महानवमी मनाइँदै, हनुमानढोकाको तलेजु मन्दिर खुला

Abhiyanpost Abhiyanpost
|
बिहिबार, कार्तिक १, २०७५
|
|
५० पटक हेरिएको
Shares
महानवमी मनाइँदै, हनुमानढोकाको तलेजु मन्दिर खुला

सारांश

  • काठमाडाै, १ कार्तिक।
  •   हिन्दू नेपालीको महान् चाड बडादशैं अन्तर्गत आज (बिहीबार) देशभर हर्षाेल्लासपूर्वक महानवमी मनाइँदै छ।
  • आश्विन शुक्ल प्रतिपदाका दिन वैदिक विधिपूर्वक माता नवदुर्गा भवानीको आह्वान गरी घटस्थापना गरिएको जलपूर्ण कलशमा आज नवरात्रिको अन्तिम दिन विशेष श्रद्धाभक्तिपूर्वक पूजाअर्चना गरिन्छ।

काठमाडाै, १ कार्तिक।   हिन्दू नेपालीको महान् चाड बडादशैं अन्तर्गत आज (बिहीबार) देशभर हर्षाेल्लासपूर्वक महानवमी मनाइँदै छ। आश्विन शुक्ल प्रतिपदाका दिन वैदिक विधिपूर्वक माता नवदुर्गा भवानीको आह्वान गरी घटस्थापना गरिएको जलपूर्ण कलशमा आज नवरात्रिको अन्तिम दिन विशेष श्रद्धाभक्तिपूर्वक पूजाअर्चना गरिन्छ। प्रतिपदादेखि महानवमीसम्म नवदुर्गा, कुमारी, महाकाली, महालक्ष्मी र महासरस्वतीको पूजा तथा सप्तशती पाठ गरी विजयादशमीका दिन विसर्जन गर्ने परम्परा छ।

उक्त कलशको जल अभिषेक गरी टीका-प्रसाद लगाउनाले वर्षभरि नै सुख, शान्ति र आरोग्य मिल्ने धार्मिक विश्वास रहँदै आएको छ। हनुमानढोका दरबार क्षेत्रमा रहेको तलेजु भवानीको मन्दिर आज एक दिन मात्र सर्वसाधारणका लागि खुला गरिएकाे छ। तलेजु मन्दिर वर्षमा एक पटक प्रत्येक वर्ष आश्विन शुक्ल नवमीका दिन मात्र सर्वसाधारणका लागि खुला गरिन्छ।

आज बिहानैदेखि हनुमानढोका दरबारका साथै नेपाली सेनाका ब्यारेक तथा गुल्महरुमा श्रद्धाभक्तिपूर्वक बाजागाजासहित बलि दिएर जंगी निसानपूजा तथा कोतपूजा भइरहेको छ।आजै सवारी साधनहरुलाई पनि बलि दिएर पूजाआजा गर्ने चलन छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?