मेलम्चीको पानीको गुणस्तरमा शङ्का नगर्न मन्त्रालयको अपिल

Abhiyanpost Abhiyanpost
|
बुधबार, माघ ३, २०८०
|
|
३८ पटक हेरिएको
Shares
मेलम्चीको पानीको गुणस्तरमा शङ्का नगर्न मन्त्रालयको अपिल

सारांश

  • काठमाडौँ ।
  • पछिल्लो पटक गत सोमबारदेखि काठमाडौँमा वितरण सुरु भएको मेलम्चीको पानीको गुणस्तरमा शङ्का नगर्न खानेपानी मन्त्रालयले सबैमा अपिल गरेको छ ।
  • खानेपानी मन्त्रालयका सहसचिव तथा प्रवक्ता मीना श्रेष्ठले एक सूचना प्रकाशित गरी मेलम्चीको पानी विश्व स्वास्थ्य सङ्गठनको मापदण्डबमोजिम शुद्ध भएको र मेलम्चीको पानी प्रशोधन गरेर शुुद्ध पारेपछि उपभोक्ताको धारामा वितरण गरिएको भन्दै पानीको गुणस्तरीयतामा शङ्का नगर्न आग्रह गरेका हुन् ।

काठमाडौँ । पछिल्लो पटक गत सोमबारदेखि काठमाडौँमा वितरण सुरु भएको मेलम्चीको पानीको गुणस्तरमा शङ्का नगर्न खानेपानी मन्त्रालयले सबैमा अपिल गरेको छ ।

खानेपानी मन्त्रालयका सहसचिव तथा प्रवक्ता मीना श्रेष्ठले एक सूचना प्रकाशित गरी मेलम्चीको पानी विश्व स्वास्थ्य सङ्गठनको मापदण्डबमोजिम शुद्ध भएको र मेलम्चीको पानी प्रशोधन गरेर शुुद्ध पारेपछि उपभोक्ताको धारामा वितरण गरिएको भन्दै पानीको गुणस्तरीयतामा शङ्का नगर्न आग्रह गरेका हुन् ।

“मेलम्ची खानेपानी आयोजनाको प्रशोधन केन्द्र सुन्दरीजलमा विश्व स्वास्थ्य सङ्गठनको मापदण्डबमोजिम प्रशोधन गरी प्रसारण गरिएको छ । पुराना पाइप लाइनहरु लामो समयसम्म सञ्चालन नहुँदा पाइपमा रहेको माटोको अवशेषका कारण पानी वितरणका क्रममा केही समय पानी धमिलो आउनसक्ने भए पनि ‘फ्लसिङ’ सँगै क्रमसः सफा पानी प्रवाह हुने भएकाले खानेपानीको गुणस्तरमा शङ्का नगर्न र बाहिरी हल्लाको पछि नलाग्न मन्त्रालय र मन्त्रालय मातहत खानेपानी उत्पादन र वितरणसँग सम्बन्धित निकायहरु सबैमा हार्दिक अपिल गर्दछ”, मन्त्रालयद्वारा आज प्रकाशित उक्त सूचनामा उल्लेख गरिएको छ ।

पछिल्लो पटक सोमबारदेखि वितरण गरिएको मेलम्चीको पानी धमिलो आएको र यसको गुणस्तरमा शङ्का लागेको भन्ने समाचार आएपछि मन्त्रालयले आज यो अपिल गरेको हो ।  

यसैबीच, मेलम्ची खानेपानी वितरणको समस्या समाधानका लागि सरकारले सहजीकरण समिति गठन गरेकाले कुनै समस्या भएमा सो समितिमा खबर गर्नसमेत सो सूचनामा आग्रह गरिएको छ । मेलम्ची आयोजनाबाट दैनिक १७ करोड लिटर पानी काठमाडौँमा वितरण गर्ने सरकारको लक्ष्य रहेको जनाइएको छ । 

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

झाँक्रीलाई राष्ट्रपतिकी छोरी उषाकिरणको प्रश्न :  ‘तपाईं उहाँको सारीमा प्रश्न उठाउने को हो ?’
झाँक्रीलाई राष्ट्रपतिकी छोरी उषाकिरणको प्रश्न : ‘तपाईं उहाँको सारीमा प्रश्न उठाउने को हो ?’
अर्को वर्षदेखि कोरियन भाषा अनलाइनबाट
अर्को वर्षदेखि कोरियन भाषा अनलाइनबाट
सरकार आधारभूत स्वास्थ्यसेवा निःशुल्क गर्न लागेको छ : मन्त्री बस्नेत
सरकार आधारभूत स्वास्थ्यसेवा निःशुल्क गर्न लागेको छ : मन्त्री बस्नेत
१० वर्षीया बालिकाको बलात्कारमा आफ्नै दुई काका दोषी
१० वर्षीया बालिकाको बलात्कारमा आफ्नै दुई काका दोषी
माओवादी केन्द्र परित्याग गरेका विष्ट एमाले प्रवेश गर्दै
माओवादी केन्द्र परित्याग गरेका विष्ट एमाले प्रवेश गर्दै
प्रजातन्त्र सेनानी चन्द्रमान ताल्चाभँडेलको ८५ वर्षको उमेरमा निधन
प्रजातन्त्र सेनानी चन्द्रमान ताल्चाभँडेलको ८५ वर्षको उमेरमा निधन
सर्वाधिक रन बनाउने र विकेट लिने नेपाली खेलाडीलाई जनही ५० हजार दिने विकास ठाकुरको घोषणा
सर्वाधिक रन बनाउने र विकेट लिने नेपाली खेलाडीलाई जनही ५० हजार दिने विकास ठाकुरको घोषणा
रेलले जाेडिँदै काेरिया प्रायद्धिप
रेलले जाेडिँदै काेरिया प्रायद्धिप
‘एक भगवत् र एक गीता’ तथा ‘नांगाे गाउँ’ प्रदर्शनमा
‘एक भगवत् र एक गीता’ तथा ‘नांगाे गाउँ’ प्रदर्शनमा
प्रधानमन्त्रीलाई माया गरेको हो भने देवराज घिमिरेलाई पनि सभामुखमा मत दिनुहोस् : याेगेश भट्टराई
प्रधानमन्त्रीलाई माया गरेको हो भने देवराज घिमिरेलाई पनि सभामुखमा मत दिनुहोस् : याेगेश भट्टराई

तपाईंले छुटाउनुभयो कि?