महायज्ञमा रु डेढ करोड सङ्कलन

Abhiyanpost Abhiyanpost
|
शुक्रबार, फाल्गुन ९, २०७६
|
|
४७ पटक हेरिएको
Shares
महायज्ञमा रु डेढ करोड सङ्कलन

सारांश

  • विद्यालय संचालनका लागि चाहिने नियमित खर्च जुटाउन आयोजित महायज्ञमा यहाँको एक विद्यालयले झण्डै रु डेढ करोड सङ्कलन गरेको छ ।
  • बागलुङ नगरपालिका–१४ नारायणस्थान बलेवामा रहेको आधारभूत विद्यालयले श्रीमद्भागवत धनधान्याचल महायज्ञबाट ?
  • एक करोड ४४ लाख सङ्कलन गरेको हो ।

विद्यालय संचालनका लागि चाहिने नियमित खर्च जुटाउन आयोजित महायज्ञमा यहाँको एक विद्यालयले झण्डै रु डेढ करोड सङ्कलन गरेको छ । बागलुङ नगरपालिका–१४ नारायणस्थान बलेवामा रहेको आधारभूत विद्यालयले श्रीमद्भागवत धनधान्याचल महायज्ञबाट ? एक करोड ४४ लाख सङ्कलन गरेको हो ।

महायज्ञको अन्तिम दिनसम्म उक्त रकम सङ्कलन भएको मूल आयोजक समितिले सार्वजनिक गरेको छ । अन्तिम दिन बागलुङ नगरपालिका–१४ का स्व धनबहादुर घर्ती क्षेत्री, हिला घर्ती क्षेत्री र जनककुमारी घर्ती क्षेत्रीको स्मृतिमा छोरा टेकबहादुर, भीमबहादुर, बलबहादुर, जीत बहादुर, चन्द्रजीत, हरि बहादुर, केदार र मीन बहादुर घर्ती क्षेत्रीले आठ लाख आठ हजार ८४८ रुपैयाँ सहयोग गर्नुभएको थियो ।

त्यस्तै सोही ठाउँका डम्मरकुमारी जिसीले पाँच लाख ५५५ रुपैयाँ सहयोग गर्नुभएको छ । महायज्ञमा हरि जिसी र सुपारी जिसीको पहलमा अमेरिकामा रहेका बलेवावासीले तीन लाख २४ हजार २३१, नीरज केसीको पहलमा अस्ट्रेलियामा रहेका बलेवासीले ९७ हजार ५२, बानपा १४ का ईश्वरादेवी खत्रीले एक लाख एक हजार १५७ रुपैयाँ सहयोग गर्नुभएको थियो ।

महायज्ञको अन्तिम दिन ३५ हजारभन्दा बढी सहयोग गरी ४९ जना सहयोग दाता सभानायक बनेको सचिवालय संयोजक स्वर्गेन्द्रबहादुर खत्रीले जानकारी दिनुभयो । विद्यालयको ३२औँ वार्षिक उत्सवका अवसरमा आर्थिक सहयोग जुटाउन महायज्ञ आयोजना गरेको थियो । सङ्कलित रकमलाई विद्यालयको शैक्षिक गुणस्तर सुधार र पूर्वाधार विकास गर्ने काममा खर्चिने महायज्ञ मूल आयोजक समितिका महासचिव रत्न बहादुर खत्रीले जानकारी दिनुभयो ।

श्रीमद्भागवत धनधन्याञ्चल महायज्ञममा बालव्यास पण्डीतनारायण न्यौपानेले सङ्गीतमय कथा प्रवचन गर्नुभएको थियो । महायज्ञ समापन समारोहमा महायज्ञ मूल आयोजक समितिका संयोजक नरबहादुर खत्रीले दानदाताबाट सङ्कलित रकमलाई विद्यलायको शैक्षिक उन्नयनमा लगाउने बताउनुभयो ।
–––

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

प्रधानमन्त्री देउवा बनारसमा, मुख्यमन्त्री आदित्यनाथले गरे स्वागत
प्रधानमन्त्री देउवा बनारसमा, मुख्यमन्त्री आदित्यनाथले गरे स्वागत
वन्यजन्तुको क्षति न्यूनीकरणमापर्खाल सहितको जाली
वन्यजन्तुको क्षति न्यूनीकरणमापर्खाल सहितको जाली
नेपाललाई द्वन्द्वमा फसाउने प्रयास जनताले असफल पारेः अध्यक्ष ओली
नेपाललाई द्वन्द्वमा फसाउने प्रयास जनताले असफल पारेः अध्यक्ष ओली
सेती नदीको बाढी बस्तीमा पस्यो, ६० घरपरिवार सुरक्षित स्थानमा
सेती नदीको बाढी बस्तीमा पस्यो, ६० घरपरिवार सुरक्षित स्थानमा
बालकुमारी घटनामा ७३ जना पक्राउ, सुरक्षाकर्मीसहित सात घाइते
बालकुमारी घटनामा ७३ जना पक्राउ, सुरक्षाकर्मीसहित सात घाइते
उपाध्यक्ष भुसालको नेतृत्वमा नेकपा (एस) सरकारमा जाने
उपाध्यक्ष भुसालको नेतृत्वमा नेकपा (एस) सरकारमा जाने
सोमबार ३३८ कोरोना संक्रमित थपिए, १४० जना डिस्चार्ज
सोमबार ३३८ कोरोना संक्रमित थपिए, १४० जना डिस्चार्ज
राहुल गान्धीभन्दा स्मृति इरानी दश हजार मतले अगाडि
राहुल गान्धीभन्दा स्मृति इरानी दश हजार मतले अगाडि
तुलसीपुरमा तरकारी बजार केन्द्र निर्माण हुने !
तुलसीपुरमा तरकारी बजार केन्द्र निर्माण हुने !
म्याग्दीको जलेश्वरमा बोलेरो जिप दुर्घटना हुँदा एकजनाको मृत्यु
म्याग्दीको जलेश्वरमा बोलेरो जिप दुर्घटना हुँदा एकजनाको मृत्यु

तपाईंले छुटाउनुभयो कि?