यसरी गर्नेछ घरभेटीले तपाईंको समस्याको समाधान -सिइओ राजन दाहाल

Abhiyanpost Abhiyanpost
|
बुधबार, भाद्र २१, २०७४
|
|
४० पटक हेरिएको
Shares
यसरी गर्नेछ घरभेटीले तपाईंको समस्याको समाधान -सिइओ राजन दाहाल

सारांश

  • काठमाडौंमा वर्षमा करिब ३ लाख भन्दा बढी मानिसहरु भित्रिन्छन् ।
  • बढ्दो जनसंख्याले गर्दा कोठा, फ्ल्याट पाउन नै गाह्रो छ ।
  • यसैलाई मध्यनजर गर्दै  SOFTECH Foundation ले घरबेटी डटकम ल्याएको छ  ।

काठमाडौंमा वर्षमा करिब ३ लाख भन्दा बढी मानिसहरु भित्रिन्छन् । बढ्दो जनसंख्याले गर्दा कोठा, फ्ल्याट पाउन नै गाह्रो छ । यसैलाई मध्यनजर गर्दै  SOFTECH Foundation ले घरबेटी डटकम ल्याएको छ  । यसै विषयमा केन्द्रित भई शिखर न्युजका लागि मुना बोहोराले गरेको (www.gharbheti.com)  घरबेटी डटकमका सिइओ राजन दाहालसँगको संक्षिप्त कुराकानी ः

  • घरबेटी डटकम के हो ?  यसको मुख्य उद्देश्य  बताइ दिनुहोस  ! 
    घरबेटी डटकम कोठा, घरभाडा लिन र दिन सकिने अनलाइन पोर्टल हो । घरभेटी डटकमले नेपाली समुदायमा स्मार्ट सिटीको चर्चा र परिकल्पना गरिरहँदा कोठा या घर भाडामा खोज्नका निम्ति घर–घर, सडक–सडक चहार्दै कोठा भाडा छ, भनि हिँडिरहनु भनेको स्मार्ट सिटी भन्ने शब्दकै उपहास गरेको देखिन्छ । तसर्थ उक्त पीडादायी समस्या र समयको दुरुपयोग नहोस् भननका लागि घरबेटी डटकम अत्यन्त प्रभावकारी वेबसाइट हो ।
    घरभेटी डटकमले घरभेटीलाई आफ्नो कोठा, फ्ल्याट, घर खाली भएको जानकारी घरभेटी डटकममा गएर राख्न सक्नेछन् भने कोठा खोज्नेहरुले आफूले खोजेको किसिमको कोठा सहजै छनौट गरी बुक गर्न सक्नेछन् ।
    घरभेटी डटकम एउटा यस्तो पोर्टल हो, जसमा घरभाडा लिन र दिनका निम्ति मानिसहरु आउनेछन् । एउटा ठूलो समस्या समाधान हुनेछ । कोठा वा घर महिनौंसम्म खाली रहेर घरभेटीको आम्दानी घट्छ भने कोठा वा घर खोज्ने मान्छेले पनि दुःख पाइरहेका छन्, खोजे जस्तो कोठा भेटिरहेका छैनन् । उक्त समस्याको समाधान हुनेछ भने आर्थिक बृदी पनि सहयोग पुग्नेछ । यस समस्याको समाधान दिनु नै यसको मुख्य उद्देश्य हो ।
  • घरभेटी डटकमको सेवा लिन लाई पैसा तिर्नु पर्दछ कि पर्दैन ? 
  • घरभेटी डटकम फ्रि र पेड दुवै किसिमको सर्भिस उपलब्ध छ । sponsored listing, premium listing र featured posting मा property listगर्नका निम्ति घरभेटीलाई पैसा तिर्नुपर्ने हुन्छ भने general listing मा  पैसा तिर्नुपर्दैन् । साथै कोठा, घर खोज्ने व्यक्तिलाई सेवा निःशुल्क छ ।
    कोठा खोज्न चाहनेले कोठाको प्रकार (विल्डिङ रुम, फ्ल्याट) पैसा र ठाउँको आधारमा खोजी गर्न सक्नेछन् ।
  • छोट्कारीमा यस्को पर्‍योग गर्ने तरिका बताइ दिनुस न
    घरभेटीले post your property मा गएर registration form भरी एउटा अकाउन्ट क्रेट गरिसकेपछि आफूसँग भएका कोठा, घर, फ्ल्याटहरुको विवरण, भाडादर, सुविधाहरु र फोटोहरु राख्न सक्नेछन् ।
    घरभेटी डटकममा notify room भन्ने एउटा यस्तो फिचर छ जुन आजको मानिसहरुको कोठा खोज्ने समस्याको समाधान हो । तपाई कहिँ कुनै घर या फ्ल्याटमा बसिरहनुभएको छ तर केही दिन वा महिनामा कोठा सर्नुपर्ने छ भने तपाई घरभेटी डटकमको notify room मा गएर तपाईं कुन–कुन ठाउँमा कोठा चाहनुहुन्छ, कुन प्रकारको (विल्डिङ रुम, फ्ल्याट) र कतिदेखि कति रुपैयाँ सम्मको कोठा चाहनुहुन्छ उक्त विवरण भरिदिए पछि घरभेटी डटकमले तपाईंलाई इमेलमा तपाईंले खोजेको जस्तो कोठा, खोजेको ठाउँमा भएको जानकारी गराइदिन्छ ।
    अब ठूलो समस्याको समाधान भएन त ? साथै घरभेटी नामको मोबाइल एप डाउनलोड गरेर पनि चाहेको जस्तो कोठाको notification / details थाहा पाउन सक्नुहुनेछ ।
  • तपाईं हरु को भाबी रणनिती के छ ? काठमाडौं बाहिर का पर्‍योग कर्ता हरु लाई कसरी समेट्ने योजना छ त ?  
    अब तुरुत्नै हामी एजेन्सीमार्फत नेपालका महानगर र उपमहागरमा पनि उक्त सुविधाहरु उपलब्ध गराउन लागेका छौं । दशैं तिहार पछि देशका अन्य महानगर र उपमहानगरका कोठा र घर खोज्न सकिनेछ । साथै हामीले NTA / Telecom Providers हरुसँग समन्वय गरी अन्य सहज उपायहरुको बारेमा छलफल भइरहेको छ । घरभेटी डटकम आफैंमा एउटा वेबमा आधारित भएकाले यसलाई बिना इन्टरनेट वा इन्टरनेटको पहुँच नभएका व्यक्तिले चलाउन सक्ने छैनन् ।
    तर हामीलाई के विश्वास छ भने हाल नेपालले देशैभरी इन्टरनेट र फाइबरको बिच्छिन लागिसकेको समयमा अबका दिनमा इन्टरनेट र इन्टरनेटको प्रयोगकर्ताको कमी हुने छैन् । प्रविधि र प्रविधिको tool हरुको प्रयोग दिन प्रतिदिन बढीरहन्छन् नै र मानिस विकासप्रेमी र विकासको खोजी गर्ने भएकाले उक्त समस्या भविष्यमा नहोला ।
    घरभेटी डटकम पहिलो चरणमा महानगर र उपमहानगरमा सुविधा उपलब्ध गराउन केन्द्रित भउकाले उक्त ठाउँहरुमा इन्टरनेट र इन्टरनेटको प्रयोगकर्ताको समस्या पर्दैन् ।
  • अन्तिममा हाम्रो पाठकहरुलाई के भन्न चाहनु हुन्छ ?  
    घरभेटी डटकम घर भाडा लिन र दिने एक स्मार्ट सोलुसन हो, तसर्थ यसको प्रयोग गर्नुहोस् । घरभेटीले कोठा खाली रहिरहँदा जुन आथिृक घाटा भइरहेको छ उक्त समस्याको समाधान घरभेटी डटकम हो ।
    साथैकोठा खोज्न गल्ली–गल्ली, सडक–सडक चाहर्नुभन्दा घरभेटी डटकमको website http://www.gharbheti.com/ मा गएर आफ्नो आवश्यकता भर्नुहोस् । घरभेटीले तपाईंको समस्याको समाधान गर्नेछ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

डडेल्धुरामा निर्वाचित प्रतिनिधिद्वारा नै तालाबन्दी
डडेल्धुरामा निर्वाचित प्रतिनिधिद्वारा नै तालाबन्दी
मानव अधिकारकर्मी कृष्ण पहाडिसहित  २ दर्जन भन्दा बढी मानव अधिकारकर्मी पक्राउ
मानव अधिकारकर्मी कृष्ण पहाडिसहित २ दर्जन भन्दा बढी मानव अधिकारकर्मी पक्राउ
कर्णालीमा लगानी गर्नेलाई १० वर्षसम्मका लागि आयो यस्तो अवसर
कर्णालीमा लगानी गर्नेलाई १० वर्षसम्मका लागि आयो यस्तो अवसर
Anushka Sharma gets first talking statue at Madame Tussauds in Singapore!
Anushka Sharma gets first talking statue at Madame Tussauds in Singapore!
छोरीको बिहे छिनेर फर्केका सचिव मृत भेटिएः यसरी हुँदैछ खोजीकार्य (तस्बिरसहित)
छोरीको बिहे छिनेर फर्केका सचिव मृत भेटिएः यसरी हुँदैछ खोजीकार्य (तस्बिरसहित)
आशलाग्दो छ नयाँ वर्ष २०७५ साल! प्रधानमन्त्री ओलीको बुलन्द हौसला!
आशलाग्दो छ नयाँ वर्ष २०७५ साल! प्रधानमन्त्री ओलीको बुलन्द हौसला!
Mostbet Uzbekistan Официальный сайт спортивных ставок и онлайн-казино UZ 202
म्याग्दीका स्थानीय तहमा बजेट निर्माणको तयारी शुरु
ठूला पूर्वाधारमा राज्यले नै लगानी गर्नुपर्छः पूर्वप्रधानमन्त्री डा भट्टराई
ठूला पूर्वाधारमा राज्यले नै लगानी गर्नुपर्छः पूर्वप्रधानमन्त्री डा भट्टराई
६ वर्षमा ६ जना प्रधानमन्त्री भारत भ्रमणमा, नेपालको समस्या उस्तै
६ वर्षमा ६ जना प्रधानमन्त्री भारत भ्रमणमा, नेपालको समस्या उस्तै

तपाईंले छुटाउनुभयो कि?