भ्रष्टाचारमा दोषी ठहरिएका फ्रान्सका पूर्व राष्ट्रपतिलाई तीन वर्षको जेल सजाय

Abhiyanpost Abhiyanpost
|
बिहिबार, जेठ ४, २०८०
|
|
५३ पटक हेरिएको
Shares
भ्रष्टाचारमा दोषी ठहरिएका फ्रान्सका पूर्व राष्ट्रपतिलाई तीन वर्षको जेल सजाय

सारांश

  • काठमाडाैं।
  •   भ्रष्टाचारमा दोषी ठहरिएका फ्रान्सका पूर्वराष्ट्रपति निकोलस सार्कोजीलाई तीन वर्षको जेल सजाय सुनाइएको छ ।
  • फ्रान्सको एक पुनरावेदन अदालतले तल्लो अदालतले गरेको निर्णयलाई सदर गर्दै सार्कोजीलाई काराबासको सजाय सुनाएको हो ।

काठमाडाैं।  भ्रष्टाचारमा दोषी ठहरिएका फ्रान्सका पूर्वराष्ट्रपति निकोलस सार्कोजीलाई तीन वर्षको जेल सजाय सुनाइएको छ । फ्रान्सको एक पुनरावेदन अदालतले तल्लो अदालतले गरेको निर्णयलाई सदर गर्दै सार्कोजीलाई काराबासको सजाय सुनाएको हो । हतकडीसहित उनलाई अब एक वर्ष निजकै घरमा राखिनेछ भने सार्वजनिक पदमा तीन वर्षसम्म प्रतिबन्ध लगाइएको छ ।

पूर्वराष्ट्रपति सार्कोजीले आफूविरुद्धको मुद्दालाई आफ्नो पक्षमा पार्न न्यायाधीश तथा आफूमाथि लागेको भ्रष्टाचार अभियोगलाई कमजोर पार्न दबाब र प्रभावको हतियार प्रयोग गरेका थिए ।

पुनरावेदन अदालतको आदेश सुनेर बिना कुनै टिप्पणी ६८ वर्षीय सार्कोजी न्यायालयबाट बाहिरिएका थिए । उनका वकिलहरूले पुनरावेदन अदालतको निर्णयविरुद्ध सर्वोच्च अदालतमा अपील गरिने बताएका छन् ।

सन् २००७ देखि २०१२ सम्म राष्ट्रपति रहेका सार्कोजी पदबाट बाहिरिने बित्तिकै कानुनी झमेलामा फसेका थिए । मार्च २०२१ मा उनी र उनका वकिल थियरी हर्जोगले भ्रष्टाचारलगायत कानुनी अनुसन्धानबारे जानकारी प्राप्त गर्न न्यायाधीश गिल्बर्ट अजिबर्टसँग सम्झौताको प्रयास गरेपछि उनको भ्रष्ट नियत छताछुल्ल भएको थियो । दोस्रो विश्वयुद्धपछि जेल सजाय भोग्ने उनी पहिलो पूर्वराष्ट्रपति भएका छन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

नेविसंघमा चुलियो विवाद
नेविसंघमा चुलियो विवाद
कोरोना प्रभावित क्षेत्रबाट तत्काल नेपालीलाई उद्धार गर्न सरकारको ध्यानाकर्षण
कोरोना प्रभावित क्षेत्रबाट तत्काल नेपालीलाई उद्धार गर्न सरकारको ध्यानाकर्षण
मन्त्री अधिकारी ‘नयाँ सोच राख्ने विकासवादी नेता’
मन्त्री अधिकारी ‘नयाँ सोच राख्ने विकासवादी नेता’
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर
सत्तामा बसेसर बदनामी कमाएपछि कांग्रेस–माओवादी गठबन्धनले चुनावमा मतदातालाई बाँड्न राज्यकोषबाट ८ अर्व ७१ करोड रुपैयाँ  गाउँमा पठाएका छन्
सत्तामा बसेसर बदनामी कमाएपछि कांग्रेस–माओवादी गठबन्धनले चुनावमा मतदातालाई बाँड्न राज्यकोषबाट ८ अर्व ७१ करोड रुपैयाँ गाउँमा पठाएका छन्
सहकारी स्थानीय तहलाई हस्तान्तरण
सहकारी स्थानीय तहलाई हस्तान्तरण
गोदावरीमा ठोइमा गणचक्र महापूजा सम्पन्न
गोदावरीमा ठोइमा गणचक्र महापूजा सम्पन्न
यी हुन् सामाजिक संजालमा हलचल मच्चाएका नेपालका सेक्स काण्डहरु, यसरी लिक भयो भिडियो
यी हुन् सामाजिक संजालमा हलचल मच्चाएका नेपालका सेक्स काण्डहरु, यसरी लिक भयो भिडियो
नेपाललाई चीनको १५ अर्ब, केरुङ-काठमाडौं रेलमार्गको सम्भाव्यता अध्ययन गरिने
नेपाललाई चीनको १५ अर्ब, केरुङ-काठमाडौं रेलमार्गको सम्भाव्यता अध्ययन गरिने
नेपाल–भारत पेट्रोलियम तथा ग्याससम्बन्धी संयुक्त कार्यसमूहको बैठक
नेपाल–भारत पेट्रोलियम तथा ग्याससम्बन्धी संयुक्त कार्यसमूहको बैठक

तपाईंले छुटाउनुभयो कि?