मेलम्चीको पानी वितरणमा सुधार गर्न त्रिपक्षीय समझदारी

Abhiyanpost Abhiyanpost
|
शुक्रबार, चैत्र २४, २०७९
|
|
४९ पटक हेरिएको
Shares
मेलम्चीको पानी वितरणमा सुधार गर्न त्रिपक्षीय समझदारी

सारांश

  • काठमाडौं ।
  • यहाँका विभिन्न स्थानमा पाइप लाइन बिग्रिएर मेलम्चीको खानेपानी चुहावट भई प्रभावित भएपछि खानेपानीको पाइप लाइन सुधार गरी पानी वितरण गर्न भक्तपुर नगरपालिका, काठमाडौँ उपत्यका खानेपानी व्यवस्थापन बोर्ड र काठमाडौँ उपत्यका खानेपानी लिमिटेडबीच आज समझदारीपत्रमा हस्ताक्षर भएको छ ।
  • अरनिको राजमार्ग खण्डको सूर्यविनायक बाराही चोकबाट जगाति हुँदै सूर्यमढीसम्मको खानेपानीको पाइप लाइन विस्तार तथा जडानकार्य गर्न अनुमानित खर्च हुने बजेट नगरपालिका र खानेपानी लिमिटेडले व्यहोर्ने गरी समझदारीपत्रमा हस्ताक्षर भएको नगरप्रमुख सुनिल प्रजापतिले जानकारी दिए ।

काठमाडौं । यहाँका विभिन्न स्थानमा पाइप लाइन बिग्रिएर मेलम्चीको खानेपानी चुहावट भई प्रभावित भएपछि खानेपानीको पाइप लाइन सुधार गरी पानी वितरण गर्न भक्तपुर नगरपालिका, काठमाडौँ उपत्यका खानेपानी व्यवस्थापन बोर्ड र काठमाडौँ उपत्यका खानेपानी लिमिटेडबीच आज समझदारीपत्रमा हस्ताक्षर भएको छ ।

अरनिको राजमार्ग खण्डको सूर्यविनायक बाराही चोकबाट जगाति हुँदै सूर्यमढीसम्मको खानेपानीको पाइप लाइन विस्तार तथा जडानकार्य गर्न अनुमानित खर्च हुने बजेट नगरपालिका र खानेपानी लिमिटेडले व्यहोर्ने गरी समझदारीपत्रमा हस्ताक्षर भएको नगरप्रमुख सुनिल प्रजापतिले जानकारी दिए ।

नगरपालिका क्षेत्रमा मेलम्ची खानेपानी वितरण प्रणालीलाई व्यवस्थित र प्रभावकारी बनाउने क्रममा बाराहीस्थान–जगाती, च्याम्हासिंहबाट सूर्यमढीसम्म खानेपानीको पाइप बिछ्याउने, अन्य विभिन्न स्थानमा पाइप बिछ्याउने कार्यमा नगरपालिकाद्वारा गरिने खर्च रकमलाई काठमाडौँ उपत्यका खानेपानी लिमिटेड (केयुकेएल) को सेयर खरिदमा रुपान्तरण गर्न आवश्यक पहलसमेत गरिने भएको छ ।

पाइप लाइन विस्तारकार्य गर्ने क्रममा सडक, खानेपानी, ढलको पाइप लाइन एवं अन्य कार्यको खर्च नगरपालिकाबाट व्यहोरिने र कामको गुणस्तर कायम गर्न प्राविधिक सहयोग खानेपानी लिमिटेडबाट गरिने विषयमा समझदारी भएको छ ।

नगर प्रमुख सुनिल प्रजापति, काठमाडौँ उपत्यका खानेपानी व्यवस्थापन बोर्डका कार्यकारी निर्देशक सञ्जीवविक्रम राणा, काठमाडौँ उपत्यका खानेपानी लिमिटेडका प्रमुख कार्यकारी अधिकृत मिलनकुमार शाक्यबीच सहमतिपत्रमा हस्ताक्षर भएको हो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

अब बढि ब्याजदर दिने बैंकलाइ कारबाही गरीने !
अब बढि ब्याजदर दिने बैंकलाइ कारबाही गरीने !
पेट्रोल बेच्दा ठग्ने पम्प सञ्चालकलाई जेल र जरिवाना
पेट्रोल बेच्दा ठग्ने पम्प सञ्चालकलाई जेल र जरिवाना
सूर्य चिन्ह बाटै चुनाव लड्दै चित्रबहादुर केसी ,बाम गठबन्धनमा  जनमोर्चा नेपाल पनि सामेल
सूर्य चिन्ह बाटै चुनाव लड्दै चित्रबहादुर केसी ,बाम गठबन्धनमा जनमोर्चा नेपाल पनि सामेल
रामदेवको कम्पनी पतञ्जलिका यी पाँचथरी औषधीमाथि प्रतिबन्ध
रामदेवको कम्पनी पतञ्जलिका यी पाँचथरी औषधीमाथि प्रतिबन्ध
प्रहरीको गोली लागेर राप्रपा उम्मेदवारको मृत्यु !
सडक व्यापारीसँग अभद्र र अमानवीय व्यवहार गर्ने नगर प्रहरीलाई कारबाही
सडक व्यापारीसँग अभद्र र अमानवीय व्यवहार गर्ने नगर प्रहरीलाई कारबाही
विधिको शासन कायम राख्न भ्रष्टाचार नियन्त्रण गर्नुपर्छः मुख्य सचिव
विधिको शासन कायम राख्न भ्रष्टाचार नियन्त्रण गर्नुपर्छः मुख्य सचिव
मतगणनामा सुस्त गति
मतगणनामा सुस्त गति
नेकपाको प्रदेश १ र २ को नेतृत्वको लागी दाबेदारहरु
नेकपाको प्रदेश १ र २ को नेतृत्वको लागी दाबेदारहरु
स्वास्थ्य बीमा सुधारको अपनत्व लिइदिन मन्त्री पौडेलको पार्टीसँग आग्रह
स्वास्थ्य बीमा सुधारको अपनत्व लिइदिन मन्त्री पौडेलको पार्टीसँग आग्रह

तपाईंले छुटाउनुभयो कि?