विधान संशोधनपछि मात्र सरकार विस्तार : उपप्रधानमन्त्री महरा

Abhiyanpost Abhiyanpost
|
सोमबार, आषाढ २६, २०७४
|
|
५२ पटक हेरिएको
Shares
विधान संशोधनपछि मात्र सरकार विस्तार : उपप्रधानमन्त्री महरा

सारांश

  • चितवन ।
  • उपप्रधान तथा परराष्ट्रमन्त्री कृष्णबहादुर महराले संविधान संशोधनपछि मात्र सरकार विस्तार हुने बताएका छन् ।
  • प्रेस सेन्टर नेपाल चितवनले आज यहाँ आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै उनले सरकारले संविधान संशोधनको प्रस्ताव लाने तयारी गरिरहेको बताए ।

चितवन । उपप्रधान तथा परराष्ट्रमन्त्री कृष्णबहादुर महराले संविधान संशोधनपछि मात्र सरकार विस्तार हुने बताएका छन् ।

प्रेस सेन्टर नेपाल चितवनले आज यहाँ आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै उनले सरकारले संविधान संशोधनको प्रस्ताव लाने तयारी गरिरहेको बताए । उपप्रधानमन्त्री महराले भने, “संविधान संशोधनको प्रस्ताव आज भोलि नै पेश हुन्छ ।” पत्रकारको एक प्रश्नमा उनले मन्त्रालय भागबण्डामा खासै विवाद नरहेको बताए ।

उपप्रधानमन्त्री महराले भारतले लगाएको मालसामान तथा सेवा व्यवसाय कर गुड्स एण्ड सर्भिस ट्याक्स जिएसटीको नेपालमा पर्ने प्रभावका विषयमा अध्ययन गर्न छिट्टै एक टोली भारत जाने जानकारी दिए ।

भर्खरै मात्र जिएसटी लागू गरेकाले त्यसको परिणाम आई नसके भन्दै उनले आफू केही समय अघि भारत जाँदा यस विषयमा त्यहाँका परराष्ट्रमन्त्रीसँग समेत कुराकानी गरेको बताए ।

भारतको केन्द्रीय सरकारले १ जुलाई २०१७ देखि राष्ट्रभर नयाँ तथा एकीकृत कर प्रणाली लागू गरेको छ । मालसामान तथा सेवा व्यवसाय कर गुड्स एण्ड सर्भिस ट्याक्स जिएसटी नामाकरण गरिएको यस नयाँ र एकल कर प्रणाली राष्ट्रव्यापी रुपमा लागू गरिएपछि यसअघि विभिन्न राज्य तथा केन्द्रमा विद्यमान अलग अलग राज्यीय र संघीय कर व्यवस्था खारेजीमा परेको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

जोशी हाइड्रोको १६ करोड ९० लाख बराबरको आईपिओ आउने
जोशी हाइड्रोको १६ करोड ९० लाख बराबरको आईपिओ आउने
असोज ५ गते सोमवारको राशिफल यस्तो छ
असोज ५ गते सोमवारको राशिफल यस्तो छ
इन्डियन प्रिमियर लिगमा कस्ले कति पैसा पाए ? कसलाई कुन अवार्ड ?
इन्डियन प्रिमियर लिगमा कस्ले कति पैसा पाए ? कसलाई कुन अवार्ड ?
कावासोती बस दुर्घटना: नेपाल प्रहरीले भन्याे यस्ताे !
कावासोती बस दुर्घटना: नेपाल प्रहरीले भन्याे यस्ताे !
अष्ट्रेलियाको मेलबर्न शहरमा तीज कार्यक्रम सम्पन्न, अष्ट्रेलियन मन्त्रीको प्रमुख आतिथ्यता
अष्ट्रेलियाको मेलबर्न शहरमा तीज कार्यक्रम सम्पन्न, अष्ट्रेलियन मन्त्रीको प्रमुख आतिथ्यता
उम्मेदवार मनोनयन अघि भरतपुरमा एमालेका मेयरका उम्मेदवारले गरे विपिको शालिकमा माल्यार्पण
उम्मेदवार मनोनयन अघि भरतपुरमा एमालेका मेयरका उम्मेदवारले गरे विपिको शालिकमा माल्यार्पण
‘कछुवा गति’ मा कलंकी-कोटेश्वर सडक विस्तार
समावेशी कोटामा सांसद बन्दै धनाढ्य उद्योगपति र व्यापारीहरु, हेर्नुस् को को छन्
समावेशी कोटामा सांसद बन्दै धनाढ्य उद्योगपति र व्यापारीहरु, हेर्नुस् को को छन्
ओलीसँग माधव नेपाल असन्तुष्ट, मन्त्री अधिकारीलाई तत्काल कारबाही गर्नुपर्ने !
ओलीसँग माधव नेपाल असन्तुष्ट, मन्त्री अधिकारीलाई तत्काल कारबाही गर्नुपर्ने !
Human Resources – Best Practices for people who do buiness Management

तपाईंले छुटाउनुभयो कि?