अब रू २० मै घुम्न सकिन्छ वीरेन्द्रनगर

Abhiyanpost Abhiyanpost
|
शुक्रबार, आषाढ १, २०८०
|
|
४७ पटक हेरिएको
Shares
अब रू २० मै घुम्न सकिन्छ वीरेन्द्रनगर

सारांश

  • कर्णाली ।
  • कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरमा आजदेखि नगर माइक्रो बस सेवा सञ्चालनमा आएको छ ।
  • सेवा सञ्चालनमा आएसँगै रू २० मा वीरेन्द्रनगर घुम्न सकिने भएको हो ।

कर्णाली । कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरमा आजदेखि नगर माइक्रो बस सेवा सञ्चालनमा आएको छ । सेवा सञ्चालनमा आएसँगै रू २० मा वीरेन्द्रनगर घुम्न सकिने भएको हो ।

आज वीरेन्द्रनगर नगर माइक्रोबस सेवाको उद्घाटन गर्नुहुदै नरपालिकाका प्रमुख मोहनमाया ढकालले सहुलियतमा नगर बस सेवा आरम्भ भएसँगै नगरवासीलाई सहज हुने बताए ।

नागरिकको आवश्यकतानुसार नगर माइक्रो बस सेवाले सुरक्षित र भरपर्दो सेवा प्रदान गर्ने विश्वास व्यक्त गर्दै उनले सुरक्षित वीरेन्द्रनगर बनाउने अभियानमा नगरपालिका लागेको बताए ।

व्यवसायीका आवश्यक मागका सम्बन्धमा नगरपालिका गम्भीर रहेको बताउँदै नगरप्रमुख ढकालले अटोरिक्साको मनलाग्दी भाडाका कारण आजित बनेका नागरिकलाई नगर माइक्रो सेवाले राहत दिने विश्वास व्यक्त गरे । उनका अनुसार नगर माइक्रो बस सेवा संयुक्त काउन्टरबाट सञ्चालन हुनेछ ।

वीरेन्द्रनगरमा एक चोकबाट अर्को चोकसम्म पुग्न भाडादर रू २० कायम गरिएको सुर्खेत काँक्रेविहार यातायात प्रालिका अध्यक्ष रमेश सापकोटाले बताए । बस मङ्गलगढी–काँक्रेविहार, मङ्गलगढी–एयरपोट चोक–बामेखोला, मङ्गलगढी–गणेशचोक–आँखा अस्पताल चोक हुँदै कालिञ्चोक–नेवारे पिपिरा, गणेशचोक–प्रदेश अस्पताल–बाङ्गेसिमल रुट जोडिने र गणेश चोक–कारागार–टेलिकम हुँदै कपासे रुटसमेत थप गरिने उनले जानकारी दिए ।

यात्रुलाई सहज सेवा दिनका लागि सहुलियत भाडादर कायम गरिएको अध्यक्ष सापकोटाले बताए । उनका अनुसार अहिले मुख्यतः चार लेन सडकको धुलियाबिटबाट मङ्गलगढी–यरिचोक हुँदै मूलपानी चोकबाट प्रदेश अस्पताल भएर बाङ्गेसिमलसम्म पुग्ने गरी माइक्रो बस सेवा सञ्चालन गरिएको छ । दश माइक्रो बस १०–१० मिनेटको फरकमा छुट्याइने छ ।

सुर्खेतमा अटोरिक्सामा प्रतिकिलोमिटर रू ५० देखि रू एक सय ५० सम्म भाडा लिने गरेकामा नगर बस सेवा सञ्चालनमा आएपछि राहत हुने खबरले यहाँका नागरिकले सेवाको स्वागत गरेका छन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

कञ्चनपुरमा प्लास्टिक झोला प्रयोगमा रोक
कञ्चनपुरमा प्लास्टिक झोला प्रयोगमा रोक
सीमानासम्म थुतुनोमात्र घुसार्ने रेलको कुरा गरेको होइन, पूर्व–पश्चिमको हो: प्रधानमन्त्री ओलीसँगको अन्तर्वार्ता
सीमानासम्म थुतुनोमात्र घुसार्ने रेलको कुरा गरेको होइन, पूर्व–पश्चिमको हो: प्रधानमन्त्री ओलीसँगको अन्तर्वार्ता
ओलीदेखि रामचन्द्र पौडेलसम्मले फिर्ता गरेनन् कुटनीतिक पासपोर्ट
ओलीदेखि रामचन्द्र पौडेलसम्मले फिर्ता गरेनन् कुटनीतिक पासपोर्ट
प्रधानमन्त्री भएको केहिदिन बित्न नपाउदै दिल्लि जाने हतारोमा : देउवा
प्रधानमन्त्री भएको केहिदिन बित्न नपाउदै दिल्लि जाने हतारोमा : देउवा
१० वर्षपछि पपस्टार माइकल ज्याक्सनबारे खुल्यो यस्तो रहस्य
१० वर्षपछि पपस्टार माइकल ज्याक्सनबारे खुल्यो यस्तो रहस्य
सिसिक्यामेरा बिग्रिएर काम गर्न छाडेको महिनौ भइसके पनि अझै मर्मत हुन सकेनन ।
सिसिक्यामेरा बिग्रिएर काम गर्न छाडेको महिनौ भइसके पनि अझै मर्मत हुन सकेनन ।
राष्ट्रियसभा सदस्य निर्वाचनको सोमबार उम्मेदवारी दर्ता
राष्ट्रियसभा सदस्य निर्वाचनको सोमबार उम्मेदवारी दर्ता
काँग्रेसद्वारा डा. केसीसँगको सहमति कार्यान्वयन गर्न माग
काँग्रेसद्वारा डा. केसीसँगको सहमति कार्यान्वयन गर्न माग
एमाले नेता नेपालको चुनावी अभियानमा अध्यक्ष दाहाल
एमाले नेता नेपालको चुनावी अभियानमा अध्यक्ष दाहाल
मतदाता शिक्षामा दलकै भर
मतदाता शिक्षामा दलकै भर

तपाईंले छुटाउनुभयो कि?