माधब नेपालकोटोपिमा सुर्य देख्ने निर्वाचनअायोगले निधिको गम्छामा रुखचिन्ह देखेन्
सारांश
- काठमाडौं ।
- नेकपा एमालेका नेता माधवकुमार नेपाल, उपप्रधानमन्त्री बिजयकुमार गच्छदार र उपसभामुख गंगाप्रसाद यादवलाई आचारसंहित उलंघन गरेको आरोपमा निर्वाचन आयोगले २४ घण्टे स्पष्टीकरण सोधिसकेको छ ।
- तर प्रमुख सत्ता साझेदार दल नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रका नेताहरुले जति आचारसंहिता उलंघन गरेपनि आयोगले स्पष्टीकरण सोध्ने आँट गरेको छैन ।
काठमाडौं । नेकपा एमालेका नेता माधवकुमार नेपाल, उपप्रधानमन्त्री बिजयकुमार गच्छदार र उपसभामुख गंगाप्रसाद यादवलाई आचारसंहित उलंघन गरेको आरोपमा निर्वाचन आयोगले २४ घण्टे स्पष्टीकरण सोधिसकेको छ । तर प्रमुख सत्ता साझेदार दल नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रका नेताहरुले जति आचारसंहिता उलंघन गरेपनि आयोगले स्पष्टीकरण सोध्ने आँट गरेको छैन ।
केही समयअघि सूर्य चिन्ह भएको टोपी लगाएकै कारण एमाले नेता माधवकुमार नेपाललाई आयोगले २४ घण्टे स्पष्टीकरण सोध्यो । आयोगले स्पष्टीकरण सोधेको केही सातापछि नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले रौतहटमा १ हजार थान सिलिण्डर र ग्याँस चुलो वितरण गरे तर आयोग केही बोल्न सकेन ।
केही दिनअघि उपप्रधानमन्त्री बिजयकुमार गच्छदारले वीरगन्जमा गाडी र साइकल र्याली गरेको थियो । साइकिल र्याली गरेकै कारण उनीलाई पनि आयोगले स्पष्टीकरण सोध्यो । तर धनुषामा नेपाली कांग्रेसका नेता बिमलेन्द्र निधिले रुख चिन्ह भएको गम्छा लगाएर सार्वजनिक स्थलमा भाषण ठोके । तर आयोगले स्पष्टीकरण सोध्ने आँट गरेको छैन ।
२ नम्वर प्रदेशको स्थानीय तह निर्वाचनमा प्रतिपक्षभन्दा सत्तापक्षका दुई ठुला दल नेपाली कांग्रेस र नेकपा माओवादीबाट निर्वाचन आचारसंहित बढि उलंघन भएका छन् । सरकारका मन्त्रीहरु सरकारी सवारी साधन प्रयोग गरी भोट माग्न हिडेका छन् । आयोगले मन्त्रीहरुलाई रोक्ने आँट नगरेपनि जनताले केही मन्त्रीलाई नियन्त्रणमा लिएर प्रहरीलाई समेत बुझाएका छन् ।
Netra Ilameli
अनि तिमिहरुको तिरुपाको गोरु जुधाई हेर्न बस्या ?
Krishna Thakuri
त्यसतै हो नेपालको कानुन दैबले जानुन भनेको
Uttam Das Shrestha
Yo aayog ko pani kun din biyog dekhnuparne ho.
Shambhu Shrestha
निर्बाचन अायोग प्रमुखलाई रुखसंङ्ग भित्री मनमा लभपरेको जस्तोछ तेसैईले सुर्य देखेकि एलार्जी महसुस भएको हुनुपर्छ
Dev Bdr Maharjan
आफनो सरकार केको डर । होईन निधि जी ?
Dhan Bisht
Aajvholi chunau ko parchhar prasar ko awadhi ho.
Laxman Gyawali
निर्वाचन आयोग काङ्ग्रेस समर्थक हो किन गरोस् कार्बाहि!
Ram Rungmahang Rai
yo dhoti pani kangress kai puchhar ho ni
Lakpa Sherpa
Chasmako pour kam bayar po Ho ki ?
LB Shrestha
Thik Ho
Debendra Kharel
निवाचन अायाेगकाे अाखा बन्द कि नदेखेकाे हाे ।
Dushansanbogati Dushansanbogati
केको निर बाचन ऑयोग मावबादी
र काँग्रेशको पच्छेदार हो