महिला हिंसाविरुद्ध अभियान सञ्चालन गर्दै प्रदेश सरकार

Abhiyanpost Abhiyanpost
|
शुक्रबार, मंसिर १३, २०७६
|
|
६० पटक हेरिएको
Shares
महिला हिंसाविरुद्ध अभियान सञ्चालन गर्दै प्रदेश सरकार

सारांश

  • गण्डकी प्रदेश सरकारले महिला सशक्तीकरण सचेतना अभियानका लागि ११ जिल्लालाई रु १६ लाख रकम विनियोजन गरेको छ ।
  • महिला हिंसापीडिको सुरक्षाका लागि पोखरा महानगरपालिका वडा नं ३३ मा महिला सुरक्षा आवासगृह निर्माण शुरु गरेको प्रदेश सरकारले सामाजिक न्याय र समनताका लागि हिंसाविरुद्ध महिला–पुरुष दुवै जुट्नुपर्नेमा जोड दिँदै अभियान सञ्चालन गर्न लागेको हो ।
  • प्रदेशका सामाजिक विकासमन्त्री नरदेवी पुनले लैङ्गिक हिंसाविरुद्धको १६दिने अभियानको सन्दर्भमा रासससँग कुरा गर्दै हिंसाका विषय महिलाको मात्रै नभई साझा सवाल भएको बताउनुभयो ।

गण्डकी प्रदेश सरकारले महिला सशक्तीकरण सचेतना अभियानका लागि ११ जिल्लालाई रु १६ लाख रकम विनियोजन गरेको छ ।
महिला हिंसापीडिको सुरक्षाका लागि पोखरा महानगरपालिका वडा नं ३३ मा महिला सुरक्षा आवासगृह निर्माण शुरु गरेको प्रदेश सरकारले सामाजिक न्याय र समनताका लागि हिंसाविरुद्ध महिला–पुरुष दुवै जुट्नुपर्नेमा जोड दिँदै अभियान सञ्चालन गर्न लागेको हो ।
प्रदेशका सामाजिक विकासमन्त्री नरदेवी पुनले लैङ्गिक हिंसाविरुद्धको १६दिने अभियानको सन्दर्भमा रासससँग कुरा गर्दै हिंसाका विषय महिलाको मात्रै नभई साझा सवाल भएको बताउनुभयो ।
मन्त्री पुनले भन्नुभयो, “लैङ्गिक हिंसा महिला–पुरुष दुवैमाथि हुने हिंसा हो, यद्यपि तथ्याङ्कमा महिलामाथिको हिंसा बढी भएकाले यसको बुझाइ पनि त्यस्तै छ । हामी समुन्नत र समतामूलक समाजको परिकल्पना गरेर अघि बढिरहेका छौँ, यसविरुद्ध पनि महिला–पुरुष दुवै लाग्नुपर्छ ।” मन्त्री पुनले प्रदेश सरकारले महिलालाई आत्मनिर्भर बनाउन विभिन्न सीपमूलक तालीम प्रदान गरेको पनि जानकारी दिनुभयो । “महिलामाथिको हिंसाको अर्को कारण आर्थिक परनिर्भरता पनि हो, महिला सबल र सक्षम भए हिंसाको प्रतिकार गरेर आत्मसम्मान साथ बाँच्न सक्छन्”, उहाँले भन्नुभयो ।
सन् १९६० मा डोमिनिक गणतन्त्रका मिरावेल परिवारका तीन दिदी–बहिनी पेट्रिया, मिनर्भा र मारियालाई तत्कालीन त्रुजिलो तानाशाही सरकारले हत्या गरेको थियो । उक्त हत्यालाई लिङ्गका आधारमा हुुने राजनीतिक हिंसाको रूपमा लिने गरिन्छ । उनीहरुकै सम्झनामा १६दिने अभियान मनाउन थालिएको हो ।
अन्तरराष्ट्रियरूपमा सन् १९९१ देखि मनाउन थालिएको यस अभियानमा नेपालमा सन् २००६ बाट शुरु गरिएको हो । “समानताको पुस्ता, बलात्कारविरुद्धको ऐक्यबद्धता” यस वर्षको नारा रहेको छ । प्रदेश सरकारले नोभेम्बर २५ देखि डिसेम्बर १० सम्म मनाउने अभियान मनाउनेछ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

वैदेशिक रोजगारीका नाममा ठगी बढ्दो
वैदेशिक रोजगारीका नाममा ठगी बढ्दो
जापानमा ७.१ म्याग्निच्युडको भूकम्प
जापानमा ७.१ म्याग्निच्युडको भूकम्प
काेराेना प्रभावित मुलुकमा कामदारलाई पठाउन स्थगित
काेराेना प्रभावित मुलुकमा कामदारलाई पठाउन स्थगित
नारीलाई पूजा गर्दा ईश्वर खुसी हुने समाजमा कुरीति चुनौति : प्रधानमन्त्री ओली
नारीलाई पूजा गर्दा ईश्वर खुसी हुने समाजमा कुरीति चुनौति : प्रधानमन्त्री ओली
बजेट कार्यान्वयनका लागि मासिक प्रगती समिक्षा गर्न अर्थमन्त्रीको निर्देशन
बजेट कार्यान्वयनका लागि मासिक प्रगती समिक्षा गर्न अर्थमन्त्रीको निर्देशन
रोमाञ्चक भिडन्तमा इन्टर मियामी रोकियो: एटलान्टा युनाइटेडद्वारा २-२ को बराबरी
रोमाञ्चक भिडन्तमा इन्टर मियामी रोकियो: एटलान्टा युनाइटेडद्वारा २-२ को बराबरी
आजको मौसमः माैसम सफा रहने
आजको मौसमः माैसम सफा रहने
बस दुर्घटनामा वडा सदस्यको मृत्यु
बस दुर्घटनामा वडा सदस्यको मृत्यु
बाराको जितपुर सिमरा र कलैया उपमहानगरपालिकामा एमालेको अग्रता
बाराको जितपुर सिमरा र कलैया उपमहानगरपालिकामा एमालेको अग्रता
भीम रावललाई ‘मतिभ्रष्ट’ भन्दै ओलीको व्यङ्ग्यः बुद्धि कोल्टे भएको भर्खर भर्खर डा लेख्न थालेको

तपाईंले छुटाउनुभयो कि?