यसपटकको चाडपर्वमा १८ लाख मानिस उपत्यकाबाट बाहिरिने अनुमान

Abhiyanpost Abhiyanpost
|
बुधबार, आश्विन ९, २०८१
|
|
४९ पटक हेरिएको
Shares
यसपटकको चाडपर्वमा १८ लाख मानिस उपत्यकाबाट बाहिरिने अनुमान

सारांश

  • काठमाडौं।
  • यस वर्षको चाडपर्वमा १५ देखि १८ लाख मानिस उपत्यकाबाट बाहिरिने अनुमान गरिएको छ।
  • यो संख्या गत वर्षको तुलनामा पाँच लाखले बढी हो।

काठमाडौं। यस वर्षको चाडपर्वमा १५ देखि १८ लाख मानिस उपत्यकाबाट बाहिरिने अनुमान गरिएको छ। यो संख्या गत वर्षको तुलनामा पाँच लाखले बढी हो।

काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यलयका प्रवक्ता विश्वराज खड्काले मौसम राम्रो भएमा १८ लाखको हाराहारीमा मानिसहरू उपत्यकाबाट बाहिरिने सम्भावना रहेको बताए। उनका अनुसार अघिल्लो वर्ष १३ लाखको संख्यामा सर्वसाधारणहरू उपत्यकाबाट बाहिरिएका थिए। प्रवक्ता खड्काले भने, ‘यो वर्षको दशैंमा वर्षा भएन भने गत वर्षको तुलनामा पाँच लाख बढी सर्वसाधारणहरूले उपत्यका छाड्ने अनुमान गरिएको छ।’

चाडपर्वका बेलामा आवतजावत गर्नेको चाप बढ्दा दुर्घटना पनि बढ्नसक्ने भएकाले सो विषयमा सरोकारवालाहरूसँग छलफल भइरहेको उनले बताए। प्रवक्ता खड्काले भने, ‘सडक राम्रो नहुनु, सावारी साधनको बढी चाप हुनु, क्षमताभन्दा बढी यात्रु बोक्नु, हतारहतार गरेर यात्रु ओसारपोसार गर्नु, बिग्रिएका सवारी साधनहरू पनि सञ्चालन गर्नुलगायतका कारण चाडपर्वमा बढी दुर्घटना हुने गरेको छ। त्यसलाई न्यूनीकरण गर्ने विषयमा सम्बन्धित निकायसँग छलफल भइरहेको छ।’

खड्काकाअनुसार सम्भावित दुर्घटनाका विषयमा उपत्यकाका तीनै जिल्लाको सहकार्यमा एकीकृत सुरक्षा योजना तर्जुमा भइरहेको छ। दशैंमा सजकतापूर्वक जाँच गरेर कडाइका साथ नियम पालना गराउन आफूहरू लागिपर्ने उनले बताए। प्रवक्ता खड्काले चाडवाडका बेलामा सवारी चालक एवं सहचालकलाई अझ बढी होसियारी पुर्‍याउन र यात्रुलाई पनि सजगरहन आग्रहसमेत गरे।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

लोडसेडिङ अन्त्यका अभियान्ता युवा उम्मेदवार अनिल शर्मा को हुन् ?
लोडसेडिङ अन्त्यका अभियान्ता युवा उम्मेदवार अनिल शर्मा को हुन् ?
बंगलादेशमा फेरि प्रदर्शन चर्कियो: देशभर कर्फ्यु, इन्टरनेट बन्द
बंगलादेशमा फेरि प्रदर्शन चर्कियो: देशभर कर्फ्यु, इन्टरनेट बन्द
कुन भिटामिनले पेटको बोसो कम हुन्छ ? थाहा पाउनुहोस् यसको स्रोत
कुन भिटामिनले पेटको बोसो कम हुन्छ ? थाहा पाउनुहोस् यसको स्रोत
कोदो, फापर, जौँ लगायतका रैथाने बाली लोप हुने अवस्थामा
कोदो, फापर, जौँ लगायतका रैथाने बाली लोप हुने अवस्थामा
साउन मसान्तसम्म विद्यार्थी भर्ना लिन देशभरका विद्यालयलाई बोर्डको निर्देशन
साउन मसान्तसम्म विद्यार्थी भर्ना लिन देशभरका विद्यालयलाई बोर्डको निर्देशन
मनाेरञ्जन समाचार : यी सुन्दरीले आफैंले गरिन् सनसनीपूर्ण खुलासा
मनाेरञ्जन समाचार : यी सुन्दरीले आफैंले गरिन् सनसनीपूर्ण खुलासा
विदेशी टेलिभिजन च्यानलको अनुमति शुल्क बढ्याे, ५० हजार तिरिरहेका च्यानलले ७ लाख तिर्नुपर्ने !
विदेशी टेलिभिजन च्यानलको अनुमति शुल्क बढ्याे, ५० हजार तिरिरहेका च्यानलले ७ लाख तिर्नुपर्ने !
महाभियोग सिफारिस समितिको बैठक बस्दै
महाभियोग सिफारिस समितिको बैठक बस्दै
ब्राउन सुगर सहित श्रीमान श्रीमती पक्राउ
ब्राउन सुगर सहित श्रीमान श्रीमती पक्राउ
सिन्धुपाल्चोक मा   ठाउँ ठाउँमा बम फेला, सुरक्षा सतर्कता बढाइयो
सिन्धुपाल्चोक मा ठाउँ ठाउँमा बम फेला, सुरक्षा सतर्कता बढाइयो

तपाईंले छुटाउनुभयो कि?