मुख्यमन्त्री पदका लागि आज दाबी पेस हुने

Abhiyanpost Abhiyanpost
|
मंगलबार, श्रावण १६, २०८०
|
|
५९ पटक हेरिएको
Shares
मुख्यमन्त्री पदका लागि आज दाबी पेस हुने

सारांश

  • विराटनगर ।
  • कोशी प्रदेशका प्रदेश प्रमुख परशुराम खापुङले मुख्यमन्त्री नियुक्तिका पछिल्लो समयमा गरेको आह्वानको समय सीमा आज समाप्त हुँदैछ ।
  • उनले साउन १२ गते दुई वा दुईभन्दा बढी दलहरूको समर्थनमा बहुमत प्राप्त गर्न सक्ने दलले मुख्यमन्त्री नियुक्ति गरी सरकार गठन गर्न आह्वान गरेकामा आज अपराह्न ५ सो समय समाप्त हुँदैछ ।

विराटनगर । कोशी प्रदेशका प्रदेश प्रमुख परशुराम खापुङले मुख्यमन्त्री नियुक्तिका पछिल्लो समयमा गरेको आह्वानको समय सीमा आज समाप्त हुँदैछ ।

उनले साउन १२ गते दुई वा दुईभन्दा बढी दलहरूको समर्थनमा बहुमत प्राप्त गर्न सक्ने दलले मुख्यमन्त्री नियुक्ति गरी सरकार गठन गर्न आह्वान गरेकामा आज अपराह्न ५ सो समय समाप्त हुँदैछ । उक्त प्रदेशसभामा अहिले गठबन्धन दलतर्फ नेपाली कांग्रेसका २९, नेकपा माओवादी केन्द्रका सभामुखसहित १३, नेकपा (एकीकृत समाजवादी) का चार र जसपा नेपालका एक सांसद छन् ।

गठबन्धन इतरतर्फ नेकपा (एमाले)का ४० र राप्रपाका छ जना सांसद एक ठाउँमा देखिएका छन् । कूल ९३ सदस्यमा बहुमत पुर्‍याउन गठबन्धन दललाई ४७ सांसदको आवश्यकता पर्ने भएकाले आजै सभामुख बाबुराम गौतमले राजीनामा दिने र त्यसपछि दलमा समाहित भई ४७ जनाको हस्ताक्षरसहित मुख्यमन्त्री पदका लागि दाबी पेस गर्ने योजनाअनुसार छलफल एवं परामर्श भइरहेको नेपाली कांग्रेस संसदीय दलका प्रमुख सचेतक भुपेन्द्र राईले जानकारी दिए ।

उनले हाम्रो गठबन्धनमा कुनै समस्या नरहेको र कानुनसम्मत नै प्रक्रिया पूरा गरेर दाबी पेस गर्ने योजना रहेको र प्रदेश प्रमुखबाट तोकिएकै समयसीमा दाबी पेस गरिने बताए ।

प्रदेश प्रमुखको कार्यालयबाट भएको आह्वानमा २०८० साल असार २१ मा भएको कोशी प्रदेश सरकारको मुख्यमन्त्री नियुक्ति तथा सरकार गठनका सन्दर्भमा सर्वोच्च अदालतमा दायर उत्प्रेषणसहितको परमादेशको रिट निवेदनउपर साउन ११ को सर्वोच्च अदालतको पूर्ण इजलासबाट भएको आदेशबमोजिम जुन विन्दुबाट संविधानको प्रयोग र पालनमा त्रुटि भएको हो, सोही अवस्थाबाट संविधानसम्मत तवरले प्रक्रिया अगाडि बढाउन मनासिव हुने देखिएको हुँदा २०८० साल साउन १७ गतेभित्र नेपालको संविधानको धारा १६८ को उपधारा (२) बमोजिम प्रदेशसभाको बहुमत प्राप्त गर्न सक्ने प्रदेशसभाका सदस्यहरूलाई मुख्यमन्त्री पदमा नियुक्ति गर्नू भन्ने परमादेश जारी भएकाले सोही आधारमा प्रदेश प्रमुखले आह्वान गरेका हुन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

कारबाहीमा परेकाले आत्मलोचना गरे सदस्य नवीकरण: एमाले
कारबाहीमा परेकाले आत्मलोचना गरे सदस्य नवीकरण: एमाले
जब ट्र्रम्पले उत्तर कोरिया टेक्दै किमलाई धाप मारे
जब ट्र्रम्पले उत्तर कोरिया टेक्दै किमलाई धाप मारे
राजपाको समाजवादी पार्टीसँग एकता हुन्छ-महेन्द्र राय यादव
राजपाको समाजवादी पार्टीसँग एकता हुन्छ-महेन्द्र राय यादव
मन्त्रीहरुसँग प्रधानमन्त्री ओलीको ब्रिफिङ : पार्टीभित्रैबाट सरकारमाथि चौतर्फी हमला भयो !
मन्त्रीहरुसँग प्रधानमन्त्री ओलीको ब्रिफिङ : पार्टीभित्रैबाट सरकारमाथि चौतर्फी हमला भयो !
शनिवार ५ हजार भन्दा बढि कोरोना संक्रमित थपिए, १९ को मृत्यु
शनिवार ५ हजार भन्दा बढि कोरोना संक्रमित थपिए, १९ को मृत्यु
फागुन ७ गते ऐतिहासिक महत्वको दिन हो :  प्रधानमन्त्री
फागुन ७ गते ऐतिहासिक महत्वको दिन हो : प्रधानमन्त्री
कर्मचारी समायोजन प्रक्रिया शुरू
मनाङको चामे गाउँपालिकामा गोला प्रथाबाट एमालेको उम्मेदवार विजयी
मनाङको चामे गाउँपालिकामा गोला प्रथाबाट एमालेको उम्मेदवार विजयी
सिउरुङमा पहिलोपटक प्रजिअ र प्रहरी प्रमुख पुग्दा …..
सिउरुङमा पहिलोपटक प्रजिअ र प्रहरी प्रमुख पुग्दा …..
प्रधानमन्त्री ओलीलाई बाबुराम भट्टरार्इले दिए १० सुझाव
प्रधानमन्त्री ओलीलाई बाबुराम भट्टरार्इले दिए १० सुझाव

तपाईंले छुटाउनुभयो कि?