मुक्तिनाथको फेदीमा थकाली होमस्टे

Abhiyanpost Abhiyanpost
|
बिहिबार, बैशाख २७, २०७५
|
|
५० पटक हेरिएको
Shares
मुक्तिनाथको फेदीमा थकाली होमस्टे

सारांश

  • मुस्ताङ, ठिनी, २७ वैशाख, के तपाँई वर्षात् अघि मुक्तिनाथ यात्रामा निस्कने तयारी गर्दै हुनुहुन्छ, यदि त्यसो हो भने तपाईका लागि खुशीको खबर छ – मुक्तिनाथको फेदी ठिनी गाउँमा सस्तोमा खाना खुवाउने र बास बस्ने गरी थकाली होमस्टे (घरबास) सञ्चालनमा आएको छ ।
  • प्राकृतिक सौन्दर्य र रमणीय दृष्य, हेर्दै लोभलाग्दो ठिनी गाउँमा घरबास (होमस्टे) मा बस्न र हिमाली संस्कृतिको अध्ययनका लागि पर्यटक आउने गरेका छन् ।
  • “घरबास पर्यटनले ठिनी गाउँको रहनसहन, वेशभूषा, थकाली भाषा, संस्कृति, परम्परा, चाडपर्व, मेलाजात्राको बारेमा जानकारी तथा देश तथा विदेशमा चिनाउनको लागि सहयोगी बन्दै गएको छ,” – स्थानीय जनमुक्ति क्लबका अध्यक्ष नरेन्द्र थकालीले भन्नुभयो ।

मुस्ताङ, ठिनी, २७ वैशाख, के तपाँई वर्षात् अघि मुक्तिनाथ यात्रामा निस्कने तयारी गर्दै हुनुहुन्छ, यदि त्यसो हो भने तपाईका लागि खुशीको खबर छ – मुक्तिनाथको फेदी ठिनी गाउँमा सस्तोमा खाना खुवाउने र बास बस्ने गरी थकाली होमस्टे (घरबास) सञ्चालनमा आएको छ ।

प्राकृतिक सौन्दर्य र रमणीय दृष्य, हेर्दै लोभलाग्दो ठिनी गाउँमा घरबास (होमस्टे) मा बस्न र हिमाली संस्कृतिको अध्ययनका लागि पर्यटक आउने गरेका छन् ।

“घरबास पर्यटनले ठिनी गाउँको रहनसहन, वेशभूषा, थकाली भाषा, संस्कृति, परम्परा, चाडपर्व, मेलाजात्राको बारेमा जानकारी तथा देश तथा विदेशमा चिनाउनको लागि सहयोगी बन्दै गएको छ,” – स्थानीय जनमुक्ति क्लबका अध्यक्ष नरेन्द्र थकालीले भन्नुभयो ।

जोमसोम बजारबाट दुई किमीको दूरीमा रहेको ठिनी गाउँमा सञ्चालित घरबास कार्यक्रम प्रचारप्रसार हुनसकेमा यो पर्यटकको महत्वपूर्ण गन्तव्य बन्न सक्ने उहाँले बताउनुभयो ।

“आफ्नो संस्कृति जोगाउनु मात्र नभई यसलाई प्रष्फुटन गर्नु पनि जरुरी हुन्छ,” उहाँले भन्नुभयो, “पर्यटक मात्र नभएर विदेशी राष्ट्रका उच्च अधिकारीको भ्रमण पनि यो क्षेत्रमा हुन थाल्नुले यहाँको पर्यटनलाई अझै उचो बनाउने पक्का पक्की छ ।”

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको यही वैशाख २९ गते हुन लागेको मुक्तिनाथ भ्रमणसँगै भारतीय पर्यटकका साथै अन्य विदेशी राष्ट्रका पर्यटकको आगमन बढ्ने विश्वास लिइएको उहाँले बताउनुभयो ।

ठिनी गाउँको घरबास पर्यटनको पहिलो चरणको कार्यक्रम सफल भइसकेको छ । थकाली समुदायको उद्गमस्थल ठिनीमा पर्यटनमार्फत समृद्धि ल्याउन घरबास शुरु गरिएको थकाली समुदाय होमस्टेका अध्यक्ष सनप्रसाद थकालीले बताउनुभयो ।

उहाँका अनुसार मुस्ताङको सदरमुकाम जोमसोमसँग जोडिएको गाउँमा थकाली सभ्यता अध्ययन गर्न पाइन्छ । ठिनीबाट मुक्तिनाथ यात्रा गर्न २४ किमी पर्दछ, जसका लागि जिपमा यात्रा गर्दा डेढ घण्टा लाग्छ ।

ठिनी गाउँमा अवलोकन गर्नका लागि कुछप तेरङ्गा गुम्बा, युङडुङ गुम्बा, लकी कर्पोक गुम्बा, घरपझोङ किल्ला, ढुम्बाताल, नीलगिरि हिमाल, थकाली संग्रहालयलगायतका सम्पदा रहेका छन् ।

ठिनीलाई हिउँ चितुवाको राजधानीसमेत भनिन्छ । गाउँमाथिको नमखुलेकमा २०७० सालमा एक्यापले गरेको क्यामेरा ट्रयापिङमा चार वटा हिम चितुवा देखिएका थिए ।

सदरमुकाम जोमसोमदेखि नजिकै रहेको र गुजुमुज्ज एकै ठाउँमा सबै घर रहेको ठिनी गाउँ घरबास पर्यटन सञ्चालनका लागि अत्यन्त उपयुक्त स्थल भएको अन्नपूर्ण संरक्षण क्षेत्र आयोजनाका तुलसी दाहालले बताउनुभयो । यो होमस्टे २०७४ भाद्र १० गते नेपाल पर्यटन बोर्डका कार्यकारी प्रमूख दिपकराज जोशीले गर्नुभएको थियो ।

होमस्टेका कारण ठिनी गाउँ सुन्दर र पर्यटकीयरुपमा चिनिँदै जानु र आन्तरिक पर्यटन मौलाउँदै जानुमा स्थानीयलाई आर्थिक मात्र नभई सामाजिक र सांस्कृतिकरुपमै पनि फाइदा हुने भएसँगै स्थानीयवासी यतिखेर उत्साहित भएका छन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

प्रधानसेनापति भारत उडे, कामु प्रधानसेनापतिले अमेरिकी जनरलसँग भेट !
प्रधानसेनापति भारत उडे, कामु प्रधानसेनापतिले अमेरिकी जनरलसँग भेट !
ठूलो मात्रामा जमीनमुनि लुकाइएको लागुऔषध बरामद
ठूलो मात्रामा जमीनमुनि लुकाइएको लागुऔषध बरामद
प्रधानमन्त्री दाहालले भने : सुख्खा बन्दरगाह त्रिदेशीय साझेदारीको रणनीतिअनुसार निर्माण हुनेछ
प्रधानमन्त्री दाहालले भने : सुख्खा बन्दरगाह त्रिदेशीय साझेदारीको रणनीतिअनुसार निर्माण हुनेछ
छ कक्षामा स्कुल छाडेर कुल्लीबाट पत्रकार हुँदै एशियाका सबैभन्दा धनाढ्य
छ कक्षामा स्कुल छाडेर कुल्लीबाट पत्रकार हुँदै एशियाका सबैभन्दा धनाढ्य
११ महिनामा १० लाख पर्यटक नेपाल आए, अब ‘स्याटेलाइट एकाउन्ट’
११ महिनामा १० लाख पर्यटक नेपाल आए, अब ‘स्याटेलाइट एकाउन्ट’
लुम्बिनीको आर्थिक मामिला मन्त्रालयको जिम्मेवारीमा मास्की
लुम्बिनीको आर्थिक मामिला मन्त्रालयको जिम्मेवारीमा मास्की
सौर्य एयर दुर्घटनाः पहिचान भएपछि मात्र शव हस्तान्तरण गरिने
सौर्य एयर दुर्घटनाः पहिचान भएपछि मात्र शव हस्तान्तरण गरिने
ढोरपाटनमा आगलागीबाट ३० घर जले
किन गरिन मिस नेपाल शृंखलाले पत्रकार सम्मेलन ?
किन गरिन मिस नेपाल शृंखलाले पत्रकार सम्मेलन ?
हचुवाका भरमा ठेक्का – कमिसनको लोभमा प्राधिकरण
हचुवाका भरमा ठेक्का – कमिसनको लोभमा प्राधिकरण

तपाईंले छुटाउनुभयो कि?