्छ : अध्यक्ष तिमिल्सिना
राजनीतिक शुद्धिकरणका लागि युवा सक्रिय हुनुपर्छ : अध्यक्ष तिमिल्सिना
बिमस्टेक : विदेश मन्त्रालयका सचिवहरुको बैठक भोली मंगलबार , यसरी सिगांरियो काठमाडौं
बिमस्टेक : विदेश मन्त्रालयका सचिवहरुको बैठक भोली मंगलबार , यसरी सिगांरियो काठमाडौं
क्यान्सर अस्पतालको विकासमा चीनको सहयोग हुन्छ : चिनियाँ राजदूत
क्यान्सर अस्पतालको विकासमा चीनको सहयोग हुन्छ : चिनियाँ राजदूत
काभ्रेपलाञ्चोकमा करिब ३० हजार मतदाता थपिए
काभ्रेपलाञ्चोकमा करिब ३० हजार मतदाता थपिए
महङ्गा भए ब्याडमिन्टन कभर्डहल
महङ्गा भए ब्याडमिन्टन कभर्डहल

तपाईंले छुटाउनुभयो कि?