मिस नेपाल श्रृंखलालाई Miss World मा मल्टिमिडिया र ब्यूटी विथ पर्पज अवार्ड
सारांश
- अन्तत धेरै नेपालीको आशा अनुरुप मिस नेपाल श्रृंखला खतिवडाले चीनमा भइरहेको मिस वल्र्डमा मल्टिमिडिया अवार्ड जितेकी छने ।
- यो जीतसँगै उनको अन्तिम ३० समेत स्थान सुरक्षित भएको छ ।
- श्रृंखलाले यस प्रतिष्पर्धामा ११९ देशका प्रतिष्पर्धीलाई पछि पार्दै अवार्ड जितेकी हुन् ।
अन्तत धेरै नेपालीको आशा अनुरुप मिस नेपाल श्रृंखला खतिवडाले चीनमा भइरहेको मिस वल्र्डमा मल्टिमिडिया अवार्ड जितेकी छने । यो जीतसँगै उनको अन्तिम ३० समेत स्थान सुरक्षित भएको छ ।
श्रृंखलाले यस प्रतिष्पर्धामा ११९ देशका प्रतिष्पर्धीलाई पछि पार्दै अवार्ड जितेकी हुन् । सोमबार सार्वजनिक भएको नतिजामा मेक्सिको र केन्याका सुन्दरी क्रमश दोस्रो र तेसो स्थानमा छन ।
नेपालबाट सहभागि भएका प्रतियोगिले पहिलोपटक यो अवार्ड जितेको हो । बिभिन्न मल्टिमिडिया प्लेटर्फममा भएको फ्यान फलोइङ र भोटिङलाई हेरेर श्रृंखलालाई विजेता घोषित गरिएको मिस वल्र्डको आधिकारिक इन्स्टाग्राम पेजमा उल्लेख गरिएको छ ।
श्रृंखला खतिवडाले ब्यूटी विथ पर्पज अवार्ड पनि जितेकी छिन् । मिस वर्ल्डमा सहभागी हुने सुन्दरीले समाजमा सकारात्मक प्रभाव पर्ने एक परियोजनामा काम गर्नु पर्ने व्यवस्था अनुसार शृंखलाले आफ्नो गृह जिल्ला मकवानपुरको चेपाङ्ग बस्तीमा स्वास्थ्य चौैकी र अरु भौतिक संरचना बनाएकी थिइन् । सोही परियोजना अन्तर्गत उनले ब्यूटी विथ पर्पज अवार्ड जितेकी हुन् ।
प्रतिक्रिया