मिटरब्याज पीडितको आठ बिघा जग्गा फिर्ता

Abhiyanpost Abhiyanpost
|
बिहिबार, आषाढ २८, २०८०
|
|
५० पटक हेरिएको
Shares
मिटरब्याज पीडितको आठ बिघा जग्गा फिर्ता

सारांश

  • काठमाडौँ ।
  • मिटरब्याजका साहुहरूले लिएको आठ बिघा जग्गा पीडितहरूले फिर्ता पाएका छन् ।
  • गृह मन्त्रालयका अनुसार उनीहरूले अहिलेसम्म आठ बिघा आठ कठ्ठा नौ धुर जमिन फिर्ता पाएको र अझै मेलमिलापमार्फत फिर्ता हुने क्रम जारी रहेको छ ।

काठमाडौँ । मिटरब्याजका साहुहरूले लिएको आठ बिघा जग्गा पीडितहरूले फिर्ता पाएका छन् ।

गृह मन्त्रालयका अनुसार उनीहरूले अहिलेसम्म आठ बिघा आठ कठ्ठा नौ धुर जमिन फिर्ता पाएको र अझै मेलमिलापमार्फत फिर्ता हुने क्रम जारी रहेको छ । यसरी जग्गा फिर्ता पाउनेमा ४५ जना पीडित रहेका छन् ।

सरकारले पूर्वन्यायाधीश गौरीबहादुर कार्कीको अध्यक्षतामा गठन गरेको अनुचित लेनदेन (मिटरब्याज) सम्बन्धी जाँचबुझ आयोगले अहिले मेलमिलापमार्फत समस्या समाधानलाई प्राथमिकता दिएर काम अघि बढाइरहेको छ ।

आयोगका सदस्य उत्तमराज सुवेदीले पीडितहरूले देशभर हालसम्म झन्डै २४ हजार उजुरी दिएका र त्यसमध्ये एक हजार पाँच सय जति उजुरीमा मेलमिलाप गराइएको जानकारी दिए ।

यसअघि सरकारले जिल्ला प्रशासन कार्यालयमार्फत उजुरी दिनसक्ने व्यवस्था गरेको थियो । आयोगका सदस्य सुवेदीका अनुसार फर्छ्योट भएका उजुरीमध्ये ३० प्रतिशत अदालतबाट फैसला भएका मुद्दाहरू छन् । यसअघि अदालतबाट पीडितका विरुद्धमा फैसला भएको भन्दै पीडितहरूले त्यस्तो निर्णय खारेजी हुनुपर्ने माग गरेका थिए ।

आयोगले अहिले मेलमिलापलाई नै प्राथमिकता दिएको र मिलाप हुन नसकेका गम्भीर प्रकृतिका घटनाका विषयमा मात्रै कारबाहीका लागि सिफारिस गरिने उनले बताए ।

नेपाल सरकारले जाँचबुझ आयोग ऐन, २०२६ को दफा ३ को उपदफा (२) ले दिएको अधिकार प्रयोग गरी अनुचित लेनदेन (मिटरब्याज) सम्बन्धमा जाँचबुझ गर्न गत चैत २० को निर्णयानुसार जाँचबुझ आयोग गठन गरेको थियो । यही असार २५ गतेदेखि आयोगको म्याद सकिएपछि सरकारले पुनः तीन महिनाका लागि म्याद थप गरेको छ । आयोगले वैशाख १७ गतेदेखि धनुषाको जनकपुरमा कार्यालय स्थापना भई कार्यसञ्चलन गरिरहेको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

सुदूरपश्चिमकै कतिपय समुदाय यस्ता छन्, जसले छाउ बार्दैनन्
सुदूरपश्चिमकै कतिपय समुदाय यस्ता छन्, जसले छाउ बार्दैनन्
सभामुखले कांग्रेसलाई प्रश्न गर्न दिने, संसद अवरोध नहुने
सभामुखले कांग्रेसलाई प्रश्न गर्न दिने, संसद अवरोध नहुने
आज साउनको अन्तिम सोमबार, कस्तो छ तपाईंको राशिफल?
आज साउनको अन्तिम सोमबार, कस्तो छ तपाईंको राशिफल?
भक्तपुरको बिस्काः यस्ता छन् जात्राभित्रका जात्रा
भक्तपुरको बिस्काः यस्ता छन् जात्राभित्रका जात्रा
मंसिर ३ गते पुनः बस्नेगरि नेकपा सचिवालय बैठक सम्पन्न, आज यी विषयमा छलफल भयो
मंसिर ३ गते पुनः बस्नेगरि नेकपा सचिवालय बैठक सम्पन्न, आज यी विषयमा छलफल भयो
काठमाडौँ उपत्यकामा सोमबार थपिए ५४ कोरोना संक्रमित, प्रत्येक घण्टा २ जनामा विस्तार हुँदै कोरोना
काठमाडौँ उपत्यकामा सोमबार थपिए ५४ कोरोना संक्रमित, प्रत्येक घण्टा २ जनामा विस्तार हुँदै कोरोना
चुनावी सरगर्मीः ठूला नेता आउने क्रम वृद्धि
चुनावी सरगर्मीः ठूला नेता आउने क्रम वृद्धि
सुन प्रकरण: अभियुक्तको पक्षमा बहस गर्ने यी सांसद !
सुन प्रकरण: अभियुक्तको पक्षमा बहस गर्ने यी सांसद !
विधान संशोधनपछि मात्र सरकार विस्तार : उपप्रधानमन्त्री महरा
विधान संशोधनपछि मात्र सरकार विस्तार : उपप्रधानमन्त्री महरा
आइतबारदेखि भरी ग्यास सिलिण्डर बिक्रि गरिने
आइतबारदेखि भरी ग्यास सिलिण्डर बिक्रि गरिने

तपाईंले छुटाउनुभयो कि?