मुलुकको अर्थतन्त्रको बलियो आधार पर्यटन क्षेत्रः उपप्रधानमन्त्री यादव

Abhiyanpost Abhiyanpost
|
शुक्रबार, आश्विन ५, २०७५
|
|
५९ पटक हेरिएको
Shares

सारांश

  • काठमाडौँ, ५ असोज ।
  • उपप्रधानमन्त्री एवं स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री उपेन्द्र यादवले देशको अद्धितीय पर्यकटीय सम्पदा र विविधताको संरक्षण र भौतिक विकास गरी पर्यटन प्रवद्र्धनमा जोड दिनुपर्ने बताएका छन् ।
  • पर्यटनको क्षेत्रमा प्रचारप्रसार गर्दै आएको सञ्चारमाध्यम गन्तव्य नेपाल ग्रुपले आज यहाँ प्रकाशित गरेको टुरिजम बिजनेश डाइरेक्टरीको शुक्रबार विमोचन गर्दै उपप्रधानमन्त्री यादवले मुलुकको अर्थतन्त्रको बलियो आधार पर्यटन क्षेत्र नै भएकाले उपलब्ध स्रोतसाधनको भरपुर उपयोग गरी पर्यटन विकासमा जुट्नुपर्ने विचार व्यक्त गरे ।

काठमाडौँ, ५ असोज । उपप्रधानमन्त्री एवं स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री उपेन्द्र यादवले देशको अद्धितीय पर्यकटीय सम्पदा र विविधताको संरक्षण र भौतिक विकास गरी पर्यटन प्रवद्र्धनमा जोड दिनुपर्ने बताएका छन् । पर्यटनको क्षेत्रमा प्रचारप्रसार गर्दै आएको सञ्चारमाध्यम गन्तव्य नेपाल ग्रुपले आज यहाँ प्रकाशित गरेको टुरिजम बिजनेश डाइरेक्टरीको शुक्रबार विमोचन गर्दै उपप्रधानमन्त्री यादवले मुलुकको अर्थतन्त्रको बलियो आधार पर्यटन क्षेत्र नै भएकाले उपलब्ध स्रोतसाधनको भरपुर उपयोग गरी पर्यटन विकासमा जुट्नुपर्ने विचार व्यक्त गरे ।
उनले मुलुकको आर्थिक विकास, राष्ट्रिय सुरक्षा र अन्तर्राष्ट्रिय सम्बन्धको विषयमा राष्ट्रिय सहमति अपरिहार्य भएको उल्लेख गरे ।

सो अवसरमा पर्यटन लाइफ टाइम एचिभमेन्ट अवार्डबाट राजन थापा र टुरिष्ट भेहिकल एक्सलेन्ट अवार्डबाट रामहरि शर्मालाई सम्मानित गरियो । त्यसैगरी पर्यटनक्षेत्रमा लामो समय देखि कलम चलाउनुहुने पत्रकारहरु राष्टिय समाचार समितिका कार्यकारी सम्पादक विकास लोहनी, नेपाल टेलिभिजनका सम्पादक राजु सिलवाल,गोरखापत्रका सह–सम्पादक शरदराज सुवेदी,राजधानी दैनिकका पत्रकार मधुजंग पाण्डे,मेघा टेलिभिजनकी कल्पना महर्जनलाई सम्मान गरिएको थियो ।

कार्यक्रममा नेपाली काङ्ग्रेसका नेता अर्जुननरसिंह केसीले अहिलेको शक्तिशाली सरकारले संयोजनकारी भूमिकामार्फत मुलुकलाई समृद्धिको दिशातर्फ लैजानुपर्ने धारणा राखे । गन्यव्य ग्रुपका अध्यक्ष शिव अधिकारीले पर्यटन क्षेत्रका गतिविधिलाई आफ्नो सञ्चार माध्यमले प्राथमिकताका साथ उजागर गर्दै आएको बताए । सो अवसरमा गन्तव्य ग्रुपले प्रकाशन गरेको उपप्रधानमन्त्री यादवले विमोचन गर्नुभएको थियो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

विश्वशान्तिका लागि दक्षिण एशियाली मुस्लिम सम्मेलन
विश्वशान्तिका लागि दक्षिण एशियाली मुस्लिम सम्मेलन
महालक्ष्मीका नगरप्रमुखलाई कोरोना पुष्टि
महालक्ष्मीका नगरप्रमुखलाई कोरोना पुष्टि
अनुभवी विशेषज्ञ प्रा. डा. ढुण्डीराज पौडेल नेपाल मेडिकल काउन्सिलको अध्यक्षमा नियुक्त: स्वास्थ्यमन्त्री निशा मेहतासमक्ष लिए शपथ
अनुभवी विशेषज्ञ प्रा. डा. ढुण्डीराज पौडेल नेपाल मेडिकल काउन्सिलको अध्यक्षमा नियुक्त: स्वास्थ्यमन्त्री निशा मेहतासमक्ष लिए शपथ
राष्ट्रपति भण्डारीद्वारा न्यायिक समितिको प्रथम राष्ट्रिय सम्मेलन उद्घाटन
राष्ट्रपति भण्डारीद्वारा न्यायिक समितिको प्रथम राष्ट्रिय सम्मेलन उद्घाटन
जाडोमा छाला जलेर कालो भएको छ भने यस्ता छन् केही घरेलु उपायहरु !
जाडोमा छाला जलेर कालो भएको छ भने यस्ता छन् केही घरेलु उपायहरु !
दलित महिलालाई बलात्कार ओरोपमा प्रहरी नायब निरीक्षक पक्राउ
दलित महिलालाई बलात्कार ओरोपमा प्रहरी नायब निरीक्षक पक्राउ
पार्टीभन्दा अमेरिका ठूलो नेकपाका यी नेतालाई
पार्टीभन्दा अमेरिका ठूलो नेकपाका यी नेतालाई
यि हुन ‘मेरी मामु’ चलचित्रकि मुख्य नायिका (फोटोफिचर)
यि हुन ‘मेरी मामु’ चलचित्रकि मुख्य नायिका (फोटोफिचर)
आफ्नै १३ वर्षीया नातिनी बलात्कार गरेको अभियोगमा हजुरबुवा पक्राउ
आफ्नै १३ वर्षीया नातिनी बलात्कार गरेको अभियोगमा हजुरबुवा पक्राउ
बढ्यो सुनको भाउ, चाँदीको मुल्यमा पनि उच्च रेकर्ड
बढ्यो सुनको भाउ, चाँदीको मुल्यमा पनि उच्च रेकर्ड

तपाईंले छुटाउनुभयो कि?