मलेसियामा नेपालीसहित करिब तीनसय प्रहरी नियन्त्रणमा

Abhiyanpost Abhiyanpost
|
शुक्रबार, श्रावण २७, २०७४
|
|
४६ पटक हेरिएको
Shares
मलेसियामा नेपालीसहित करिब तीनसय प्रहरी नियन्त्रणमा

सारांश

  • मलेसिया।
  • मलेसियाको प्रहरीले आतङ्काबादी विरुद्धको पछिल्लो सुरक्षा कारबाहीका क्रममा २९० जना भन्दा बढी प्रवासीलाई नियन्त्रणमा लिएको छ ।
  • नियन्त्रणमा लिएका मध्ये कोही पनि आतङ्कवादीहरूको सम्पर्क व्यक्तिहरू नभएको स्थानीय सञ्चार माध्यमले बिहीबार जनाएका छन् ।

मलेसिया। मलेसियाको प्रहरीले आतङ्काबादी विरुद्धको पछिल्लो सुरक्षा कारबाहीका क्रममा २९० जना भन्दा बढी प्रवासीलाई नियन्त्रणमा लिएको छ ।

नियन्त्रणमा लिएका मध्ये कोही पनि आतङ्कवादीहरूको सम्पर्क व्यक्तिहरू नभएको स्थानीय सञ्चार माध्यमले बिहीबार जनाएका छन् ।

पक्राउ पर्नेमा विषेश गरेर नेपाल, यमन, पाकिस्तान, सिरिया, बङ्लादेश, भारत, प्यालेस्टाईन र सुडानका रहेका अधिकारीहरूले बताएका छन् ।

प्रहरीले ‘डिजिटल हव’को रुपमा चिनिने साईबरजयामा बुधबार रातीदेखि बिहीबार अबेरसम्म सुरक्षा कारबाही चलाएको मलेसियाको सरकारी समाचार संस्था बेर्नामाले जनाएको छ ।

एक जना उच्च प्रहरी अधिकारीले उनीहरूलाई प्रहरी मुख्यालयमा लगेर अनुसन्धान गरिएको र कसैको पनि कुनै आतङ्कबादी समूहसँग सम्पर्क भएको नदेखिएको जानकारी दिएका छन् । उनीहरू मध्ये ५७ जनासँग मलेसिया बस्ने बैध अनुमतिपत्र नभएको पाइएको छ ।

यसै महिनाको अन्त्यतिर मलेसियामा २९औं दक्षिण एसियाली खेलकुँद प्रतियोगिता हुन लागेकाले सुरक्षा व्यवस्था कडा बनाइएको सुरक्षा अधिकारीहरूको भनाई छ ।

आतङ्बादी विरुद्धको सुरक्षा सतर्कता अप्नाउने क्रममा पछिल्ला केही दिनमा मात्रै झण्डै ४०० जना शंकास्पद व्यक्तिहरूलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

(hippainhelp.com)

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

राष्ट्रियसभाको विषयगत समिति गठन, काे काे परे समितिमा ?
राष्ट्रियसभाको विषयगत समिति गठन, काे काे परे समितिमा ?
दुग्धजन्य शिशु आहारमा ‘विष’, लाखौं बालबालिका जोखिममा
दुग्धजन्य शिशु आहारमा ‘विष’, लाखौं बालबालिका जोखिममा
विप्लव नेतृत्वको नेकपाको माग के हो, के गर्दैछ सरकार ?
विप्लव नेतृत्वको नेकपाको माग के हो, के गर्दैछ सरकार ?
गुल्मीमा दुई क्षेत्रकै चन्द्रलाई सूर्यले छेक्ने सम्भावना
कञ्चनपुर भन्सारः लक्ष्यको ७१ प्रतिशत राजस्व सङ्कलन
कञ्चनपुर भन्सारः लक्ष्यको ७१ प्रतिशत राजस्व सङ्कलन
खानेपानी संस्थानमा झन्डै आधा अर्ब हिनामिनाः गुणस्तरहीन सामान सप्लाई अख्तियार के हेर्दैछ ?
खानेपानी संस्थानमा झन्डै आधा अर्ब हिनामिनाः गुणस्तरहीन सामान सप्लाई अख्तियार के हेर्दैछ ?
गाईगोरु बिच बाटोमै खसालिएको घटना:गृहको छानबिन टोली सुर्खेतमा
गाईगोरु बिच बाटोमै खसालिएको घटना:गृहको छानबिन टोली सुर्खेतमा
निर्मलाका हत्यारा पत्ता लाग्न ढिलाई हुन सक्छ, चौधरीलाई शपथ ग्रहण गराएको ठिक हो : राष्ट्रियसभामा सत्तारुढ सांसद (भिडियो सहित)
निर्मलाका हत्यारा पत्ता लाग्न ढिलाई हुन सक्छ, चौधरीलाई शपथ ग्रहण गराएको ठिक हो : राष्ट्रियसभामा सत्तारुढ सांसद (भिडियो सहित)
बैशाख १४ गते आइतबारको राशिफल यस्तो छ
बैशाख १४ गते आइतबारको राशिफल यस्तो छ
भरतपुरमा रेणु दाहालको उम्मेद्वारी
भरतपुरमा रेणु दाहालको उम्मेद्वारी

तपाईंले छुटाउनुभयो कि?