महिनावारी हुँदा आफैं बस्ने छाउगोठ भत्काउँदै महिलाहरु

Abhiyanpost Abhiyanpost
|
बुधबार, चैत्र २१, २०७४
|
|
३७ पटक हेरिएको
Shares
महिनावारी हुँदा आफैं बस्ने छाउगोठ भत्काउँदै महिलाहरु

सारांश

  • अछाम – अछामको मेल्लेख ७ नन्देगडाका महिलाहरूले महिनावारी हुँदा आफैं बस्ने घरदेखि टाढा निर्माण गरिएको छाउपडी गोठहरू भत्काएका छन्।
  •  नागरिक दैनिकमा खबर छ ।
  • महिनावारी हुँदा घरदेखि टाढा बस्ने काम कुनै पनि हिसाबले ठिक नभएको महसूस गर्दै अछामको मेल्लेख गाउपालिका–७ को दुपाल्तका महिला आफैं छाउपडी गोठ भत्काएका हुन् ।

अछाम – अछामको मेल्लेख ७ नन्देगडाका महिलाहरूले महिनावारी हुँदा आफैं बस्ने घरदेखि टाढा निर्माण गरिएको छाउपडी गोठहरू भत्काएका छन्। नागरिक दैनिकमा खबर छ ।

महिनावारी हुँदा घरदेखि टाढा बस्ने काम कुनै पनि हिसाबले ठिक नभएको महसूस गर्दै अछामको मेल्लेख गाउपालिका–७ को दुपाल्तका महिला आफैं छाउपडी गोठ भत्काएका हुन् । गोठमा बस्दा धेरै महिलाले ज्यान गुमाउनुका साथै बिभिन्न खाले हिंसा सहनु परेकाले गाउँमा रहेका पाँच वटै छाउपडी गोठ भत्काएर गाउँका सबै महिला महिनावारी हुँदा घरमै बस्न थालेको स्थानीय अगुवा पुतलीदेबि खत्रीले जानकारी दिइन्।

सोमबार बिहानको खाना खाएर गाउँको पटाकानीमा जम्मा भएका महिलाहरूले गाउँमा रहेका सबै गोठहरू भत्काएको उनले बताइन्। यसअघि आफूहरूले नबुझेर नै गोठमा बसिरहेको सुनाउदै पुतलीले सरसफाइमा विशेष ध्यान दिएर घरमै बस्दा पनि केहि फरक नपर्ने बारेमा गाउँका महिला सचेत बनेको बताइन्।

छाउपडी बार्ने प्रथालाई कुप्रथा घोषित गरि सरकारले यसलाई फौजदारी अपराधसमेत मानेर यस विरुद्ध कानुन निर्माण गरीसकेपछि यहाँका स्थानीयहरू छाउपडी गोठ विरुद्ध उत्रीएका हुन्। छाउपडी गोठमा बस्ने परिवारलाई गाउँपालिका र वडाले प्रदान गर्ने सबै सेवा सुबिधाबाट बञ्चित गर्ने निर्णय गरेपछि आफूहरूले गोठ भत्काएको स्थानीय जिरादेवी विकले बताइन्।

सरकारले छाउपडी कुप्रथा विरुद्ध कानुन निर्माण गरी आगामी भदौ ५ गते पछि छाउपडी गोठमा राख्नेलाई जेल सजाय सम्मको व्यवस्था गरेपछि यो प्रथा मान्नेहरू निकै डराएका छन्। त्यसै कानुनलाई टेकेर स्थानीय तहले छाउपडी कुप्रथा अन्त्य गर्नका लागि गोठमा बस्नेलाई सेवा सुबिधाबाट समेत बञ्चित गर्ने सम्मको निर्णय गरेपछि मेल्लेख गाउँपालिकाका प्राय सबै गाउँमा गोठ भत्काउने अभियान चलेको छ।महिनावारी भएका महिलाले घरमै बस्दा देविदेउता रिसाउछन् भन्ने मान्यता बोकेका स्थानीयले गोठ भत्काएर घरमै बस्नका लागि देउतालाई समेत पुज्ने काम गरेका छन्।

‘देशकाल अनुसार हामीले अब देखि छाउ भएकी महिलालाई पनि घरमै राख्छौ महाराजा प्रभु केहि नदोस्नु होला भनेर कुले देउतालाई घण्ट, त्रिशुल चढाइसकेका छौ’ धौलपुरा देउताको धामीसमेत रहेका स्थानीय जोगि लुहारले भने–‘सबैले घरमै राखे पछि हामीले पनि त घरमै राख्नु पर्याे, गोठमा राखे त सरकारले जेल हाल्ने भनेको छ रे।’महिनावारी हुँदा गोठमै बसेका कारणले अछाममा थुप्रै महिलाले ज्यान गुमाइसकेपछि सुरु भएको छाउपडी गोठ भत्काउने अभियानले पछिल्लो समय तिब्रता पाएको छ। जिल्लाका केहि गाउँमा गैसस र सरकारी क्षेत्रबाट नै परियोजना संचालन गरेर छाउपडी गोठ भत्काउदा त्यति सफल नभएको यो अभियानमा महिलाले स्वस्फूर्त रुपमा गोठ भत्काउन थाल्दा अवश्य पनि छाउपडी कुप्रथाको अन्त्य हुनेमा सरोकारवालाले विश्वास लिएका छन्।

महिनावारी भएको बेला छाउपडी गोठमा बस्दा तुर्माखादकी गौरी बुढाको केहि महिना पहिले मात्र ज्यान गएको थियो। यस्तै गाज्राकी १५ वर्षीया रोशनी तिरुवाको गत वर्ष गोठमै ज्यान गएको थियो। देबिदेउता रिसाउने डरले नै महिला आफैं घरमा नबसेर गोठमा बस्ने गरेको कतिपय महिलाहरूको भनाई छ। गत मंसिर महिनामा तिमिल्सेनकी २६ वर्षीया डम्बरा उपाध्यायले पनी गोठमै ज्यान गुमाउनु पर्याे। राती खाना खाएर छाउपडी गोठमा सुतेकी २६ वर्षकी डम्बरा उपाध्याय विहान मृत अस्थामा भेटिइन। घर नजिकै बनाइएको छाउगोठमा महिनावारी भएको चौथो दिनको रात उनी एक्लै सुतेकी थिइन्। दिनघर घराएसी काममा ब्यस्त रहेकी उनी राति खाना खाएर सुतेकी थिइन्। बिहान अबेरसम्म नउठेपछि आफैं गई बोलाउदा ढोका नखुलेपछि ढोका फोरेर हेर्दा मृत अवस्थामा फेला पारेको पारिवारले जानकारी दिएको छ।

(https://valorhealthcare.com)

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

३३ प्रतिशत महिला नभई कसरी कम्युनिष्ट पार्टी दर्ता हुँदो रैछ !
३३ प्रतिशत महिला नभई कसरी कम्युनिष्ट पार्टी दर्ता हुँदो रैछ !
रौतहटमा सुत्केरी बोकेको गाडी खोलामा खस्यो, छ जनाको मृत्यु
बलु पौडेलको हत्यामा संलग्न ३ जना पक्राउ, ४ बजे पत्रकार सम्मेलन
बलु पौडेलको हत्यामा संलग्न ३ जना पक्राउ, ४ बजे पत्रकार सम्मेलन
बागलुङको भीमगिठेमा पहिरोले ५ घण्टा बढीघाट थुनिंदा घरगोठ डुबे, मध्यपहाडी लोकमार्ग अवरुद्ध
बागलुङको भीमगिठेमा पहिरोले ५ घण्टा बढीघाट थुनिंदा घरगोठ डुबे, मध्यपहाडी लोकमार्ग अवरुद्ध
मोरङ–सुनसरी करिडोर महिला मजदुरको भरमा
मोरङ–सुनसरी करिडोर महिला मजदुरको भरमा
उदयीमान फुटबलर समीक्षाको उपचारमा लापारवाही, आँखाको ज्योति गुम्ने खतरा
उदयीमान फुटबलर समीक्षाको उपचारमा लापारवाही, आँखाको ज्योति गुम्ने खतरा
कांग्रेस–कम्युनिष्टबीच कार्यगत एकता !
कांग्रेस–कम्युनिष्टबीच कार्यगत एकता !
राखेपका सदस्यसचिव र मन्सुरीबीच भेट
राखेपका सदस्यसचिव र मन्सुरीबीच भेट
सर्वोच्चले भन्याे ‘सुमार्गीको रकम रोक्का नगर’
सर्वोच्चले भन्याे ‘सुमार्गीको रकम रोक्का नगर’
सानिमा बैंकको नयाँ योजना फेमिली सुपर सेभिङ खातामा १० लाखको दुर्घटना बीमा
सानिमा बैंकको नयाँ योजना फेमिली सुपर सेभिङ खातामा १० लाखको दुर्घटना बीमा