सावधान म्याङगो फ्रुटी खादा ज्यान समेत जान सक्छ : ​दुगड कम्पनीमा प्रहरीको छापा

Abhiyanpost Abhiyanpost
|
बिहिबार, भाद्र १५, २०७४
|
|
५० पटक हेरिएको
Shares
सावधान म्याङगो फ्रुटी खादा ज्यान समेत जान सक्छ : ​दुगड कम्पनीमा प्रहरीको छापा

सारांश

  • पटक पटक विवादमा पर्दै आएको दुगड कम्पनीको अर्काे धन्दा बाहिर आएको छ ।
  • फ्रुटी जुस उत्पादन गर्दै आएको दुगड फुड एण्ड वेभरेज कम्पनीले म्याद गुज्रिएको कच्चा पदार्थबाट जुस बनाउने गरेको खुलेको छ ।
  • प्रहरीले कम्पनीमा छापा हानी तीन कर्मचारीलाई पक्राउ गरेको छ ।

पटक पटक विवादमा पर्दै आएको दुगड कम्पनीको अर्काे धन्दा बाहिर आएको छ । फ्रुटी जुस उत्पादन गर्दै आएको दुगड फुड एण्ड वेभरेज कम्पनीले म्याद गुज्रिएको कच्चा पदार्थबाट जुस बनाउने गरेको खुलेको छ । प्रहरीले कम्पनीमा छापा हानी तीन कर्मचारीलाई पक्राउ गरेको छ । प्रहरीले एक लाख किलो बराबरको कच्चा पदार्थ सिलबन्दी गरेको छ ।
प्रहरीले कम्पनीका प्रबन्धक प्रमोद मेहतासहित मदन बाबु पाण्डे  र सरोभ लुनियालाई पक्राउ गरेको छ । जिल्ला अनुमगन समितिका संयोजक रहेका काठमाडौंका सहायक सिडिओ प्रेम प्रसाद लुईटेल नेतृत्वको टोली अनुगमनमा गएकोमा म्याद नाघेको कच्चा पदार्थबाट जु्स बनाएको खुलेपछि उनीहरुलाई पक्राउ गरी कम्पनीमा सिल गरेको हो ।

उनीहरुले एक वर्षअघि नै म्याद नाघेको ‘म्याङगो पल्प’(आप“को गुदी)मा चिनी, पानी र फ्लेभर मिसाएर जुस बनाउदै आएको प्रहरीले महानगरीय प्रहरी परिसर काठमाडौंका डिएसपी बेल बहादुर पाण्डेले बताए ।  प्रहरीले चार सय १८ ड्रम  आपाको गुदी शिलबन्दी गरेको हो । एक ड्रमा दुई सय ४० केजी गुदी थियो । करिब एक लाख किलो आपको गुदी शिल गरिएको प्रहरीले जनाएको छ । पक्राउ परेकाहरुलाई कालोबजारी ऐनअनुसार कारबाही गरिने प्रहरीले जनाएको छ । कम्पनीका मुख्य संचालक रहेका माललाल दुगड फरार छन् । उक्त कम्पनी व्यापारीक घराना दुगड समूहकै कम्पनी हो । जून कम्पनीका संचालकमाथि दुई वर्षअघि पनि प्रहरीले दोब्बर मूल्मा खानेतेल बेचेको अभियोगमा कारबाही गरेको थियो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

अभिभावकको रोजाइ बन्दै दरबार हाईस्कुलः नयाँ भर्नाका लागि आउने विद्यार्थी बढे
अभिभावकको रोजाइ बन्दै दरबार हाईस्कुलः नयाँ भर्नाका लागि आउने विद्यार्थी बढे
लम्जुङमा आग्लागी, २० लाखको धनमाल क्षति भएको अनुमान
लम्जुङमा आग्लागी, २० लाखको धनमाल क्षति भएको अनुमान
प्रचण्डको भूमिकाप्रति ओली संशकित
प्रचण्डको भूमिकाप्रति ओली संशकित
भिन्न चलचित्र भिन्न अवतार !
भिन्न चलचित्र भिन्न अवतार !
दिपाश्रीलाई जिस्क्याउँदै गृहमन्त्री बिमलेन्द्र निधिले भने, ‘के गर्नु मेरो विवाह पहिल्यै भइहाल्यो’
दिपाश्रीलाई जिस्क्याउँदै गृहमन्त्री बिमलेन्द्र निधिले भने, ‘के गर्नु मेरो विवाह पहिल्यै भइहाल्यो’
दुई पुरुषबीचको यौनसम्बन्ध प्रहरीलाई टाउको दुखाई
दुई पुरुषबीचको यौनसम्बन्ध प्रहरीलाई टाउको दुखाई
थ्रेस होल्ड लगाएर साना पार्टीलाई सिंहदरबारको गेटसम्म जान नदिने षड्यन्त्र भयोः चित्रबहादुर केसी
थ्रेस होल्ड लगाएर साना पार्टीलाई सिंहदरबारको गेटसम्म जान नदिने षड्यन्त्र भयोः चित्रबहादुर केसी
जटिल मोडमा निर्मला हत्या प्रकरण, पछिल्लो अनुसन्धान पनि शंकास्पद
जटिल मोडमा निर्मला हत्या प्रकरण, पछिल्लो अनुसन्धान पनि शंकास्पद
सरकार र नेतृत्वमाथि खनिए नेकपाका नेता
सरकार र नेतृत्वमाथि खनिए नेकपाका नेता
असोज ११ गते शनिबारको राशिफल यस्तो छ

तपाईंले छुटाउनुभयो कि?