महिलालाई थप १ महिनासहित ९८ दिन र पुरुषलाई १५ दिन सुत्केरी विदा
सारांश
- काठमाडौं २१ जेठ – अब सुत्केरीले तीन महिना भन्दा बढी विदा बस्न पाउने भएका छन् ।
- संविधानको मौलिक हकसँग सम्बन्धित कानुनमा यस्तो व्यवस्था गर्न लागिएको हो ।
- सरकारी, गैरसरकारी, विभिन्न निजी संघसंस्थामा काम गर्ने महिला सुत्केरी हुँदाको समयमा थोरैमा ९८ दिन बिदा पाउने भएका हुन ।
काठमाडौं २१ जेठ – अब सुत्केरीले तीन महिना भन्दा बढी विदा बस्न पाउने भएका छन् । संविधानको मौलिक हकसँग सम्बन्धित कानुनमा यस्तो व्यवस्था गर्न लागिएको हो ।
सरकारी, गैरसरकारी, विभिन्न निजी संघसंस्थामा काम गर्ने महिला सुत्केरी हुँदाको समयमा थोरैमा ९८ दिन बिदा पाउने भएका हुन । यसअघि ३ महिना अर्थात ९० दिन विदा बस्न पाउने व्यवस्था थियो । सुरक्षित मातृत्व तथा प्रजनन स्वास्थ्यको अधिकार व्यवस्था गर्न बनेको विधेयकमा महिलालाई ९८ दिनसम्म तलबसहितको प्रसूति बिदा दिन प्रस्ताव गरिएको छ ।
यस अघिको भन्दा जम्मा ८ दिन बढी विदा थपिएको हो । तर, अबको कानुनमा ‘कुनै गर्भवतीलाई ९८ दिन बिदा अपुग भएमा स्वास्थ्यकर्मीको परामर्शबमोजिम थप एक महिना तलबसहितको अतिरिक्त बिदा पाउने व्यवस्था गर्नुपर्ने उल्लेख गरिएको छ ।
जागिरे पुरुष कर्मचारीले पत्नी सुत्केरी हुनुअघि वा पछि पारिश्रमिकसहित १५ दिन प्रसूति स्याहार बिदा पाउने छन् । यस अघि पनि पुरुषलाई १५ दिन सुत्केरी स्याहार विदा दिइँदै आएको छ ।
Nabin Bc
Ke purus pani sutkeri hunxa ra