सभामुखले कांग्रेसलाई प्रश्न गर्न दिने, संसद अवरोध नहुने
सारांश
- काठमाडौं।
- प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले प्रधानमन्त्रीसँग प्रश्न गर्न नपाए संसद बैठक अवरोध गर्ने चेतावनी दिएको छ।
- आइतबार प्रधानमन्त्री केपी ओलीले संसदमा सम्वोधन गरेपछि प्रतिपक्षले प्रधानमन्त्रीको सम्बोधनपछि आफूहरुले प्रश्न गर्न पाउनु पर्ने माग गरेका थिए।
काठमाडौं। प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले प्रधानमन्त्रीसँग प्रश्न गर्न नपाए संसद बैठक अवरोध गर्ने चेतावनी दिएको छ। आइतबार प्रधानमन्त्री केपी ओलीले संसदमा सम्वोधन गरेपछि प्रतिपक्षले प्रधानमन्त्रीको सम्बोधनपछि आफूहरुले प्रश्न गर्न पाउनु पर्ने माग गरेका थिए।
तर सभामुख कृष्णबहादुर महराले प्रश्नउत्तरको अलग्गै भएको भन्दै प्रश्न गर्न नदिएपछि कांग्रेस संसदमा अवरोध गरेको थियो।
कांग्रेसको अवरोधपछि सभामुखले बुधबार १ बजेसम्मकालागि संसद स्थगित गरेका थिए। अहिले १२ बजे बस्ने कार्यव्यवस्था परामर्श समितिको बैठकमा सभामुखले प्रमुख प्रतिपक्षको मागका विषयमा ठोस जवाफ दिएपछि संसद चल्ने नचल्ने थाहा हुने प्रधानले बताए।
स्रोतका अनुसार आइतबार संसद स्थगित भएपछि सभामुखले आफूले प्रतिपक्षलाई बोल्न नदिएर गल्ती गरेको स्वीकार गरेका थिए। कांग्रेस प्रमुख सचेतकसहित सांसदहरुसँग सभामुखले आफूले प्रतिपक्षलाई बोल्न नदिएर गल्ती स्वीकार गरिसकेकाले आज बस्ने बैठकमा प्रधानमन्त्रीको सम्वोधनमाथि प्रश्न गर्न दिने र कांग्रेसले पनि सदन अवरोध नगर्ने बताइएको छ।
प्रतिक्रिया