म विश्वकप पछि अन्तर्राष्ट्रिय खेल खेल्दिन : युवराज सिंह

Abhiyanpost Abhiyanpost
|
बुधबार, बैशाख १२, २०७५
|
|
३८ पटक हेरिएको
Shares
म विश्वकप पछि अन्तर्राष्ट्रिय खेल खेल्दिन :  युवराज सिंह

सारांश

  • एजेन्सी, १२ वैशाख ।
  • अलराउन्डर युवराज सिंहले सन् २०१९ को एकदिवसीय विश्वकप क्रिकेट प्रतियोगितापछि सन्यास लिने घोषणा गरेका छन् ।
  • सन् २०१७ पछि भारतीय सिनियर क्रिकेट टोलीमा स्थान बनाउन संघर्षरत युवराजले इंग्ल्यान्ड र वेल्सले संयुक्त रूपमा आयोजना गर्ने विश्वकपमा आफू सहभागी हुने दाबी पनि गरेका छन् ।

एजेन्सी, १२ वैशाख । अलराउन्डर युवराज सिंहले सन् २०१९ को एकदिवसीय विश्वकप क्रिकेट प्रतियोगितापछि सन्यास लिने घोषणा गरेका छन् ।

सन् २०१७ पछि भारतीय सिनियर क्रिकेट टोलीमा स्थान बनाउन संघर्षरत युवराजले इंग्ल्यान्ड र वेल्सले संयुक्त रूपमा आयोजना गर्ने विश्वकपमा आफू सहभागी हुने दाबी पनि गरेका छन् । त्यही विश्वकप नै आफ्नो अन्तर्राष्ट्रिय क्रिकेट करिअरको अन्तिम प्रतियोगिता हुने उनले बताए । ‘म विश्वकपपछि अन्तर्राष्ट्रिय खेल खेल्दिन,’ उनले भने ।

युवराज निरन्तर भारतीय टोलीको प्रमुख अलराउन्डरका रूपमा छन् । उनले लगभग दुई दशक राष्ट्रिय टोलीबाट खेल खेलेका छन् । यसक्रममा उनले एकदिवसीय खेलमा १४ शतक जोडेका छन् । सन् २०१७ को जुनपछि युवराज टोलीमा छैनन् ।

‘मलाई विश्वास छ, म पनि विश्वकप टोलीको प्रमुख खेलाडी हुनेछु,’ ३६ वर्षीय युवराजले भने, ‘जब मेरो अन्तिम इच्छा पूरा हुन्छ, त्यसपछि सन्न्यास लिन्छु ।’

सन् २०११ मा भारतले दोस्रोपटक विश्वकप उपाधि जित्दा युवराज प्रमुख ब्याट्सम्यान बनेका थिए।

थप योगदान दिने चाहना

युवराजको उमेरमा अन्य क्रिकेटरले सन्न्यास लिइसकेका हुन्छन् । धेरैजसो उनका समकक्षीले ब्याट र बल बिसाइसकेका छन् । तर, युवराजको चाहना भनेको अझै पनि राष्ट्रका लागि केही योगदान दिनु नै हो । यसैकारण आफूले तत्कालै सन्न्यासको सोच नबनाएको युवराजले बताए ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

सिरिया आक्रमणको विरुद्ध अमेरिकामा हस्ताक्षर संकलन, सुरक्षा परिषदको आकस्मिक बैठक
सिरिया आक्रमणको विरुद्ध अमेरिकामा हस्ताक्षर संकलन, सुरक्षा परिषदको आकस्मिक बैठक
युरोपेली क्षेत्रमा बेरोजगारी दर घट्यो
युरोपेली क्षेत्रमा बेरोजगारी दर घट्यो
माधव नेपाल पक्ष आजबाट विपक्षी गठबन्धनमा नरहने, देउवालाई विश्वासको मत दिनेबारे अन्यौल
माधव नेपाल पक्ष आजबाट विपक्षी गठबन्धनमा नरहने, देउवालाई विश्वासको मत दिनेबारे अन्यौल
रेखा थापाविरुद्ध गालीगलौज गर्ने पक्राउ
रेखा थापाविरुद्ध गालीगलौज गर्ने पक्राउ
आज सोमबार यस्ताे छ मुद्राको विनिमय दर
आज सोमबार यस्ताे छ मुद्राको विनिमय दर
यात्रु चढिसकेको जहाज दिल्लीमा ६ घण्टा रोकिएपछि…
यात्रु चढिसकेको जहाज दिल्लीमा ६ घण्टा रोकिएपछि…
सत्याग्रही गंगामाया अधिकारीको खस्किँदो स्वास्थ्य अवस्थाप्रति चिन्ता
सत्याग्रही गंगामाया अधिकारीको खस्किँदो स्वास्थ्य अवस्थाप्रति चिन्ता
प्रदेश सरकारले दिएको बिदा प्रमुख जिल्ला अधिकारीहरूले कार्यान्वयन गरेनन्
प्रदेश सरकारले दिएको बिदा प्रमुख जिल्ला अधिकारीहरूले कार्यान्वयन गरेनन्
आन्दोलनका कारण मालपोतको काम ठप्प
मोहन बैद्यको ‘हिमाली दर्शन’ मदन पुरस्कारका लागि अन्तिम ८ पुस्तक भित्र छनाैट
मोहन बैद्यको ‘हिमाली दर्शन’ मदन पुरस्कारका लागि अन्तिम ८ पुस्तक भित्र छनाैट

तपाईंले छुटाउनुभयो कि?