मिस र मिस्टर शेर्पाको अडिसन सम्पन्न

Abhiyanpost Abhiyanpost
|
शनिबार, मंसिर २२, २०७५
|
|
५१ पटक हेरिएको
Shares
मिस र मिस्टर शेर्पाको अडिसन सम्पन्न

सारांश

  • काठमाडौं– शेर्पा समुदायका युवा युवतीलाई लक्षित गर्दै आयोजना गरिएको ‘मिस–मिस्टर शेर्पा २०१८’ को अडिसन सम्पन्न भएको छ ।
  • डिपास इन्टरनेसनलले आयोजना गरेको प्रतियोगितामा विभिन्न जिल्लाका तीन दर्जन भन्दा बढी सहभागी भएको आयोजक संस्थाले जनाएको छ ।
  • अडिसनमा कोरियोग्राफर आयोजक संस्थाकी अध्यक्ष पासाङ शेर्पा (छेल्हमु), संचारकर्मी तथा व्यक्तित्व विकास प्रशिक्षक तेन्डुप शेर्पा, संचारकर्मी प्रियंका भण्डारी र मिस शेर्पा २०१७ सोनाम डोमा शेर्पा लगायतका थिए ।

काठमाडौं– शेर्पा समुदायका युवा युवतीलाई लक्षित गर्दै आयोजना गरिएको ‘मिस–मिस्टर शेर्पा २०१८’ को अडिसन सम्पन्न भएको छ । डिपास इन्टरनेसनलले आयोजना गरेको प्रतियोगितामा विभिन्न जिल्लाका तीन दर्जन भन्दा बढी सहभागी भएको आयोजक संस्थाले जनाएको छ ।

अडिसनमा कोरियोग्राफर आयोजक संस्थाकी अध्यक्ष पासाङ शेर्पा (छेल्हमु), संचारकर्मी तथा व्यक्तित्व विकास प्रशिक्षक तेन्डुप शेर्पा, संचारकर्मी प्रियंका भण्डारी र मिस शेर्पा २०१७ सोनाम डोमा शेर्पा लगायतका थिए ।

यस प्रतियोगिताले क्षमता, दक्षता, प्रतिभा, वाक शक्तिलाई अब्बल बनाउँदै संस्कार, संस्कृतिका विषयमा ज्ञान दिलाउने आयोजक संस्था डिपासका अध्यक्ष पासाङ शेर्पाले जानकारी दिइन् ।

डिपास इन्टरनेशनलले यसै वर्षदेखि मिस्टर शेर्पाको पनि आयोजना सुरु गरेको छ । अडिसनबाट छनौट भएकाहरुलाई केही दिन पछि विभिन्न चरणको प्रशिक्षण दिइनेछ । विभिन्न चरण पार गरेपछि प्रतियोगिताको अन्तिम प्रतिष्पर्धाबाट एक जना मिस शेर्पा र एक जना मिस्टर शेर्पा छानिनेछ । यही डिसेम्बरको अन्तिममा काठमाडौँमा हुने अन्तिम प्रतिष्पर्धाबाट मिस र मिस्टर शेर्पाको छनौट गरिनेछ ।

मिस शेर्पाको विजेताले आगामी वर्ष अप्रिलमा क्रोयसियामा हुने मिस टुरिज्म वर्ल्डमा नेपालको प्रतिनिधित्व गर्दै सहभागि हुने अवसर पाउने आयोजक संस्थले जनाएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

‘तिमीले हामी सबैलाई छोडेर गयौ प्रिय उपेन्द्र!’ : डा. भट्टराई
‘तिमीले हामी सबैलाई छोडेर गयौ प्रिय उपेन्द्र!’ : डा. भट्टराई
‘मिस युनिभर्स नेपाल’ मा विवाहित, आमा र जुनसुकै तौलकाले सहभागी हुन पाउने
‘मिस युनिभर्स नेपाल’ मा विवाहित, आमा र जुनसुकै तौलकाले सहभागी हुन पाउने
असोजभित्रमा मेलम्चीको पानी काठमाडौँमा– मन्त्री मगर
चित्रबहादुर केसीको खुलासाः मोदी प्रचण्डलाई प्रधानमन्त्री बनाउँदैछन्
चित्रबहादुर केसीको खुलासाः मोदी प्रचण्डलाई प्रधानमन्त्री बनाउँदैछन्
नीलो आँखावाली सुन्दरीः जसको आँखा र हट फिगरले युवा भुतुक्कै!
नीलो आँखावाली सुन्दरीः जसको आँखा र हट फिगरले युवा भुतुक्कै!
प्रधानमन्त्री ओली सार्क सहकार्यमा  सक्रिय
प्रधानमन्त्री ओली सार्क सहकार्यमा सक्रिय
अमेरिकाको भर्जिनियामा गोली चल्दा १२ को मृत्यु
अमेरिकाको भर्जिनियामा गोली चल्दा १२ को मृत्यु
सर्वोच्चले असोज २८ देखि मुद्दा दर्ता र सुनुवाइ गर्ने, संसद् विघटन विरुद्ध होला त रिट दर्ता ?
सर्वोच्चले असोज २८ देखि मुद्दा दर्ता र सुनुवाइ गर्ने, संसद् विघटन विरुद्ध होला त रिट दर्ता ?
अत्याधुनिक बसपार्क निर्माणमा ठेकेदारको लापर्बाही
अत्याधुनिक बसपार्क निर्माणमा ठेकेदारको लापर्बाही
सुनसरी- १ : जसपाका अशोक राई विजयी
सुनसरी- १ : जसपाका अशोक राई विजयी

तपाईंले छुटाउनुभयो कि?