सांसदलाई यस्तो तोकियो ड्रेस : महिलालाई कोट, पुरुषलाई टोपी

Abhiyanpost Abhiyanpost
|
सोमबार, चैत्र २६, २०७४
|
|
३७ पटक हेरिएको
Shares
सांसदलाई यस्तो तोकियो ड्रेस : महिलालाई कोट, पुरुषलाई टोपी

सारांश

  • सुर्खेत : संसद् बैठक सुरु भएको करिब दुई महिनापछि कर्णाली प्रदेशका सांसदको औपचारिक पोसाक निर्धारण गरिएको छ।
  • संसद्को कार्यव्यवस्था परामर्श समितिले लामो छलफलपछि पोेसाक निर्धारण गरेको हो।
  • अब कर्णाली प्रदेशका सांसद तोकिएको पोसाकमा संसद् बैठकमा सहभागी हुनुपर्नेछ।

सुर्खेत : संसद् बैठक सुरु भएको करिब दुई महिनापछि कर्णाली प्रदेशका सांसदको औपचारिक पोसाक निर्धारण गरिएको छ। संसद्को कार्यव्यवस्था परामर्श समितिले लामो छलफलपछि पोेसाक निर्धारण गरेको हो। अब कर्णाली प्रदेशका सांसद तोकिएको पोसाकमा संसद् बैठकमा सहभागी हुनुपर्नेछ।

संसद्मा पुरुष र महिला सांसदका लागि पोसाकमा कोट तोकिएको छ। यस्तै पुरुष सांसदका लागि भने कालो भादगाउँले टोपी अनिवार्य गरिएको छ। यसअघि संसद्ले कार्यव्यवस्था परामर्श समितिले तोकेको पोसाकलाई अपनाउने निर्णय गरेको थियो। यसअनुसार समितिले आइतबार सांसदको पोसाकबारे टुंगो लगाएको हो। महिला सांसदका लागि कोट निर्धारण गरिएको छ भने ढाकाको धोती वा सारी विकल्पका रूपमा तोकिएको छ। यस्तै पुरुष सांसदका लागि कोट र भादगाउँले कालो टोपी अनिवार्य गरिएको छ।

पुरुष सांसदको हकमा दौरासुरुवाल र पाइन्टलाई पनि विकल्पमा दिइएको छ। यस्तै महिला सांसदको हकमा चोली र पाइन्ट विकल्पका रूपमा तोकिएको छ। समितिले निर्धारण गरेको पोसाकका आधारमा सांसदहरू संसद् बैठकमा सहभागी हुनुपर्नेछ। कोटको रङ भने खैरो र हल्का उज्यालो हुने संसद् सचिवालयले जानकारी दिएको छ। कार्यव्यवस्था परामर्श समितिले पोसाकको टुंगो लगाएको कर्णाली प्रदेशका सभामुख राजबहादुर शाहीले जानकारी दिए।

‘हामी पोसाकमा केही लचिलो बनेका छौं, सहज हुने पोसाक निर्धारण गरिएको छ’, कार्यव्यवस्था परामर्श समितिका सदस्यसमेत रहेका सांसद धर्मराज रेग्मीले भने, ‘सबै सांसदका लागि कोट तोकेका छौं, पुरुष सांसदका लागि भने टोपी अनिवार्य छ। महिलाका लागि सारी र धोती तथा चोलोमा विकल्प छ। पुरुषले पनि दौरासुरुवाल र पाइन्ट विकल्पमा प्रयोग गर्न सक्नेछन्।’

आजको अन्नपूर्ण पोष्टमा खबर छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?