मेलमिलाप दुवै पक्षको विजय : फाटिएको मन जोड्न सहज

Abhiyanpost Abhiyanpost
|
मंगलबार, बैशाख १७, २०७६
|
|
५६ पटक हेरिएको
Shares
मेलमिलाप दुवै पक्षको विजय : फाटिएको मन जोड्न सहज

सारांश

  • काठमाडौं ।
  • प्रधानन्यायाधीश चोलेन्द्र शम्सेर जवराले मेलमिलाप मार्फत विवाद समाधान गर्दा पक्षहरुबीच सम्बन्ध सुधार गरी न्यायपूर्ण र शान्तिपूर्ण समाजको निर्माणमा योगदान पुग्ने बताएका छन् ।
  • मेलमिलापकर्ताहरुको दोस्रो राष्ट्रिय सम्मेलनमा बोल्दै प्रधानन्यायाधीशले विवाद निरुपण गर्दा छोटो समय, कम खर्चमा हुने भएकाले मेलमेलमिलाप पद्धतिलाई जोड दिनुपर्ने बताए ।

काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्र शम्सेर जवराले मेलमिलाप मार्फत विवाद समाधान गर्दा पक्षहरुबीच सम्बन्ध सुधार गरी न्यायपूर्ण र शान्तिपूर्ण समाजको निर्माणमा योगदान पुग्ने बताएका छन् ।

मेलमिलापकर्ताहरुको दोस्रो राष्ट्रिय सम्मेलनमा बोल्दै प्रधानन्यायाधीशले विवाद निरुपण गर्दा छोटो समय, कम खर्चमा हुने भएकाले मेलमेलमिलाप पद्धतिलाई जोड दिनुपर्ने बताए ।
अदालतमा मुद्दा नआउदै मेलमिलापको विषयमा आम नागरिकलाई सचेत गराउन सके जनताको न्यायमा पहुँचको अवस्था बढ्ने बताए ।

मेलमिलाप पद्धतिबाट समाधानयोग्य विवाद र यस प्रक्रियाबाट विवाद समाधान गर्दाका फाईदा वा महत्वका बारेमा आम नागरिकलाई जानकारी हुन आवश्यक रहेको भनाई छ ।

प्रधानन्यायाधीश जबराले मेलमिलाप पद्धतिबाट हामीले हासिल गरेका अनुभव र भोगेका चुनौतिहरुलाई मूल्यांकन गरी आगामी दिनमा अझ प्रभावकारी रुपमा सञ्चालन गर्न सबै पक्षको सहयोगको हुनु आवश्यक रहेको बताए ।

कार्यक्रममा कानुन न्याय तथा संसदीय मामिला मन्त्री माननीय भानुभक्त ढकालले विवाद समाधानको बैकल्पिक उपाय मेलमिलापले जनताको न्यायमा पुहँचको अधिकारलाई रक्षा गर्ने बताए । अदालतबाट लामो समय फैसला र कार्यान्वयनको समस्या हुने भएकाले बैकल्पिक माध्यमबाट विवादको समाधान हुँदा फाटिएको मन जोड्न सहज हुने बताए ।

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री लालबाबु पण्डितले मेलमिलापले अदालतमा मुद्दाको चाप घटने र विवादका पक्षहरु समेत लामो समय, बढि खर्च हुने भएकाले सहज बाटो अबलम्बन गराउन सचेतनाको आवश्यकता रहेको बताए । स्थानीय तहका न्यायिक समितिलाई पनि कतिपय मेलमिलाप पद्दतिको अनुभव र प्रक्रियामा समस्या हुने भएकाले थप सहयोगको आवश्यकता रहेको बताए ।

कार्यक्रममा नेपाल बार एशोसिएशनका अध्यक्ष चण्डेश्वर श्रेष्ठले कानुन व्यवसायीले कहिलेकाँही मेलमिलाप गर्दा आफ्नो मुद्दा घट्छ कि भन्ने धारणा रहेपनि मेलमिलाप ब्यवसायकै एक रुप हो भन्ने बुझ्नु जरुरी रहेको बताए ।

मेलमिलाप अभियानमा कतिपय कम्जोरी रहेकाले मुद्दा अदालतमा प्रवेश गर्नु अगावै सचेतना अभियान सञ्चालन गर्नुपर्ने आवश्यकता रहेको उल्लेख गरे ।

कार्यक्रममा उद्योग वाणिज्य महासँघकी अध्यक्ष भवानी राणाले मेलमिलाप पद्धति विकाश निर्माण, कर्पोर्ट सेक्टर, भौतिक पूर्वाधार तथा श्रम व्यवस्थापन जस्ता क्षेत्रमा यसको प्रभावकारिता हुने बताइन् ।

(https://conversionwise.com)

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

प्रिय बन्दै अरिङ्गालको परिकार
प्रिय बन्दै अरिङ्गालको परिकार
जब पाइलटले भने- सबैले प्रार्थना गर्नुहोला…
जब पाइलटले भने- सबैले प्रार्थना गर्नुहोला…
लकडाउनपछि बालविवाह बढ्यो
लकडाउनपछि बालविवाह बढ्यो
कर्मचारी सञ्चयकोषमा २८ पदका लागि जागिर खुल्यो
कर्मचारी सञ्चयकोषमा २८ पदका लागि जागिर खुल्यो
‘पिर’ गीतबारे प्रकाश सपूतको प्रस्टीकरण- ‘मैले गलत गरेको हो कि ? तपाईहरूले गलत बुझ्नु भएको हो ? समीक्षा गरिरहेको छु’
‘पिर’ गीतबारे प्रकाश सपूतको प्रस्टीकरण- ‘मैले गलत गरेको हो कि ? तपाईहरूले गलत बुझ्नु भएको हो ? समीक्षा गरिरहेको छु’
अर्जेन्टिनाले जित्यो विश्वकप
अर्जेन्टिनाले जित्यो विश्वकप
प्रगतिशील मनोविज्ञानमाथि विनिर्माणको ‘राजनीति’
प्रगतिशील मनोविज्ञानमाथि विनिर्माणको ‘राजनीति’
प्रधानमन्त्री ओली ल्हासा पुगे, यस्तो छ आजको कार्यक्रम
प्रधानमन्त्री ओली ल्हासा पुगे, यस्तो छ आजको कार्यक्रम
आईजीपी नियुक्तिमा वरीयता मिचिएपछि दुई सिनियर एआईजी अदालत जाँदै
आईजीपी नियुक्तिमा वरीयता मिचिएपछि दुई सिनियर एआईजी अदालत जाँदै
सुदनको टोली प्रहरी प्रशासनतर्फ, जेन–जी मुभमेन्ट अलायन्स अख्तियार प्रमुख राईको राजीनामा माग्न पुग्यो टंगाल
सुदनको टोली प्रहरी प्रशासनतर्फ, जेन–जी मुभमेन्ट अलायन्स अख्तियार प्रमुख राईको राजीनामा माग्न पुग्यो टंगाल

तपाईंले छुटाउनुभयो कि?