मुस्ताङमा स्याउ सङ्कलन तथा चिस्यान केन्द्र निर्माण हुँदै

Abhiyanpost Abhiyanpost
|
सोमबार, चैत्र २०, २०७९
|
|
४० पटक हेरिएको
Shares
मुस्ताङमा स्याउ सङ्कलन तथा चिस्यान केन्द्र निर्माण हुँदै

सारांश

  • मुस्ताङ ।
  • मुस्ताङमा स्याउ सङ्कलन तथा चिस्यान केन्द्र बन्ने भएको छ ।
  • स्याउको राजधानीको रुपमा परिचित मार्फामा पर्याप्त मात्रामा स्याउ भण्डारण गर्नको लागि एक करोड ४१ लाख लागतमा सङ्कलन तथा चिस्यान केन्द्र बन्न लागेको हो ।

मुस्ताङ । मुस्ताङमा स्याउ सङ्कलन तथा चिस्यान केन्द्र बन्ने भएको छ । स्याउको राजधानीको रुपमा परिचित मार्फामा पर्याप्त मात्रामा स्याउ भण्डारण गर्नको लागि एक करोड ४१ लाख लागतमा सङ्कलन तथा चिस्यान केन्द्र बन्न लागेको हो । घरपझोङ गाउँपालिका–२ सामग्री टोल नजिकै बन्ने उक्त केन्द्रको निर्माण तत्काल सुरु गरिने फलफूल तथा स्याउ ग्रेडिङ मेसीन उपभोक्ता समितिका सचिव सकबहादुर लालचनले जानकारी दिए ।

उनका अनुसार आर्थिक वर्ष ०७९÷८० को लागि केन्द्रका लागि गण्डकी प्रदेश कृषि विकास निर्देशनालयबाट रु एक करोड ४१ लाख बिनियोजन गरिएको छ । सरकारको ८५ र कृषकको १५ प्रतिशत अनुदानमा यसको निर्माण हुनेछ ।

चिस्यान केन्द्र बनेसँगै स्याउको पकेट क्षेत्र थासाङ गाउँपालिका–१ टुकुचे– झोङोदेखि घरपझोङ गाउँपालिकाअन्तर्गतका गाउँ मार्फा, धमाङ, सबि, चिमाङ, छैरो, तिब्बतीयन क्याम्प, शीतोष्ण बागवाणी केन्द्र, स्याङ, जोमसोम, ठिनी, ढुम्बा आदि लाभान्वित हुनेछन् । यी ठाउँमा व्यक्तिगत एकाध ठाउँबाहेक हालसम्म ‘कोल्ड स्टोर’ बनेका छैनन् ।

मुस्ताङमा ठूलो लगानीमा बन्न लागेको चिस्यान केन्द्र पहिलो भएको सचिव लालचनले बताए । पछिल्लो समय जिल्लामा स्याउ भण्डारणको लागि प्रदेश सरकार र अन्य निकायबाट जे जति पहल भए पनि पर्याप्त मात्रामा चिस्यान केन्द्रको अभाव रहेको कृषक बताउँछन् ।

यसअघि जिल्लामा भित्रिएका प्रायः चिस्यान केन्द्र आम सर्वसाधारणको पहुँचभन्दा बाहिर रहेको घरपझोङ गाउँपालिका–१ छैरोका कृषक सिंहराज लामाले बताए। अहिले ती चिस्यान केन्द्र पनि कतिपय प्रयोगविहीनै जस्तै देखिएको उनको भनाइ छ । बनेका कतिपय चिस्यान केन्द्र उचित स्थानमा पनि नबनेका कारण भण्डारणमा समेत समस्या पर्ने गरेको जनाइएको छ ।

ठूलो क्षमताको चिस्यान केन्द्र निर्माण हुने भएसँगै यहाँका कृषक उत्साहित बनेका छन् । चिस्यान केन्द्रमा भण्डारण गरी बेमौसममा पनि बिक्री वितरण गरी राम्रो मूल्य आर्जन गर्न सकिने भएकाले यो अत्यन्तै लाभदायक बन्ने कृषक सिंहरमज लामाले बताए ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

दमकमा राप्रपा (प्र)का उम्मेदवार सिफारिस
दमकमा राप्रपा (प्र)का उम्मेदवार सिफारिस
तास खेल्ने पक्राउ
तास खेल्ने पक्राउ
देउवा सभापति र प्रधानमन्त्री हुँदा काँग्रेस र प्रजातन्त्र खतरामा, अब सभापति बन्न दिदैनौं(पौडेल)
देउवा सभापति र प्रधानमन्त्री हुँदा काँग्रेस र प्रजातन्त्र खतरामा, अब सभापति बन्न दिदैनौं(पौडेल)
उप–प्रमुख खारेज गर्न काठमाडौं महानगरपालिकाकी उप–प्रमुखकाे सुझाव
उप–प्रमुख खारेज गर्न काठमाडौं महानगरपालिकाकी उप–प्रमुखकाे सुझाव
रुकुममा प्रभाकरको यस्तो एक्सन : चुनावी एजेण्डाको कार्यान्वयन गर्दै सबै पालिकामा स्वास्थ्य ल्याव
रुकुममा प्रभाकरको यस्तो एक्सन : चुनावी एजेण्डाको कार्यान्वयन गर्दै सबै पालिकामा स्वास्थ्य ल्याव
एकीकृत मुसहर बस्ती निर्माण कार्य सम्पन्न :बस्ती अब नयाँ वर्ष २०७४ को पहिलो दिन हस्तान्तरण गरिने
एकीकृत मुसहर बस्ती निर्माण कार्य सम्पन्न :बस्ती अब नयाँ वर्ष २०७४ को पहिलो दिन हस्तान्तरण गरिने
भिजिट भिसामा विदेश जाँदा अंग्रेजी जान्नै पर्ने
भिजिट भिसामा विदेश जाँदा अंग्रेजी जान्नै पर्ने
बार्सिलोना स्पेनिस कोपाको राउण्ड १६ मा
बार्सिलोना स्पेनिस कोपाको राउण्ड १६ मा
चोर पक्रन घुस माग्ने इन्सपेक्टर अख्तियारको फन्दामा
चोर पक्रन घुस माग्ने इन्सपेक्टर अख्तियारको फन्दामा
संघीय संसदका नवनियुक्त सचिवको शपथ
संघीय संसदका नवनियुक्त सचिवको शपथ

तपाईंले छुटाउनुभयो कि?