महेश बस्नेत अर्थात ‘क्यारिज्म्याटिक लिडरशिप’

Abhiyanpost Abhiyanpost
|
शुक्रबार, बैशाख ५, २०७७
|
|
५२ पटक हेरिएको
Shares
महेश बस्नेत अर्थात ‘क्यारिज्म्याटिक लिडरशिप’

सारांश

  • नेपाली राजनितिको उदयमान नेता हुन् महेश बस्नेत ।
  • भक्तपुरको ईतिहास बदल्ने संवाहक हुन महेश बस्नेत ।
  • विकासको विगुल फुक्ने र समृद्ध भक्तपुरको परिकल्पनाकार हुन महेश बस्नेत ।

नेपाली राजनितिको उदयमान नेता हुन् महेश बस्नेत । भक्तपुरको ईतिहास बदल्ने संवाहक हुन महेश बस्नेत । विकासको विगुल फुक्ने र समृद्ध भक्तपुरको परिकल्पनाकार हुन महेश बस्नेत । जनताको दुःख र सुखका सारथी हुन महेश बस्नेत । सायद भक्तपुरले उहाँजत्तिको शालिन, बौद्धिक र जनमैत्री नेता विरलै पाएको होस् । यो समयमा नेता बन्न त्यति सहज पक्कै छैन । एकतर्फी पटयार लाग्दो राजनीतिक भाषण र झुठा आश्वासनमा जनतालाई झुलाउने प्रब्रित्तीका नेता भन्दा जनताको रोदनलाई नजिकैबाट चिन्ने र सहयोग गर्ने प्रव्रित्तीका कारण महेश बस्नेत भक्तपुरबासी माझ निकै प्रिय छन् । साथै उनको लोकप्रियता उसै गरि चुलिएको छ ।

सायदै यस्तो विरलै देख्ने गरिन्छ । महेश बस्नेतको लोकप्रियता दिन दिनै बढ्दै गए पछि केही कुन्ठा बोकेका मानिसहरु सलबलाउन थालेको प्रतित हुँदैछ । मैले ब्यक्तिगत रुपमा चिन्दा र जान्दासम्म महेश बस्नेतमा ‘क्यारिज्म्याटिक लिडरशिप’ रहेको पाउछु । हिजोको दिनमा पनि उनको चरित्र माथि औला उठाईएकै हो । तर देश शान्ती प्रकृयामा जाँदै गर्दा उहाले कार्यकर्ता पंक्तिको माग अनुरुप सुरक्षा चासोलाई समय सन्दर्भ अनुरुप सम्बोधन गर्दै कडा रुपमा प्रस्तुत भएकै हो । तर पनि मानविय मुल्य मान्यतालाई उनले कहिल्यै थ्रेट गरेनन, यद्यपी रक्षकको रुपमा आफूलाई खरो उतारेका भने हुन, यसमा आ आफनै बुझाई र भोगाइ होलान । यसको समिक्षा सरोकारवालाले आ आफ्नो अनुकुल पनि गर्लान पनि ।

उनले कुनै गल्ती नै गरेनन होला र भोली पनि गर्दैनन भनेर मैले मात्र होइन जो कोहीले भन्न सुहाउने कुरा पनि होईन । तर पनि नेताका रुपमा कसलाई कति विश्वास गर्ने ? कसको कति संभावना छ ? र खुबी कस्तो छ ? भन्ने सवाल तड्कारो रहन्छ नै । मैले हेर्ने पनि त्यहि नै हो । उनले भक्तपुर जिल्लालाई कसरी लिड गरिरहेका छन भन्ने कुरा, पछील्लो चरणमा यहाँको विकास प्रकृयाले हासिल गरेको गति, उपत्यका भित्रको छाँयामा परेको भक्तपुरले पाउँदै आएको महत्व आदीमा महेश बस्नेतको तुलनात्मक बढि देन छ ।

कसैले टाउको फोरेर होईन भन्न खोजे पनि त्यो जनताबाट लुक्ने छैन । हो सम्पूर्ण विकास गतिविधीका एक मात्र हकदार उनी हुन भन्नु चाहि मुर्खता हुनेछ तसर्थ महेश बस्नेतसँगसंगै जिल्लाका अन्य नेता, कार्यकर्ता, प्रशासक जनता सबैको भूमिका कहि न कहि होला र अवश्य छ । तर पनि भक्तपुरलाई प्रतिनिधीत्व गर्दै राष्ट्रिय राजनीतिमा प्रभाव पार्न सक्ने, जनपक्षिय निर्णय लिन सक्ने साहस र करुणा भएका नेता कोही छ भने त्यो महेश बस्नेत नै हो । त्यसो त उनी राष्ट्रिय राजनीतिमा पनि उत्तिकै संभावना बोकेका युवा नेता हुन ।

भोली पार्टीको नेतृत्व लिन सक्ने, देशको बागडोर सम्हाल्न सक्ने ल्याकत मात्र होइन त्यो ‘लिगेसी’ उनीसँग छ । विवादका माझ उद्योग मन्त्रीको जिम्मेवारीलाई सम्हाल्दै गर्दा उनले शालिनता मात्रै प्रकट गरेनन कि सफल र विवाद रहित कार्यकाल पनि पुरा गरे । उनको राजनितिक कद समेत उचो भयो । त्यस पस्चात भक्तपुरबासी मात्र होइन समग्र देशबासीले संभावना बोकेका आशा लाग्दा राजनेता बन्न सक्ने खुवी उनमा देखे । र उनलाई भक्तपुरबासीले त विश्वासको मत नै दिए, अर्थात राम्रै मत दिएर संघिय संसदसम्म पुर्याए ।

जनप्रतिनिधीको हैसियतले उनी दिन रात नभनी जिल्लाको विकासका लागी लागि पर्दै आएका छन । तसर्थ पनि जिल्लाबासीका हिसाबले उनको समर्थन नगरि रहन म सक्दिन । उनको कद भक्तपुर जिल्लामा मात्र सिमित रहने खालको छैन र होइन पनि । तर दुर्भाग्य उनको बढदो लोकप्रियतालाई रोक्ने प्रयास हो या के हो उनीको छवीलाई धुमिल्याउने प्रयास हुँदै आएको देखिन्छ । यो निर्ममता आखिर किन ? हिजोको दिनमा महेश बस्नेत कै नाम भझाएर आफ्नो स्वार्थ पुर्ति गर्ने समुहको हात छ भन्ने कुरा उठेका छन । बिगतको दिनमा असामाजिक क्रियाकलापमा लागेकाहरुले सुधारमुलक कामलाई रुचाउन नसक्नु यसको मुख्य कारक रहेको बुझाई हो । समाजको मुलधारमा ल्याउने अभियानको नेतृत्वकर्ता महेश बस्नेत प्रति त्यसरी खानिनु पक्कै पनि अपरिपक्वपना शिवाय अरु के नै हुन सक्ला ? ।

बाह्र वर्ष कुकुरको पुच्छर , ढुङग्रामा राखे पनि बाङ्गाको बाङ्गै भने झै समयलाई बोध गर्न नसक्नु महाभुल हो । सत्य कहिल्यै डक्दैन भन्ने आम विश्वास छ र महेश बस्नेत प्रतिको भ्रमपूर्ण हौवाहरु प्रभाव र दवावमा पारेर गरिएको प्रपञ्च शिवाय किमार्थ अरु केही हुनै सक्दैन । ब्यक्तिगत चरित्र हत्या गर्ने दुराशाययुक्त बाणीलाई सामाजिक संजाल मार्फत अघि सारिनु उत्तिकै खेदजनक छ । यस्तो अफवाह फैलाउनु मानसिक कुण्ठाको उपज हो । यस्तो जघन्य कार्य त केबल मानवता विरोधी र अपराधिक मानसिकता बोकेको मान्छेले गर्छ । तर भक्तपुरका जनता सचेत छौ । भक्तपुरको जनताको पहरेदार भएर दिन रात नभनी विकासको मुल खोल्ने जनमैत्री नेता आज कसरी बालुवाटारमा नो इन्ट्री हुन सक्छन् र ? यो त केबल एउटा दिवा सपना बोकेका विचल्लित र इमान स्खलित भएका व्यक्तिहरुको कुतर्क हो । भक्तपुरका तमाम जनता दुराशायको गन्धलाई पहिल्याउन सक्ने पक्कै छन् ।

जनताले यो पनि बुझेका छन् कि जुन बोटमा धेरै फल फल्छ, त्यही बोटमा धेरै प्रहार हुन्छ । हो, आज प्रहार गर्ने व्यक्तिहरुको झुण्ड नै बनाएर प्रहार गरिरहेका छन् । तर, तिनीहरुलाई त्यो हेक्का हुदैन कि त्यो फल उत्पादन गर्न बोट बलियो हैन, कि त्यसको जरा कति बलियो छ, कति फिजारीएको छ । अवश्य, आज महेश बस्नेतको जरा भक्तपुरका सारा जनतासँग जोडिएको छ ।छल कपट गरेर झुकाउन सकिएला तर भक्तपुरका जनता हुन वा अन्य देशबासी कोही पनी झुक्किने वाला छैनन ।

हेक्का राख्नु पर्ने कुरा के छ भने महेश बस्नेतलाई बालुवाटार ईन्ट्री बन्द गर्ने हैसियत कसको होला ? र उनले त्यस्तो के गरेका छन् र त्यस्तो स्थिती आइर्पयो होला ? जनतालाई मुर्ख बनाउनुको पनि हद हुन्छ नि । त्यसैले यस्ता वेतुकका कुराको पछि लाग्नु हास्यास्पद मात्रै होइन बेकार छ । जनप्रिय नेता महेश बस्नेत प्रति बेमौसमी बाजा बजाउनेहरु प्रति भक्तपुरका जनता सचेत र सजग छौ । र, युवाका ढुकढुकी, जनताका सेवक महेश बस्नेत प्रति देशबासीहरु उत्तिकै आशावादी रहेका छन् भन्दा अत्युत्ती नहोला ।

दिपेश विसुङ्के, भक्तपुर

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

गुण्डा नाईके भण्डारीलाई रिहाई नगरे आन्दोलन गर्ने तरुण दलको चेतावनी
गुण्डा नाईके भण्डारीलाई रिहाई नगरे आन्दोलन गर्ने तरुण दलको चेतावनी
श्री एयरले काठमाडौं-पोखरा उडानमा एउटा टिकट खरिद गर्नेलाई अर्को सित्तैमा दिने
श्री एयरले काठमाडौं-पोखरा उडानमा एउटा टिकट खरिद गर्नेलाई अर्को सित्तैमा दिने
संघदेखि प्रदेशसम्म प्रतिपक्षमा माओवादी
संघदेखि प्रदेशसम्म प्रतिपक्षमा माओवादी
संचार क्षेत्रमा आएका समाचार र टिप्पणीप्रति मुख्यमन्त्रिकोआक्रोस
संचार क्षेत्रमा आएका समाचार र टिप्पणीप्रति मुख्यमन्त्रिकोआक्रोस
जन्ती बोकेको टिपर दुर्घटना हुँदा २ जनाको मृत्यु, ९ जना घाइते
जन्ती बोकेको टिपर दुर्घटना हुँदा २ जनाको मृत्यु, ९ जना घाइते
प्रहरी सञ्चार दिवसमा गोपनियता र पारदर्शिताका कुरा
प्रहरी सञ्चार दिवसमा गोपनियता र पारदर्शिताका कुरा
स्वास्थ्य बीमा पहिलो प्राथमिकतामा : मन्त्री गिरी
स्वास्थ्य बीमा पहिलो प्राथमिकतामा : मन्त्री गिरी
सम्पर्कविहीन भएकाे तारा एयरको ट्विनअटर दुर्घटनाग्रस्त अवस्थामा भेटियो
सम्पर्कविहीन भएकाे तारा एयरको ट्विनअटर दुर्घटनाग्रस्त अवस्थामा भेटियो
Things Every Girl Should Do At Least Once In Her Life
Things Every Girl Should Do At Least Once In Her Life
सोह्र वर्षीया चिनियाँ युवतीले गरिन् सगरमाथाको सफल आरोहण
सोह्र वर्षीया चिनियाँ युवतीले गरिन् सगरमाथाको सफल आरोहण

तपाईंले छुटाउनुभयो कि?