माधव नेपालको साथ छोडे यी नेताहरुले

Abhiyanpost Abhiyanpost
|
बुधबार, भाद्र २, २०७८
|
|
५६ पटक हेरिएको
Shares

सारांश

  • नेकपा एमाले विभाजन गर्न लाग्दा पूर्वप्रधानमन्त्री माधवकुमार नेपाललाई लामो समय साथ दिएकाहरुले साथ छाडेका छन् ।
  • नेपालसँग लामो समय सहकार्य गरेका एमालेका पदाधिकारीहरुले नै साथ छाडेका हुन् ।
  • माधव नेपालको साथ छाड्नेहरुमा एमालेका पदाधिकारीहरु समेत छन् ।

नेकपा एमाले विभाजन गर्न लाग्दा पूर्वप्रधानमन्त्री माधवकुमार नेपाललाई लामो समय साथ दिएकाहरुले साथ छाडेका छन् । नेपालसँग लामो समय सहकार्य गरेका एमालेका पदाधिकारीहरुले नै साथ छाडेका हुन् ।

माधव नेपालको साथ छाड्नेहरुमा एमालेका पदाधिकारीहरु समेत छन् । एमाले उपाध्यक्ष भीम रावलले पहिल्यै नै साथ छाडिसकेका छन् । उनलाई पछिल्लो समय अष्टलक्ष्मी शाक्य र युवराज ज्ञवालीले साथ छाडेका छन् ।

शाक्य एमाले विभाजनको विपक्षमा रहँदै आएकी थिइन् । उनले २०५५ सालमा महाकाली सन्धीको विरोध गरेपनि एमाले विभाजन गर्दा बामदेव गौतमलाई साथ दिइनन् । यसपटक पनि उनले पार्टी फुटाउन लागेका माधव नेपाललाई साथ दिइनन् ।

उपाध्यक्ष युवराज ज्ञवाली पनि विभाजनको विपक्षमा उभिएका छन् । उनले पनि माधव नेपाललाई साथ दिएनन् । केपी शर्मा ओलीका कटु आलोचक भएपनि उनले एमालेभित्रै रहेर ओलीसँग संघर्ष गर्ने निर्णय लिएका छन् ।

रावल, शाक्य र ज्ञवाली माधव नेपालको खेमाबाट नवौं महाधिवेशनबाट निर्वाचित उपाध्यक्ष हुन् । उनीहरुलाई नेता नेपालका विश्वासपात्र मानिन्थ्यो ।

पार्टी फुटाउन साथ नदिनेमा माधव नेपाल पक्षका गोकर्ण बिष्ट, योगेश भट्टराई र भीम आचार्य पनि हुन् । उनीहरु नवौं महाधिवेशनबाट निर्वाचित सचिव हुन् । माधव नेपाल पक्षबाट चुनाव लडेर महाधिवेशनमा विजयी भएका उनीहरुले ओलीसँग संघर्षमा साथ दिएपनि पार्टी फुटाउन साथ दिएनन् ।

यसैगरी, माधव नेपाल पक्षबाट नवौं महाधिवेशनबाट महासचिवको उम्मेदवार बनेका सुरेन्द्र पाण्डे अलमलमा छन् । उनी पार्टी फुटाउने पक्षमा छैनन् । तर, माधव नेपाल पक्षमा जान दबाब छ । विश्वस्त स्रोतका अनुसार पाण्डे पनि माधव नेपालसँग नजाने पक्षमा उभिने भएका छन् ।

माधव नेपालको साथ छाडेका एमाले पदाधिकारी

१. भीम रावल, उपाध्यक्ष
२. अष्टलक्ष्मी शाक्य, उपाध्यक्ष
३. युवराज ज्ञवाली, उपाध्यक्ष
४. गोकर्ण बिष्ट, सचिव
५. योगेश भट्टराई, सचिव
६. भीम आचार्य, सचिव
७ . युवराज ज्ञवालि
८. झपट रावल

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

सेक्स गर्ने नयाँ शैली–जसले भरपुर आनन्द दिन्छ
सेक्स गर्ने नयाँ शैली–जसले भरपुर आनन्द दिन्छ
निर्मला हत्या प्रकरणः हत्या स्वीकार ! डिएनए रिपोर्ट केही दिनमा
निर्मला हत्या प्रकरणः हत्या स्वीकार ! डिएनए रिपोर्ट केही दिनमा
प्रदेश नम्बर ५ मा राष्ट्रियसभा निर्वाचनको मतपरिणाम घोषणा : यी हुन् ८ सांसद
प्रदेश नम्बर ५ मा राष्ट्रियसभा निर्वाचनको मतपरिणाम घोषणा : यी हुन् ८ सांसद
एनआरएनए अध्यक्षमा आरके शर्मालाई समर्थन गर्दै ७ उपाध्यक्षका उम्मेदवार सार्वजनिक
एनआरएनए अध्यक्षमा आरके शर्मालाई समर्थन गर्दै ७ उपाध्यक्षका उम्मेदवार सार्वजनिक
धुलोले क्षति पुगे निःशुल्क उपचार
धुलोले क्षति पुगे निःशुल्क उपचार
आज ८५५ जना कोरोना संक्रमित थपिए, ३१३ जना डिस्चार्ज
आज ८५५ जना कोरोना संक्रमित थपिए, ३१३ जना डिस्चार्ज
वामदेव गौतमले हार्नुको कारण खुलासा : यस्तो आयो एमालेको छानविन रिपोर्ट
वामदेव गौतमले हार्नुको कारण खुलासा : यस्तो आयो एमालेको छानविन रिपोर्ट
‘ब्रेक फेल’ भएपछि बस दुर्घटनामा, ४२ जना घाइते
‘ब्रेक फेल’ भएपछि बस दुर्घटनामा, ४२ जना घाइते
काँग्रेस संगठित हुनुको विकल्प छैन- महामन्त्री कोइराला
काँग्रेस संगठित हुनुको विकल्प छैन- महामन्त्री कोइराला
ललिता निवास प्रकरण: पूर्वप्रधानमन्त्रीहरूको बयानबारे सीआईबीको तयारी कहाँ पुग्यो?
ललिता निवास प्रकरण: पूर्वप्रधानमन्त्रीहरूको बयानबारे सीआईबीको तयारी कहाँ पुग्यो?

तपाईंले छुटाउनुभयो कि?