म्यानचेष्टर युनाइटेड च्याम्पियन्स लिगको प्रि-क्‍वाटर फाइनलमा पराजित

Abhiyanpost Abhiyanpost
|
बुधबार, चैत्र २, २०७८
|
|
४३ पटक हेरिएको
Shares
म्यानचेष्टर युनाइटेड च्याम्पियन्स लिगको प्रि-क्‍वाटर फाइनलमा पराजित

सारांश

  • काठमाडाैं।
  • इङ्लिस क्लब म्यानचेष्टर युनाइटेड युइएफए च्याम्पियन्स लिगको प्रि-क्‍वाटर फाइनलमा पराजित हुन पुगेको छ ।
  • घरेलु मैदान ओल्ड ट्राफोल्डमा युनाइटेड स्पेनिस क्लब एट्लेटीको मड्रिडसँगको दोस्रो लेगमा १-० गोलले पराजित भएको हो ।

काठमाडाैं। इङ्लिस क्लब म्यानचेष्टर युनाइटेड युइएफए च्याम्पियन्स लिगको प्रि-क्‍वाटर फाइनलमा पराजित हुन पुगेको छ । घरेलु मैदान ओल्ड ट्राफोल्डमा युनाइटेड स्पेनिस क्लब एट्लेटीको मड्रिडसँगको दोस्रो लेगमा १-० गोलले पराजित भएको हो ।
पहिलो लेग १-१ गोलको बराबरीमा खेलेको युनाइटेड समग्रमा २-१ गोलको हार व्यहोर्दै च्याम्पियन्स लिगको अन्तिम सोह्रबाटै बाहिरिएको छ ।
आज बिहान सम्पन्न खेलको पहिलो हाफको ४१औं मिनेटमा ब्राजिलियन डिफेन्डर रेनान लोडीले एन्टोनी ग्रिजमनको क्रसलाई हेडरमार्फत एक मात्र निर्णायक गोल गरेका थिए । युनाइटेडले बल पोजिसनमा अधिकांश समय पकड जमाएपनि गोल गर्न भने सकेन ।
त्यसैगरी आजै सम्पन्न अर्को खेलमा पोर्चुगिज क्लब बेनफिकाले अजाक्सामाथि जीत निकाल्दै च्याम्पियन्स लिगको क्‍वाटर फाइनलमा प्रवेश गरेको छ ।
पहिलो लेग २-२ गोलको बराबरी खेलेको बेनफिकाले आजको दोस्रो लेगमा अजाक्सलाई १-० गोलले पराजित गर्दै समग्रमा ३-२ गोलले अन्तिम आठमा आफ्नो स्थान पक्का बनाएको हो ।[image: SOCCER-Man-Utd.jpg]

(https://teledentistry.com)

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

प्रेमीले अर्कैसँग विवाह तयारी गरेपछि हत्या गरेर उनको मासुको भोज कामदारलार्इ
प्रेमीले अर्कैसँग विवाह तयारी गरेपछि हत्या गरेर उनको मासुको भोज कामदारलार्इ
सङ्घीयता र करवृद्धि : कुरा त्यहीँसम्म सीमित रहने छैन
सङ्घीयता र करवृद्धि : कुरा त्यहीँसम्म सीमित रहने छैन
शीतल निवासमा आज साढे ११ बजे तीन नयाँ मन्त्रीको शपथ, गृहमन्त्री चयनलाई लिएर आलोचना
आतंकवादविरुद्ध नेपाल लड्न मात्र होइन, परास्तै गर्न सक्षम रहेको प्रमाण पेस
आतंकवादविरुद्ध नेपाल लड्न मात्र होइन, परास्तै गर्न सक्षम रहेको प्रमाण पेस
तीन सयभन्दा बढी सवारी साधन केरुङ प्रस्थान
तीन सयभन्दा बढी सवारी साधन केरुङ प्रस्थान
मन्त्रालय बाँडफाँटमा सहमति जुट्न नसक्दा मन्त्रिपरिषद् विस्तारमा ढिलाइ
मन्त्रालय बाँडफाँटमा सहमति जुट्न नसक्दा मन्त्रिपरिषद् विस्तारमा ढिलाइ
नमुना विद्यालय अगाडि नै फोहरको थुप्रो
नमुना विद्यालय अगाडि नै फोहरको थुप्रो
गाजामा युद्ध बिराम गर्न डब्लएचओ प्रमुखको अनुरोध
गाजामा युद्ध बिराम गर्न डब्लएचओ प्रमुखको अनुरोध
माधव नेपाललाई पार्टी जोगाउनै धौधौ
माधव नेपाललाई पार्टी जोगाउनै धौधौ
एसईईको नतिजा सार्वजनिक : कुन जीपीए ल्याएर कति विद्यार्थी उत्तीर्ण ? (विवरणसहित)
एसईईको नतिजा सार्वजनिक : कुन जीपीए ल्याएर कति विद्यार्थी उत्तीर्ण ? (विवरणसहित)

तपाईंले छुटाउनुभयो कि?