‘मिसेस नेपाल-२०२०’ को आवेदन खुल्ला

Abhiyanpost Abhiyanpost
|
बुधबार, आश्विन २८, २०७७
|
|
६५ पटक हेरिएको
Shares
‘मिसेस नेपाल-२०२०’ को आवेदन खुल्ला

सारांश

  • काठमाडौं, २८ असोज ।
  • बिवाहित महिलाहरुको सौदर्य निखार्दै उनीहरुको ब्यक्तित्व बिकाश गर्ने उद्देश्यले इप्लानेटले नियमित आयोजना गर्दै आएको सौन्दर्य प्रतियोगिता ‘मिसेस नेपाल २०२०’को आवेदन खुल्ला भएको छ ।
  • आयोजनक इप्लानेट प्रालिले बुधबार एक बिज्ञाप्ती जारी गर्दै प्रतियोगीताका लागि आवेदन खुल्ला भएको जनाएको हो ।

काठमाडौं, २८ असोज । बिवाहित महिलाहरुको सौदर्य निखार्दै उनीहरुको ब्यक्तित्व बिकाश गर्ने उद्देश्यले इप्लानेटले नियमित आयोजना गर्दै आएको सौन्दर्य प्रतियोगिता ‘मिसेस नेपाल २०२०’को आवेदन खुल्ला भएको छ । आयोजनक इप्लानेट प्रालिले बुधबार एक बिज्ञाप्ती जारी गर्दै प्रतियोगीताका लागि आवेदन खुल्ला भएको जनाएको हो । ग्रिन आर्ट्स नेपालको संयोजन रहने प्रतियोगीताको यो बर्ष कोभिड १९ को महामारीलाई ध्यानमा राखेर अनलाइन तथा अफलाइन दुबै माध्यमबाट आवेदन दिनसक्ने ब्यवस्था गरिएको छ ।

प्रतियोगिताका लागि आवेदन प्राप्त ब्यक्ति मध्य पनि आन्तरिक छनौटमा परेका उत्कृष्ट प्रतियोगीलाई मात्र ‘मिसेस युनिभर्स २०१९’ अनिला श्रेष्ठलगायत बिभिन्न बरिष्ठ ब्यक्तिहरुबाट प्रशिक्षण प्रदान गरिनेछ । २१ वर्षदेखि ५५ वर्ष उमेर बिचका विवाहित नेपाली महिलाले मात्र प्रतियोगितामा सहभागिता जनाउन पाउनेछन् ।

गृहिणी जीवन बिताइरहेका महिलालाई सौन्दर्यता बाहेक सामाजिक क्रियाकलापदेखि आफ्नो व्यक्तित्व विकास गराउनेसम्म धेरै किसिमको काममा सक्रिय सहभागीता जनाउने अवसर प्रदान गर्न प्रतियोगिता आयोजना गर्न लागेको आयोजक संस्था इप्लानेटका अध्यक्ष सन्तोष सापकोटाले जानकारी दिए प्रतियोगिताको बिजेता शिर्ष उपाधि, बिभिन्न गिफ्टको अलवा सन् २०२१ मा हुने ‘मिसेस युनिभर्स’मा नेपालको प्रतिनिधित्व गर्ने अवसर प्राप्त गर्नेछन् । यसअघि ‘मिसेस युनिभर्स’मा नेपालको प्रतिनिधत्व अनिला श्रेष्ठ, मनिषा डंगोल, पद्मिनी झा, रजनी थापा, मिना घिमिरेले गरेका थिए । उनीहरु बिभिन्न अन्तराष्ट्रिय उपाधि समेत नेपाल ल्याउन सफल रहेका छन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

प्रहरी अस्पतालमा ‘रक्तसञ्चार केन्द्र’ स्थापना
प्रहरी अस्पतालमा ‘रक्तसञ्चार केन्द्र’ स्थापना
बलिउड संगीतकार रिमीको नेपालीलाई नेपालि सांगीतिक कोशेली
बलिउड संगीतकार रिमीको नेपालीलाई नेपालि सांगीतिक कोशेली
बिराटनगर महानगरको अहिलेसम्मको मतगणना परिणाम (अपडेट)
बिराटनगर महानगरको अहिलेसम्मको मतगणना परिणाम (अपडेट)
१५ वर्षपछि सत्ता त्याग्न बाध्य शेख हसिना को हुन्, किन भारत गइन्?
१५ वर्षपछि सत्ता त्याग्न बाध्य शेख हसिना को हुन्, किन भारत गइन्?
भरतपुर महानगरपालिकामा राेचक प्रतिश्पर्धा
भरतपुर महानगरपालिकामा राेचक प्रतिश्पर्धा
काष्ठमण्डप पुनःनिर्माण : पहिलो तला निर्माणको काम सकियो
काष्ठमण्डप पुनःनिर्माण : पहिलो तला निर्माणको काम सकियो
समाजवादी पार्टिका नेतामाथि गोली प्रहार
समाजवादी पार्टिका नेतामाथि गोली प्रहार
जयनगर–जनकपुर–कुर्था रेल्वेको उद्घाटन गराइए मुलुकका लागि दुर्भाग्य: विमलेन्द्र निधि
जयनगर–जनकपुर–कुर्था रेल्वेको उद्घाटन गराइए मुलुकका लागि दुर्भाग्य: विमलेन्द्र निधि
राती १ बजेसम्म अनलाईन बैठक,केन्द्रीय कमिटीको बैठक बोलाउन हस्ताक्षर संकलन गर्दै नेकपा
राती १ बजेसम्म अनलाईन बैठक,केन्द्रीय कमिटीको बैठक बोलाउन हस्ताक्षर संकलन गर्दै नेकपा
नेपाल भारतको खुला सिमाना नियमन गर्न सर्वोच्चको परमादेश

तपाईंले छुटाउनुभयो कि?