मुख खोले डा. भट्टराईले, प्रदेशको केन्द्र पञ्चायतभन्दा गएगुज्रेको असन्तुलन
सारांश
- काठमाडौं, ४ माघ ।
- पूर्वप्रधानमन्त्री तथा नयाँ शक्ति नेपालका संयोजक डा.
- बाबुराम भट्टराईले प्रदेशको अस्थायी मुकाम तोक्ने सरकारको पछिल्लो निर्णयबारे मुख खोलेका छन् ।
काठमाडौं, ४ माघ । पूर्वप्रधानमन्त्री तथा नयाँ शक्ति नेपालका संयोजक डा. बाबुराम भट्टराईले प्रदेशको अस्थायी मुकाम तोक्ने सरकारको पछिल्लो निर्णयबारे मुख खोलेका छन् । उनले ट्वीट गर्दै सरकारको निर्णय पञ्चायतको भन्दा पनि असन्तुलित भएको भन्दै खेद व्यक्त गरेका छन् ।
डा. भट्टराईले प्रदेशको अस्थायी केन्द्र तोक्ने क्रममा संघीयताको मर्मविपरीत दल र नेताका निजी स्वार्थ हावी हुनु अत्यन्त दुःखद र खेदजनक भएको बताएका छन् । खासगरी प्रदेश १, ५ र ७ (केही हदसम्म ३) मा पञ्चायतकालको विकास क्षेत्रको अवधारणा जत्तिको सन्तुलन पनि नदेखिएको आफ्नो ट्वीटमा उल्लेख गरेका छन् । सरकारले गरेको असन्तुलित र संघीयताको मर्मविपरीत निर्णयलाई डा. भट्टराईले अत्यन्त आपत्तिजनक भनेका छन् । उनले थपेका छन्, “अब बस्ने प्रदेशसभाले मिलाओस् ।”
प्रदेशका अस्थायी केन्द्र तोक्ने क्रममा संघीयताको मर्म विपरित दल र नेताका निजी स्वार्थ हावी हुनु अत्यन्त दु:खद र खेदजनक छ। खासगरी प्रदेश १, ५ र ७ ( केही हदसम्म ३ ) मा पंचायतकालको विकास क्षेत्रको अवधारणा जत्तिको सन्तुलन पनि नदेखिनु अत्यन्त आपत्तिजनक छ। अब बस्ने प्रदेशसभाले मिलाओस्!
— Baburam Bhattarai (@brb1954) January 18, 2018
प्रतिक्रिया