पुष्पलालको सपना साकार पार्ने बाटामा सरकार प्रधानमन्त्री ओली

Abhiyanpost Abhiyanpost
|
बुधबार, श्रावण ७, २०७७
|
|
६६ पटक हेरिएको
Shares
पुष्पलालको सपना साकार पार्ने बाटामा सरकार प्रधानमन्त्री ओली

सारांश

  • प्रधानमन्त्री केपी शर्मा ओलीले पुष्पलालको सपना साकार पार्ने बाटामा सरकारले महत्वपूर्ण काम गरेको बताएका छन् ।
  • नेपाल कम्युनिस्ट पार्टीका संस्थापक महासचिव पुष्पलालको ४२ औ स्मृति दिवसका अवसरमा श्रद्धाञ्जलि व्यक्त गर्दै उनले अहिलेको नेकपाको सरकार समानता र समृद्धिका लागि अघि बढिरहेको बताएका छन् ।
  • उनले पार्टीलाई बलियो बनाउँदै देशलाई समृद्ध र नागरिकलाई सुखी बनाउन यतिबेला हामी एकताबद्ध भएर अघि बढ्नु अपरिहार्य रहेकामा जोड दिएका छन् ।

प्रधानमन्त्री केपी शर्मा ओलीले पुष्पलालको सपना साकार पार्ने बाटामा सरकारले महत्वपूर्ण काम गरेको बताएका छन् । नेपाल कम्युनिस्ट पार्टीका संस्थापक महासचिव पुष्पलालको ४२ औ स्मृति दिवसका अवसरमा श्रद्धाञ्जलि व्यक्त गर्दै उनले अहिलेको नेकपाको सरकार समानता र समृद्धिका लागि अघि बढिरहेको बताएका छन् ।

उनले पार्टीलाई बलियो बनाउँदै देशलाई समृद्ध र नागरिकलाई सुखी बनाउन यतिबेला हामी एकताबद्ध भएर अघि बढ्नु अपरिहार्य रहेकामा जोड दिएका छन् । ‘‘विभाजित कम्युनिष्ट आन्दोलन एकताबद्ध, राष्ट्रव्यापी र मजबुत भएको छ । पार्टीले करीब दुईतिहाइ बहुमतका साथ प्रमुख स्थान हासिल गरेको छ’’, उनले भने, ‘‘ पुष्पलालको जुन साङ्गठनिक राजनीतिक चाहना थियो, त्यो आज हामीले धेरै हदसम्म पूरा गरेका छौंँ ।’’ प्रधानमन्त्री ओलीले पुष्पलालकै अगुवाइमा कम्युनिष्ट आन्दोलनको संस्थागत थालनी, समाजको तत्कालीन अवस्थाको गहिरो विश्लेषण, नेपाली समाज र राजनीतिलाई मार्गदर्शन गर्ने विचार, दर्शन र सङ्गठनको स्थापना भएको उल्लेख गरेका छन् ।

‘‘विचारका हिसाबले नेपाल कुन अवस्थामा छ, नेपालमा गर्नुपर्ने के हो र कसरी अगाडि बढ्ने भन्ने व्यवस्थित वैचारिक मार्गदर्शन अघि सार्दै पुष्पलालले सामन्तवादको अन्त्य र गणतन्त्रको स्थापनालाई राजनीतिक उद्देश्य बनाए ’’, श्रद्धाञ्जलि वक्तव्यमा भनिएको छ, ‘‘ पार्टीलाई सामाजिक न्याय, समानता र देशभक्तिपूर्ण आन्दोलनको पर्यायका रुपमा अघि बढाए ।’’

उनले भने, ‘‘वाम–लोकतान्त्रिक आन्दोलन र रुपान्तरणका व्यवस्थित विचारमा पुष्पलालसँग समकालीन नेताहरुमध्ये अरु कसैको तुलना हुन सक्दैन, चाहे ती जुनसुकै राजनीतिक धारका होऊन् । यो नेपालको वाम लोकतान्त्रिक आन्दोलनमा पुष्पलालको श्रेष्ठ पक्ष हो ।’’ प्रधानमन्त्री ओलीले आजको पुस्तालाई आफ्नो जीवनमा समृद्धिसहितको समानता हासिल गरी पुष्पलालका योगदान स्मरण गर्न आह्वान पनि गरेका छन् ।रासस

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

सांसदलाई यस्तो तोकियो ड्रेस : महिलालाई कोट, पुरुषलाई टोपी
सांसदलाई यस्तो तोकियो ड्रेस : महिलालाई कोट, पुरुषलाई टोपी
सूर्यविनायकको अर्धवार्षिक आम्दानी रु ८३ करोड
सूर्यविनायकको अर्धवार्षिक आम्दानी रु ८३ करोड
पोखरामा मेगा एजुकेशन फेयर
पोखरामा मेगा एजुकेशन फेयर
सडक दुर्घटना घटाउने उपाय खोज्न प्रधानमन्त्रीको निर्देशन
सडक दुर्घटना घटाउने उपाय खोज्न प्रधानमन्त्रीको निर्देशन
विद्यालय शिक्षा अभियान कार्ययोजना
विद्यालय शिक्षा अभियान कार्ययोजना
नेकपा केन्द्रीय कमिटी बैठक बस्दै, यी हुन् छलफलका एजेण्डा
नेकपा केन्द्रीय कमिटी बैठक बस्दै, यी हुन् छलफलका एजेण्डा
चुनावको मुखमा प्रधानमन्त्रीले कार्यकर्तालाई बाँडे १६ करोड
चुनावको मुखमा प्रधानमन्त्रीले कार्यकर्तालाई बाँडे १६ करोड
केही स्थानीय तहमा मनपरि भएको सुनिएको छ : प्रधानमन्त्री ओली
केही स्थानीय तहमा मनपरि भएको सुनिएको छ : प्रधानमन्त्री ओली
त्रियुगा नगरपालिकाका कार्यकारी सदस्य तथा एमाले नेता वान्तवाको मृत्यु
त्रियुगा नगरपालिकाका कार्यकारी सदस्य तथा एमाले नेता वान्तवाको मृत्यु
महरा प्रकरणमा प्रहरीले थाल्यो अनुसन्धान, घटनास्थलबाट रक्सीको बोतल, कपडा लगायतका सामग्री बरामद

तपाईंले छुटाउनुभयो कि?