महासंघ र काउन्सिलले मुलुकी (फौजदारी) र मुलुकी (देवानी) संहिताबारे छलफल गर्दै
सारांश
- काठमाडौं, ३१ साउन ।
- नेपाल पत्रकार महासंघ र प्रेस काउन्सिल नेपालको संयुक्त आयोजनामा भदौ १ गतेदेखि लागू हुने मुलुकी (फौजदारी) संहिता २०७४, तथा मुलुकी (देवानी) संहिता २०७४ को विषयमा छलफल गर्दैछ ।
- सचिव प्रकाश थापाले जारी गरेको विज्ञप्तिका अनुसार गोपनीयताको हकविरुद्धको कसुरसम्बन्धी व्यवस्थाका केही प्रावधानहरु प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतासँग बाझिने देखिएकोले उक्त विषयमा सरोकारवाला निकायहरुसँग छलफल कार्यक्रम राखिएको हो ।
काठमाडौं, ३१ साउन । नेपाल पत्रकार महासंघ र प्रेस काउन्सिल नेपालको संयुक्त आयोजनामा भदौ १ गतेदेखि लागू हुने मुलुकी (फौजदारी) संहिता २०७४, तथा मुलुकी (देवानी) संहिता २०७४ को विषयमा छलफल गर्दैछ । सचिव प्रकाश थापाले जारी गरेको विज्ञप्तिका अनुसार गोपनीयताको हकविरुद्धको कसुरसम्बन्धी व्यवस्थाका केही प्रावधानहरु प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतासँग बाझिने देखिएकोले उक्त विषयमा सरोकारवाला निकायहरुसँग छलफल कार्यक्रम राखिएको हो ।
दुबै संहिता लागू हुने दिन भदौ १ गतेकै दिन महासंघ र प्रेस काउन्सिलले उक्त विषयमा छलफल आयोजना गरेको हो । भदौ १ गते प्रेस काउन्सिल नेपालको सभाहलमा छलफल आयोजना गरिएकोले सबैमा उपस्थितिका लागि अनुरोध पनि गरिएको छ ।
Yogesh Kumal
Janatale tire KO karle timiharu jasta bhanaudale arabau jhuwam parne bilasitaka chilla gaadi chadhane garibale 50digariko ma pasina bagayra kina tirne badhi kar