यसरी हुँदै छ भरतपुर १९ मा मतदान

Abhiyanpost Abhiyanpost
|
शुक्रबार, श्रावण २०, २०७४
|
|
४३ पटक हेरिएको
Shares
यसरी हुँदै छ भरतपुर १९ मा मतदान

सारांश

  • चितवन, साउन २० – भरतपुर महानगरपालिका १९ नम्बर वडामा मतदान शुरु भएको छ ।
  • वडामा एक हजारभन्दा बढी सुरक्षाकर्मी परिचालन गरिएको जिल्ला सुरक्षा समितिले जनाएको छ ।
  • जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक दीपक थापाका अनुसार नेपाल प्रहरीका ४६१ र सशस्त्र प्रहरीका २९५ जना परिचालन गरिएको छ  ।

चितवन, साउन २० – भरतपुर महानगरपालिका १९ नम्बर वडामा मतदान शुरु भएको छ । वडामा एक हजारभन्दा बढी सुरक्षाकर्मी परिचालन गरिएको जिल्ला सुरक्षा समितिले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक दीपक थापाका अनुसार नेपाल प्रहरीका ४६१ र सशस्त्र प्रहरीका २९५ जना परिचालन गरिएको छ  । बाहिरी घेरामा नेपाली सेना र भित्री घेरामा राष्ट्रिय अनुसन्धानका कर्मचारी परिचालित छन् ।

बुधबार बेलुकीदेखि वडामा प्रवेश गर्ने गाडीलाई जाँच गरी पठाइएको छ । थापाका अनुसार तीन मतदानस्थलमा प्रहरी निरीक्षकको नेतृत्वमा ३५ जनाको टोली परिचालन गरिएको छ । प्रहरी निरीक्षककै नेतृत्वमा तीन मोबाइल टोली तथा प्रहरी नायव उपरीक्षकको नेतृत्वमा तीन स्ट्राइकिङ टोली परिचालन गरिएको छ ।

भरतपुर–१९ मा तीन मतदानस्थलमा ६ वटा मतदान केन्द्र छन् । किरण मावि, किरणगञ्ज मतदानस्थलमा एक हजार २४८, जीवनज्योति स्कुल गुञ्जनगरमा एक हजार ३०६ र शारदानगर माविमा एक हजार २४३ मतदाता छन् ।

गएको जेठ १४ गते राति गणनाका क्रममा माओवादी प्रतिनिधिले मतपत्र च्यातिएपछि विवादित बनेर मुद्दा परेको भरतपुर–१९ को विषयमा सर्वाेच्च अदालतले गएको आइतबार निर्वाचन आयोगको निर्णय सदर गर्दै पुनः मतदानको फैसला सुनाएको थियो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

बाढी पहिरो अपडेटः मृत्यु हुनेको संख्या ६९ पुग्यो, ३८ घाइते, ३१ बेपत्ता
बाढी पहिरो अपडेटः मृत्यु हुनेको संख्या ६९ पुग्यो, ३८ घाइते, ३१ बेपत्ता
नेप्से परिसूचकमा दोहोरो अङ्कको गिरावट
नेप्से परिसूचकमा दोहोरो अङ्कको गिरावट
खाेटाङ्मा सोलार सेटसहितकाे कम्प्युटर कक्षा सञ्चालन !
खाेटाङ्मा सोलार सेटसहितकाे कम्प्युटर कक्षा सञ्चालन !
राष्ट्रपति र स्वराजबीच भेटवार्ता, के–के भए कुराकानी ?
राष्ट्रपति र स्वराजबीच भेटवार्ता, के–के भए कुराकानी ?
प्रधानमन्त्री देउवाका स्वकीय सचिव भन्छन्, “प्रधानमन्त्री पदमुक्त भइसक्नुभएको छ, एउटै व्यक्ति कतिचोटी पदमुक्त हुन्छ ?”
प्रधानमन्त्री देउवाका स्वकीय सचिव भन्छन्, “प्रधानमन्त्री पदमुक्त भइसक्नुभएको छ, एउटै व्यक्ति कतिचोटी पदमुक्त हुन्छ ?”
संसदको विशेष अधिवेशन मागेर ओलीवरुद्ध अविश्वासको प्रस्तावको रणनीति
संसदको विशेष अधिवेशन मागेर ओलीवरुद्ध अविश्वासको प्रस्तावको रणनीति
किरियापुत्रीद्वारा कोटेश्वरमा मतदान
यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर
यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर
वर्तमान सरकार सबै नेपालीको हुन सकेन – पूर्वमन्त्री बडूको आरोप
वर्तमान सरकार सबै नेपालीको हुन सकेन – पूर्वमन्त्री बडूको आरोप
चिसोले राउटे बालबालिका बिरामी पर्न थाले
चिसोले राउटे बालबालिका बिरामी पर्न थाले

तपाईंले छुटाउनुभयो कि?