यस्तो छ आजको विनिमयदर, अमेरिकन डलरकाे भाउ घट्याे

Abhiyanpost Abhiyanpost
|
सोमबार, श्रावण १५, २०८०
|
|
५५ पटक हेरिएको
Shares
यस्तो छ आजको विनिमयदर, अमेरिकन डलरकाे भाउ घट्याे

सारांश

  • काठमाडौं।
  • नेपाल राष्ट्र बैंकले सोमबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ।
  • जस अनुसार भारतीय रूपैयाँ एक सयको खरिद दर १६० रूपैयाँ रहेको छ भने बिक्री दर १६० रूपैयाँ १५ पैसा रहेको छ।

काठमाडौं। नेपाल राष्ट्र बैंकले सोमबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ। जस अनुसार भारतीय रूपैयाँ एक सयको खरिद दर १६० रूपैयाँ रहेको छ भने बिक्री दर १६० रूपैयाँ १५ पैसा रहेको छ।

नेपाल राष्ट्र बैंकका अनुसार आज अमेरिकी डलर एकको खरिद दर १३१.३० रुपैयाँ रहेको छ भने बिक्री दर १३१.९० रुपैयाँ तथा युरोपियन युरो एकको खरिद दर १४४.६४ रुपैयाँ रहेको छ भने बिक्री दर १४५.३० रुपैयाँ कायम गरिएकाे छ।

हिजो डलरको खरिद दर १३१ रूपैयाँ ३० पैसा र बिक्री दर १३१ रूपैयाँ ९० पैसा रहेको थियो भने युरो एकको खरिद दर १४४रूपैयाँ ०८ पैसा र बिक्री दर १४४ रूपैयाँ ७४ पैसामा काराेबार भएकाे थियाे।

बेलायती पाउन्ड स्टर्लिङ एकको खरिद दर १६८.७४ रुपैयाँ रहेको छ भने बिक्री दर १६९.५१ रुपैयाँमा काराेबार हुदाँ अस्ट्रेलियन डलर एकको खरिद दर ८७.३१ रुपैयाँ र बिक्री दर ८७.७१ रुपैयाँ तथा क्यानेडियन डलर एकको खरिददर ९९ रुपैयाँ ६ पैसा र बिक्रीदर ९९ रुपैयाँ ५२ पैसामा काराेबार हुनेछ।

जापानिज येन १० को खरिदमा ९ रुपैयाँ ३० पैसा र बिक्रीदर ९ रुपैयाँ ३४ पैसामा खरिदबिक्री गर्न सकिने जनाएकाे राष्ट्र बैंकले दक्षिण काेरिया वन १०० को खरिदमा १० रूपैयाँ ३१ पैसा र बिक्रीदर १० रूपैयाँ ३६ पैसा कायम गरिएकाे छ।

यसैगरी, कतारी रियालको मूल्य एकको खरिद दर ३६ रूपैयाँ ०४ पैसा र बिक्री दर ३६ रूपैयाँ २१ पैसामा काराेबार हुने जनाएकाे राष्ट्र बैंकले साउदी रियाल एकको खरिद दर ३५.०१ रुपैयाँ रहेको छ भने बिक्री दर ३५.१७ रुपैयाँ, मलेसियन रिंगिट एकको खरिद दर २८.८३ रुपैयाँ रहेको छ भने बिक्री दर २८.९६ रुपैयाँ तथा कुवेत दिनार १ को खरिदमूल्य ४२७.९७ पैसा विक्रीदर ४२९.९२ पैसामा काराेबार गर्न सकिने जनाएकाे छ।

 

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?