महाराष्ट्र पहिरोःसत्ताइस जनाको शव भेटियो, साठी जना बेपत्ता

Abhiyanpost Abhiyanpost
|
आइतबार, श्रावण ७, २०८०
|
|
३५ पटक हेरिएको
Shares
महाराष्ट्र पहिरोःसत्ताइस जनाको शव भेटियो, साठी जना बेपत्ता

सारांश

  • नयाँदिल्ली ।
  • भारतको महाराष्ट्र राज्यमा गएको पहिरोमा परी २७ जनाको मृत्युभएको छभने कम्तीमा साठी जना बेपत्ता भएका छन् ।
  • मुम्बईबाट करिब एक सय किलोमिटर टाढा अवस्थित रायगड जिल्लाको एउटा गाउँमा बिहीबार मनसुनसँगै खसेको पहिरामा परी ज्यान गुमाएका २७ जनाको शव भेटिएका उद्धारकर्मीले बताएका छन् ।

नयाँदिल्ली । भारतको महाराष्ट्र राज्यमा गएको पहिरोमा परी २७ जनाको मृत्युभएको छभने कम्तीमा साठी जना बेपत्ता भएका छन् ।

मुम्बईबाट करिब एक सय किलोमिटर टाढा अवस्थित रायगड जिल्लाको एउटा गाउँमा बिहीबार मनसुनसँगै खसेको पहिरामा परी ज्यान गुमाएका २७ जनाको शव भेटिएका उद्धारकर्मीले बताएका छन् ।

“हामीले अहिलेसम्म २७ वटा शव फेला पारेका छौँ, करिब ६० जना अझै बेपत्ता छन्,” आपत्कालीन सहायता टोलीका एक अधिकारीले भनेका छन् । भग्नावशेषमा खोजी भइरहेको रायगड जिल्ला अधिकारी योगेश म्हसेले आइतबार एएफपीलाई बताएका छन् ।

मूल सडकबाट करिब पाँच किलोमिटर टाढा घटनास्थल रहेको तथा त्यहाँ भारी यन्त्र पुग्ने बाटो नभएकाले मानिसले नै साना यन्त्रको सहयताले खोजी गरिरहेका उनले बताए । उक्त क्षेत्रमा अविरल वर्षा भइरहेकाले खोजलाई चुनौतीपूर्ण बनाएको छ । जिल्ला अधिकारी म्हसेले खोज तथा उद्धार चौथो दिनमा प्रवेश गरेको र जीवित भेटिनेमा आफू आशावादी नभएको बताएका छन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?