मोनोरेल संचलन गर्ने डिपीआर सम्झौता, कहिले गुड्छ रेल ?

Abhiyanpost Abhiyanpost
|
बुधबार, पौष ४, २०७५
|
|
३९ पटक हेरिएको
Shares
मोनोरेल संचलन गर्ने डिपीआर सम्झौता, कहिले गुड्छ रेल ?

सारांश

  • काठमाडौं।
  • काठमाडौंको चक्रपथमा मोनोरेल संचालनका लागि विस्तृत परियोजना प्रतिवेदन (डिपीआर) तयार पार्ने जिम्मेवारी चाईना रेलवे २५ औं व्यूरो ग्रुप कम्पनी (सीआरसीसी) लाई दिइएको छ।
  • बुधबार काठमाडौंमा एक कार्यक्रमबीच काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्य र सीसीआरसीका प्रमुख झ्यू ग्वाङबीङबीच काठमाडौंको चक्रपथमा मोनोरेल संचालनका लागि डिपीआर तयार पार्ने सहमति पत्रमा हस्ताक्षर भएको हो।

काठमाडौं। काठमाडौंको चक्रपथमा मोनोरेल संचालनका लागि विस्तृत परियोजना प्रतिवेदन (डिपीआर) तयार पार्ने जिम्मेवारी चाईना रेलवे २५ औं व्यूरो ग्रुप कम्पनी (सीआरसीसी) लाई दिइएको छ।

बुधबार काठमाडौंमा एक कार्यक्रमबीच काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्य र सीसीआरसीका प्रमुख झ्यू ग्वाङबीङबीच काठमाडौंको चक्रपथमा मोनोरेल संचालनका लागि डिपीआर तयार पार्ने सहमति पत्रमा हस्ताक्षर भएको हो। एक वर्ष भित्र डिपीआर तयार पारीसक्ने गरी समझदारी गरिएको काठमाडौं महानगरपालिकाका मेयर शाक्यले जानकारी दिए। ३ वर्ष भित्र सो रेल सेवा काठमाडौं र ललितपुर महानगरपालिका भित्र रहेको चक्रपथमा संचालन गर्ने योजना बनाइएको छ। काठमाडौं महानगरपालिकाका मेयर शाक्यले संघीय सरकार र प्रदेश सरकारको समेत सक्रियतामा मोनोरेलको डिपीआर तयार पार्ने सहमति पत्रमा समझदारी गरिएको जनाए।
डिपीआरको खर्च पनि चिनियाँ कम्पनी सिआरसीसीले नै व्यहोर्नेछ। काठमाडौं महानगरपालिकाका मेयर शाक्यले सो प्रतिवेदन ६ महिना भित्रै आउने विश्वास व्यक्त गर्दै त्यसपछि तत्काल मोनोरेल संचालन मार्ग निर्माणको काम सुरु हुने दाबी गरे। उनले मोनोरेल सेवा निर्माणका लागि टेन्डर आह्वान गरेर प्रक्रिया अघि बढाउने योजना पनि सार्वजनिक गरे।

कार्यक्रममा बोल्दै चिनियाँ कम्पनी सिआरसीसीका प्रमुख झ्यूले डिपीआरसहित मोनोरेल सेवा संचालनका लागि निर्माण कार्य पूरा गर्न ५ वर्ष समय लाग्ने बताएका थिए। यता, ललितपुर महानगरपालिकाका मेयर चिरिबाबु महर्जनले मोनोरेल संचालन गर्ने आफूहरुको सपना पूरा गर्न चिनियाँ कम्पनी सीआरसीसी सफल हुने विश्वास व्यक्त गरे। उनले सो रेल सेवा संचालनका लागि संघीय सरकार र प्रदेश सरकारको पनि सहायता लिने बताए। यस अघि सीसीआरसीले नै सो रेल संचालनका लागि सम्भाव्यता अध्ययन तयार पारेको थियो। अध्ययन अनुसार काठमाडौं उपत्यकाको २७ किलोमिटर चक्रपथ भित्र मोनोरेल संचालनका लागि करिव १ खरव १६ अरव लाग्नेछ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

शरणार्थी प्रकरणको ‘नेक्सस’लाई कारबाहीको दायरामा ल्याउँछौँ :  उपप्रधानमन्त्री श्रेष्ठ
शरणार्थी प्रकरणको ‘नेक्सस’लाई कारबाहीको दायरामा ल्याउँछौँ : उपप्रधानमन्त्री श्रेष्ठ
२३ वर्षपछि चुनावी प्रतिस्पर्धामा पूर्वसभामुख ढुङ्गाना
२३ वर्षपछि चुनावी प्रतिस्पर्धामा पूर्वसभामुख ढुङ्गाना
राजाकाे अादेशमा गाडि चलाउँदै साउदी महिला
राजाकाे अादेशमा गाडि चलाउँदै साउदी महिला
सेक्सपछि किन महिलालाई पछुतो लाग्छ ?
सेक्सपछि किन महिलालाई पछुतो लाग्छ ?
१० बुँदे घोषणा पत्र जारी गर्दै सकियो ल्वाङ बैठक
१० बुँदे घोषणा पत्र जारी गर्दै सकियो ल्वाङ बैठक
लोडसेडिङ्गको चाबि पनि दिल्लीतिर !! थप बिजुली माग्न कुलमानसहितको टोली दिल्ली
लोडसेडिङ्गको चाबि पनि दिल्लीतिर !! थप बिजुली माग्न कुलमानसहितको टोली दिल्ली
संविधानमा टेकेर मुख्यमन्त्री, मन्त्री बन्ने, दिवस बहिष्कार गर्ने : ‘कहिँ नभएको जात्रा हाँडी गाउँमा’
संविधानमा टेकेर मुख्यमन्त्री, मन्त्री बन्ने, दिवस बहिष्कार गर्ने : ‘कहिँ नभएको जात्रा हाँडी गाउँमा’
समयमै पुल नबन्दा जाजरकोटका जनतालाई सास्ती !
समयमै पुल नबन्दा जाजरकोटका जनतालाई सास्ती !
इरानलाई हराउदै कतार एशियन कपको फाइनलमा
इरानलाई हराउदै कतार एशियन कपको फाइनलमा
पासाङ फेरि उपराष्ट्रपति बन्ने पक्का, यस्तो छ माओवादी केन्द्रको निर्णय
पासाङ फेरि उपराष्ट्रपति बन्ने पक्का, यस्तो छ माओवादी केन्द्रको निर्णय