महिलाहरु आत्मनिर्भर भए मात्रै समृद्धि हासिल हुन्छ : खानेपानी मन्त्री मगर

Abhiyanpost Abhiyanpost
|
आइतबार, मंसिर १६, २०७५
|
|
५२ पटक हेरिएको
Shares
महिलाहरु आत्मनिर्भर भए मात्रै समृद्धि हासिल हुन्छ : खानेपानी मन्त्री मगर

सारांश

  • कंचनपुर,१६ मंसिर ।
  •   खानेपानी मन्त्री बिना मगरले महिलाहरूलाई सक्षम, सबल र आत्मनिर्भर नबनाईकन मुलुकको समृद्धि हुन नसक्ने बताउनु भएको छ ।
  • व्यापार तथा निकासी प्रबर्द्धन केन्द्रले कंचनपुरको बेलौरी नगरपालिकामा शनिबार आयोजना गरेको प्राकृतिक वनस्पतिबाट बन्ने हस्तकलाका सामाग्रीहरु उत्पादन सम्बन्धि तालिम कार्यक्रमको उद्घाटन गर्दै मन्त्री मगरले महिलालाई आत्मनिर्भर बनाएर मात्रै समृद्धि सम्भव हुने बताउनु भयो ।

कंचनपुर,१६ मंसिर ।  खानेपानी मन्त्री बिना मगरले महिलाहरूलाई सक्षम, सबल र आत्मनिर्भर नबनाईकन मुलुकको समृद्धि हुन नसक्ने बताउनु भएको छ । व्यापार तथा निकासी प्रबर्द्धन केन्द्रले कंचनपुरको बेलौरी नगरपालिकामा शनिबार आयोजना गरेको प्राकृतिक वनस्पतिबाट बन्ने हस्तकलाका सामाग्रीहरु उत्पादन सम्बन्धि तालिम कार्यक्रमको उद्घाटन गर्दै मन्त्री मगरले महिलालाई आत्मनिर्भर बनाएर मात्रै समृद्धि सम्भव हुने बताउनु भयो ।

उहाँले महिलाहरुलाई सिकाइने सीप र कलाले घरेलु उत्पादनमा टेवा पुग्ने भएकाले देशको विकासमा समेत योगदान हुने बताउनुभयो । उहाँले भन्नू भयो, ‘यस क्षेत्रका महिलाहरु आर्थिक रूपमा कमजोर छन् । मजदुरी गर्न छिमेकी देश भारत जानू पर्ने बाध्यता छ । यसको विकल्पमा यस किसिमको तालिमले महिलाहरुलाई घरमै बसी बसी आत्मनिर्भर बनाउछ । ‘कार्यक्रममा महिला उद्यमी महासंघकि संयोजक देबिका बुढाथोकीले नेपालमा घरेलु तथा हस्तकलाको क्षेत्रमा धेरै अवसरहरु रहेको बताउँदै यसको उत्पादनमा जोड दिनु पर्ने आवश्यकता रहेकोे बताउनुभयो । व्यापार तथा निकासी प्रबर्द्धन केन्द्रका कार्यकारी निर्देशक शरद बिक्रम राणाले महिलाहरुको सीप विकास तालिम को लागि केन्द्रको तर्फबाट सधैं सहयोग जारी राख्ने बताउनुभयो ।

कंचनपुर जिल्लामा रहेका करिब सय वटा प्रगतिशील महिला समुहका हजारौं महिलाहरु लाभान्वित हुने गरि आयोजना गरिएको तालिमको सह आयोजक प्रज्ञा स्मृति प्रतिष्ठान रहेकोे छ । १५ दिन सम्म संचालन हुने तालिमको समन्वय महिला उद्यमी महासंघले गरेको छ । 

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?