मानव अधिकार अवस्था अनुगमन समितिको आपत्ति

Shikharkhabar Shikharkhabar
|
सोमबार, श्रावण ५, २०७७
|
|
३७ पटक हेरिएको
Shares
मानव अधिकार अवस्था अनुगमन समितिको आपत्ति

सारांश

  • भरतपुर ।
  • साउन ५ आइतबार , माडी नगरपालीका वडा नं– ९ कुसुमखोलामा रहेको सुकुम्बासी चेपाङ्ग समुदायका घरहरुमा साउन ४ गते चितवन राष्ट्रिय निकुञ्ज प्रशासनले आगजनी गर्नुका साथै हात्ती लगाएर घरहरु भत्काएकोमा राष्ट्रिय मानव अधिकार आयोग, जिल्ला स्तरीय मानव अधिकार अवस्था अनुगमन समितिले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।
  • जल्ला स्तरीय मानव अधिकार अवस्था अनुगमन समितिका संयोजक कमल पाठकले सोमबार एक विज्ञप्ती जारी गरी आम जनताको गास वास र कपासको सम्बन्धमा न्यूनतम मानवअधिकार समेत ख्याल नगरी निकुञ्ज प्रशासनबाट सीमान्तकृत सुकुम्वासी चेपाङ समुदाय लक्षित निकृष्ट र अमानवीय कार्य भएकोमा आपत्ति जनाएका छन् ।

भरतपुर । साउन ५ आइतबार , माडी नगरपालीका वडा नं– ९ कुसुमखोलामा रहेको सुकुम्बासी चेपाङ्ग समुदायका घरहरुमा साउन ४ गते चितवन राष्ट्रिय निकुञ्ज प्रशासनले आगजनी गर्नुका साथै हात्ती लगाएर घरहरु भत्काएकोमा राष्ट्रिय मानव अधिकार आयोग, जिल्ला स्तरीय मानव अधिकार अवस्था अनुगमन समितिले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

जल्ला स्तरीय मानव अधिकार अवस्था अनुगमन समितिका संयोजक कमल पाठकले सोमबार एक विज्ञप्ती जारी गरी आम जनताको गास वास र कपासको सम्बन्धमा न्यूनतम मानवअधिकार समेत ख्याल नगरी निकुञ्ज प्रशासनबाट सीमान्तकृत सुकुम्वासी चेपाङ समुदाय लक्षित निकृष्ट र अमानवीय कार्य भएकोमा आपत्ति जनाएका छन् ।

लामो समयदेखि बस्दै आएको सुकुम्बासी वस्तीमा उपर्युक्तअर्को विकल्पविनै हस्तक्षेप गर्ने निकुञ्ज प्रशासनको निन्दनीय कार्य प्रति खेद व्यक्तगर्दै घरबार विहीन बनार्ईएका ती सुकुम्बासी चेपाङ्गहरुको उचित व्यवस्थापन र क्षतीपूर्तीको लागी सम्बन्धित निकायको ध्यानाकर्षण समेत गराइएको छ ।

 

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?