म्यादीमा जागिर खुल्यो, दलीय सदस्यता लिएकाले दरखास्त दिन नपाउने,
सारांश
- काठमाडौं ।
- सरकारले आगामी प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनलाई लक्षित गर्दै म्यादी प्रहरीको भर्ना आह्वान गरेको छ ।
- प्रहरी प्रधान कार्यालयले मंगलबार एक सूचना जारी गर्दै ९८ हजार २ सय ६८ म्यादी प्रहरीमा भर्ना आह्वान गरेको हो ।
काठमाडौं । सरकारले आगामी प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनलाई लक्षित गर्दै म्यादी प्रहरीको भर्ना आह्वान गरेको छ । प्रहरी प्रधान कार्यालयले मंगलबार एक सूचना जारी गर्दै ९८ हजार २ सय ६८ म्यादी प्रहरीमा भर्ना आह्वान गरेको हो ।
इच्छुक उम्मेदवारले बुधबार (आजै) बाट दरखास्त दिन सक्ने छ । दरखास्त ७५ वटै जिल्लाका प्रहरी कार्यालयबाट दिन सकिने व्यवस्था प्रहरी प्रधान कार्यालयले मिलाएको छ । काठमाडौं उपत्यकाको हकमा भने प्रहरी परिसरबाट आवेदन दिन सकिनेछ । दरखास्तको म्याद असोज ३० गतेसम्मका लागि छ ।
१८ वर्ष पूरा भई ५४ वर्ष ननाघेको नेपाली नागरिकले म्यादी प्रहरीको लागि दरखास्त दिन सक्नेछन् भने उम्मेदवार कुनै पनि राजनीतिक दलमा आवद्ध नरहेको हुनुपर्नेछ । उम्मेदवार नैतिक पतन देखिने फौजदारी अभियोगमा कसुर ठहर नभएको र शारीरिक तथा मानसिक रुपले तन्दुरुस्त भएको हुनुपर्नेछ । शैक्षिक योग्यताको हकमा भने साधारण लेखपढ भए मात्रै पुग्नेछ ।
म्यादी प्रहरीको छनौट कात्तिक ५ गतेदेखि ८ गतेसम्मका सक्ने प्रहरी प्रधान कार्यालयको कार्यतालिका उल्लेख छ ।
म्यादी प्रहरीले नेपाली प्रहरी जवान सरह ५५ दिनको पारिश्रमिक, राश र स्थानीय भत्ता पाउनेछन् ।
प्रतिक्रिया