महानगरलाई गुट्खामुक्त पार्न दबाब, नगरपालिका अगाडि प्लेकार्डसहित प्रदर्शन

Abhiyanpost Abhiyanpost
|
बिहिबार, पौष २०, २०७४
|
|
६१ पटक हेरिएको
Shares
महानगरलाई गुट्खामुक्त पार्न दबाब, नगरपालिका अगाडि प्लेकार्डसहित प्रदर्शन

सारांश

  • चितवन, २० पुस ।
  • खैनी, सूर्ती, गुड्खाका कारण मानव स्वास्थ्यमा समेत असर हुने र यत्रतत्र फोहर देखिने गरेको भन्दै स्थानीयवासीले गुड्खामुक्त गर्न माग गर्दै आज दबाबमूलक कार्यक्रम गरेका छन् ।
  • भरतपुर महानगरपालिकाको भोलि शुक्रबार हुन लागेको नगरपरिषद्बाट उक्त अभियान घोषणाको माग गर्दै स्थानीयवासीले आज भरतपुरमा प्रदर्शन गर्दै दबाब ¥यालीसमेत निकालेका हुन् ।

चितवन, २० पुस । खैनी, सूर्ती, गुड्खाका कारण मानव स्वास्थ्यमा समेत असर हुने र यत्रतत्र फोहर देखिने गरेको भन्दै स्थानीयवासीले गुड्खामुक्त गर्न माग गर्दै आज दबाबमूलक कार्यक्रम गरेका छन् ।

भरतपुर महानगरपालिकाको भोलि शुक्रबार हुन लागेको नगरपरिषद्बाट उक्त अभियान घोषणाको माग गर्दै स्थानीयवासीले आज भरतपुरमा प्रदर्शन गर्दै दबाब ¥यालीसमेत निकालेका हुन् ।

फेसबुकबाट गठित ‘वे ग्रुप’ नामक संस्थाको संयोजना तथा विभिन्न संघसंस्थाका प्रतिनिधिको सहभागितामा नगरपालिका अगाडि प्लेकार्डसहित स्थानीयवासीले प्रदर्शनसमेत गर ।

सरसफाइ अभियानमा लागेका अभियन्ता भोजनारायण कँडेलले प्लास्टिकजन्य फोहरमध्ये गुड्खा खाएर जथाभावी फ्याँकिने गरेकाले गुड्खा प्रयोगमा प्रतिबन्ध लगाउनुपर्ने बताए ।

“सातामा एक दिन एक छिन् समाजका लागि’ भन्ने नारासहित सरसफाइ अभियान चलाउँदै आएको वे ग्रुपको नेतृत्वमा आज भरतपुरमा दबाबमूलक ¥याली निकालिएको हो ।

नारायणगढको लायन्सचोकबाट शुरु भएको दबाब ¥याली शहीदचोक, पुल्चोक घुमेर भरतपुर महानगरपालिका अगाडि आई सभामा परिणत भएको थियो ।

सभामा उद्योग वाणिज्य संघका जिल्लाअध्यक्ष राजन गौतमले गुड्खाले स्वास्थ्यमा समेत असर पार्ने भन्दै यो अभियानलाई प्रभावकारी गराउनुपर्नेमा जोड दिए । जिल्लालाई गुड्खामुक्त घोषणा नगरेसम्म आफू अभियानमा लागिरहने गौतमले बताए ।

यसअघि उक्त समूहले गुड्खामुक्त गर्न दबाबस्वरुप हस्ताक्षर अभियान चलाएर स्थानीय प्रशासनलाई समेत बुझाएको थियो । गुट्खाले मानव स्वास्थ्यमा समेत असर गर्ने भएकाले हाम्रो ध्यान यसतर्फ तानिएको भरतपुरका अर्का अभियन्ता तथा नेपालमैत्री समाज जिल्लाअध्यक्ष विरेन्द्र पौडेलले बताए ।

सरसफाइका क्रममा गुट्खा खाएर फालिएका प्लास्टिकको फोहर अत्यधिक भएकाले यस्ता फोहर नियन्त्रण आवश्यक हुने सहभागीको भनाइ छ ।

मानव स्वास्थ्यमा असर गर्ने, जथाभावी फालिएकाले फोहर संकलन गर्न पनि गाह्रो हुने र पुनः प्रयोग पनि गर्न नसकिने भएकाले गुट्खा प्रतिबन्ध गर्नुपर्ने माग गर्दै उनीहरुले आज नगरपालिकाको ध्यानाकर्षणसमेत गराएका थिए ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

हङकङ सिक्सेसमा इङ्ल्याण्डमाथि नेपालको शानदार जित
हङकङ सिक्सेसमा इङ्ल्याण्डमाथि नेपालको शानदार जित
जापानको एक रेस्टुराँमा विस्फोट हुँदा ४२ जना घाइते
जापानको एक रेस्टुराँमा विस्फोट हुँदा ४२ जना घाइते
कात्तिक १ गते शुक्रबारको राशिफल यस्तो छ
आजको मौसम पूर्वानुमान : तराईमा हुस्सु, यी तीन प्रदेशका हिमाली भेगमा हिमपात
आजको मौसम पूर्वानुमान : तराईमा हुस्सु, यी तीन प्रदेशका हिमाली भेगमा हिमपात
प्रधानमन्त्री प्रचण्डले गरे १०० रुद्राक्ष र ५१ हजार रुपैयाँ दान
प्रधानमन्त्री प्रचण्डले गरे १०० रुद्राक्ष र ५१ हजार रुपैयाँ दान
कोशीबाहेक छ प्रदेशका नीति तथा कार्यक्रम सार्वजनिक, के छन् नयाँ कार्यक्रम ?
कोशीबाहेक छ प्रदेशका नीति तथा कार्यक्रम सार्वजनिक, के छन् नयाँ कार्यक्रम ?
सामान्य हल्लाले अर्बौंको लगानीमा संचालित गहना पसल एक झट्कामा टाट पल्टियो
सामान्य हल्लाले अर्बौंको लगानीमा संचालित गहना पसल एक झट्कामा टाट पल्टियो
मलेसियाले नेपाली कामदारलाई भिसा रोक्यो
मलेसियाले नेपाली कामदारलाई भिसा रोक्यो
सार्वजनिक बिदा कटौती हुँदै, शनिबारबाहेक वर्षमा १५ दिन मात्रै बिदा
सार्वजनिक बिदा कटौती हुँदै, शनिबारबाहेक वर्षमा १५ दिन मात्रै बिदा
मकवानपुरको सीमभञ्ज्याङ र दामनमा हिमपात
मकवानपुरको सीमभञ्ज्याङ र दामनमा हिमपात

तपाईंले छुटाउनुभयो कि?